तनहुँ । प्रसिद्ध धार्मिकस्थल जाने छाब्दी मार्गदेखि उत्तरतर्फ रहेको चारकुने–भदु्रडाँडा, मुसेखोला हुँदै पृथ्वीराजमार्ग जोडिने ट्र्याक खोलेको करिब ४३ वर्षपछि कालोपत्रको शुरुआत गरिएको छ । व्यास नगरपालिका–१ चारकुनेस्थित छाब्दी मार्गबाट राजमार्ग जोडिने सडक सदरमुकाम दमौलीबाट करिब डेढ किलोमिटरको दूरीमा रहे पनि बत्तीमुनिको अँध्यारो जस्तै बन्दै आएको थियो । विसं २०३५ मा ट्र्याक खोलिएको सो मार्गको दूरी करिब पाँच किलोमिटर रहेकाले पक्की नालासहित कालोपत्र गर्न शुरु भएपछि स्थानीयबासी खुशी भएका छन् ।
हिउँदमा धुलो र वर्षायाममा हिलोले सास्ती खेप्नुपरेको चारकुनेबासीले त्यसको अन्त्य हुने विश्वास गरेको स्थानीयवासी एवं नेकपा एमाले केन्द्रिय सदस्य प्रतापलाल श्रेष्ठले बताउनुभयो । उक्त मार्गमा कालोपत्र गर्न रु १५ लाख बजेट निकासाका लागि केन्द्रिय सदस्य श्रेष्ठले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
‘यो मार्ग पहिल्यै कालोपत्रका लागि शुरुआत हुनुपर्ने हो’, उनले भने, ‘जनप्रतिनिधिले चासो दिएर काम नगरिदिँदा अलपत्र बन्दै आएको थियो ।’ हाल कालोपत्र गर्न लागिएको सडकमा आधारभूत स्वास्थ्य कार्यालय भवन निर्माण गरी वडा कार्यालयलले सेवा प्रवाह गर्दै आएको छ ।
वडा कार्यालयको भवन निर्माण कार्य अन्तिम चरणमा रहेकाले केही समयका लागि वडा कार्यालयले स्वास्थ्य कार्यालयको भवन प्रयोग गरेको हो । ‘वडा तथा स्वास्थ्य कार्यालयसम्म नगरपालिकाले चासो देखाउनुपर्ने हो तर देखाएनन्’, श्रेष्ठले भने, ‘गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीसँग भनेर बजेट ल्याएको हूँ ।’
उक्त मार्गमा २२६ मिटर नालामध्ये हाल १०७ मिटर सम्पन्न भइसकेको चारकुने टोल विकास संस्थाका अध्यक्ष एवं भदु्र मार्ग निर्माण समितिका संयोजक राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार नाला निर्माणका लागि वडा कार्यालयले रु चार लाख बजेट विनियोजन गरेको छ ।
यस वर्ष कूल २३१ मिटर सडकमध्ये १०७ मिटर ग्रावेल र १२४ मिटर छ मिटर चौडाको कालोपत्र सडक हुनेछ । कालोपत्र गरिने क्षेत्रमा ग्रावेल बिच्छ्याएर रोलर लगाउने कार्य भइरहेको अध्यक्ष श्रेष्ठले बताए । भदु्रमार्ग ग्रावेल तथा कालोपत्र गरेपछि व्यास–१ का बासिन्दालाई पृथ्वीराजमार्ग निस्कन सदरमुकाम दमौली हुँदै जानुपर्ने झन्झटको अन्त्य हुने भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - ०८:३४
काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचा...
फाल्गुन २० गते, २०८२ - ०८:३१
म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२र८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचा...
फाल्गुन २० गते, २०८२ - ०७:५३
काठमाडौं । अमेरिका र इजरेलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ। अमेरिकी राष्ट्रप...
फाल्गुन २० गते, २०८२ - ०७:४६
काठमाडौं । पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, सा...
फाल्गुन २० गते, २०८२ - ०७:४१
काठमाडौं । मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधिमा सुरक्षा निकायले निगरानी बढाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा...
फाल्गुन २० गते, २०८२ - ०७:३७
काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सा...
फाल्गुन २० गते, २०८२ - ०७:३०
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आ...
फाल्गुन २० गते, २०८२ - ०७:२६
काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ । चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर ...
फाल्गुन २० गते, २०८२ - ०७:१७
बेइजिङ । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्ग...
फाल्गुन २० गते, २०८२ - ०७:१४
काठमाडौँ । इजरायल–अमेरिका र इरानबिचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ...



प्रतिकृया लेख्नुहोस्: