Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

ट्र्याक खोलेको ४३ वर्षपछि कालोपत्र गरिँदै

रासस

तनहुँ । प्रसिद्ध धार्मिकस्थल जाने छाब्दी मार्गदेखि उत्तरतर्फ रहेको चारकुने–भदु्रडाँडा, मुसेखोला हुँदै पृथ्वीराजमार्ग जोडिने ट्र्याक खोलेको करिब ४३ वर्षपछि कालोपत्रको शुरुआत गरिएको छ । व्यास नगरपालिका–१ चारकुनेस्थित छाब्दी मार्गबाट राजमार्ग जोडिने सडक सदरमुकाम दमौलीबाट करिब डेढ किलोमिटरको दूरीमा रहे पनि बत्तीमुनिको अँध्यारो जस्तै बन्दै आएको थियो । विसं २०३५ मा ट्र्याक खोलिएको सो मार्गको दूरी करिब पाँच किलोमिटर रहेकाले पक्की नालासहित कालोपत्र गर्न शुरु भएपछि स्थानीयबासी खुशी भएका छन् । 

हिउँदमा धुलो र वर्षायाममा हिलोले सास्ती खेप्नुपरेको चारकुनेबासीले त्यसको अन्त्य हुने विश्वास गरेको स्थानीयवासी एवं नेकपा एमाले केन्द्रिय सदस्य प्रतापलाल श्रेष्ठले बताउनुभयो । उक्त मार्गमा कालोपत्र गर्न रु १५ लाख बजेट निकासाका लागि केन्द्रिय सदस्य श्रेष्ठले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।  

‘यो मार्ग पहिल्यै कालोपत्रका लागि शुरुआत हुनुपर्ने हो’, उनले भने, ‘जनप्रतिनिधिले चासो दिएर काम नगरिदिँदा अलपत्र बन्दै आएको थियो ।’ हाल कालोपत्र गर्न लागिएको सडकमा आधारभूत स्वास्थ्य कार्यालय भवन निर्माण गरी वडा कार्यालयलले सेवा प्रवाह गर्दै आएको छ ।
वडा कार्यालयको भवन निर्माण कार्य अन्तिम चरणमा रहेकाले केही समयका लागि वडा कार्यालयले स्वास्थ्य कार्यालयको भवन प्रयोग गरेको हो । ‘वडा तथा स्वास्थ्य कार्यालयसम्म नगरपालिकाले चासो देखाउनुपर्ने हो तर देखाएनन्’, श्रेष्ठले भने, ‘गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीसँग भनेर बजेट ल्याएको हूँ ।’

उक्त मार्गमा २२६ मिटर नालामध्ये हाल १०७ मिटर सम्पन्न भइसकेको चारकुने टोल विकास संस्थाका अध्यक्ष एवं भदु्र मार्ग निर्माण समितिका संयोजक राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार नाला निर्माणका लागि वडा कार्यालयले रु चार लाख बजेट विनियोजन गरेको छ ।

यस वर्ष कूल २३१ मिटर सडकमध्ये १०७ मिटर ग्रावेल र १२४ मिटर छ मिटर चौडाको कालोपत्र सडक हुनेछ । कालोपत्र गरिने क्षेत्रमा ग्रावेल बिच्छ्याएर रोलर लगाउने कार्य भइरहेको अध्यक्ष श्रेष्ठले बताए । भदु्रमार्ग ग्रावेल तथा कालोपत्र गरेपछि व्यास–१ का बासिन्दालाई पृथ्वीराजमार्ग निस्कन सदरमुकाम दमौली हुँदै जानुपर्ने झन्झटको अन्त्य हुने भएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending