एजेन्सी । इजेरेलको राज्य सत्तामा बह्र वर्षसम्म एकछत्र कार्यकारी प्रमुखको भूमिकामा रहेका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आइतबार सत्ताबाट बाहिरेका छन् । इजरेलको संसद्ले नयाँ नेता निर्वाचित गरेपछि १२ वर्ष सत्तामा रहेका बेन्जामिन नेतान्याहुले प्रधानमन्त्री पद गुमाएका हुन्।
आइतबार इजरायलको संसद कुनेसटमा भएको मतदानमा दक्षिणपन्थी राष्ट्रवादी नाफ्ताली बेनेटले नेतन्याहूलाई झिनो ६०५९ बहुमतका आधारमा गठबन्धनको नेतृत्व गर्दै बेनेट संसद्बाट प्रधानमन्त्री चुनिएका हुन्।
संसदमा भएको मतदानमा बेनेटको पक्षमा ६० र नेतन्याहूको पक्षमा ५९ मत आएको थियो
सत्ता समीकरणसम्बन्धी सम्झौताका अनुसार बेनेट सन् २०२३ को सेप्टेम्बर महिनासम्म प्रधानमन्त्री रहने छन्। इजरेलको इतिहासमा सर्वाधिक लामो सयम सत्तामा रहेका ७१ वर्षीय दक्षिणपन्थी लिकुड पार्टीको प्रमुख नेतान्याहु सत्ताबाबट बाहिरिनुलाई विश्लेषकहरुले एक युगको अन्त्य भएको घोषणा गरेका छन् ।
सत्ताबाट बाहिरिपछी उनले संक्षित प्रतिक्रिया दिँदै आफु छिट्टै सत्तामा फर्किने दावी गरेका छन् । बेनेट सत्तामा आएसंगै प्यालेस्टिनीसंगको सम्बन्ध कस्तो रहन्छ भन्ने कुरा निकै चासो साथ हेरिएको छ ।
सन् १९६७ देखि सीमा सम्बन्धि विवादित भूमि जेरूसलेम राजधानी रहेको प्यालेस्टिनी राज्य माग गर्दै लाखौंले ज्यान गुमाइसकेका छन् ।
यस्तै, इजरेलको सत्ता परिवर्तनलाई अमेरिकी राष्ट्रपति जो बाइडनले स्वागत गर्दै नव निर्वाचित प्रधानमन्त्री बेनेटलाई बधाई सन्देश पठाएका छन् । आफूले उनीसँग काम गर्न चाहेको बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - ०८:३४
काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचा...
फाल्गुन २० गते, २०८२ - ०८:३१
म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२र८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचा...
फाल्गुन २० गते, २०८२ - ०७:५३
काठमाडौं । अमेरिका र इजरेलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ। अमेरिकी राष्ट्रप...
फाल्गुन २० गते, २०८२ - ०७:४६
काठमाडौं । पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, सा...
फाल्गुन २० गते, २०८२ - ०७:४१
काठमाडौं । मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधिमा सुरक्षा निकायले निगरानी बढाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा...
फाल्गुन २० गते, २०८२ - ०७:३७
काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सा...
फाल्गुन २० गते, २०८२ - ०७:३०
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आ...
फाल्गुन २० गते, २०८२ - ०७:२६
काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ । चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर ...
फाल्गुन २० गते, २०८२ - ०७:१७
बेइजिङ । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्ग...
फाल्गुन २० गते, २०८२ - ०७:१४
काठमाडौँ । इजरायल–अमेरिका र इरानबिचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ...



प्रतिकृया लेख्नुहोस्: