इस्लामाबाद । पाकिस्तानमा आठ महिना यताकै सबैभन्दा कम कोभिड–१९ को संक्रमण दर देखिएको छ । सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणमा देशभर कोभिड–१९ को संक्रमण दर १.७ प्रतिशत रहेको उल्लेख छ ।
राष्ट्रिय कमान्ड तथा अपरेसन केन्द्र (एनकोक) का अनुसार सोमबार पाकिस्तानमा गरिएको ३९ हजार नमुना परीक्षणबाट ६६३ जनामा कोभिड संक्रमण पुष्टि भएको थियो ।
पाकिस्तानमा कोभिड–१९ को तेस्रो लहर उच्च रहेका बखत संक्रमण दर ११ प्रतिशतभन्दा बढी भएको थियो । तर सरकारले व्यापक खोप अभियान सञ्चालन गर्नुका साथै नियन्त्रणका उपाय अबलम्बन गरेपछि संक्रमण हुने दरमा कमी आएको हो ।
पाकिस्तान सरकारले कोभिड–१९ फैलिन नदिन व्यवसाय, शिक्षाका साथै सामाजिक कृयाकलापमा कडाई गरेको थियो । एनकोकका अनुसार पाकिस्तानमा हालसम्म नौ लाख ५० हजार व्यक्ति कोभिड–१९ बाट संक्रमित भएका र २२ हजारको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा पनि २७ जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाएका छन् ।
पाकिस्तानमा हाल ३३ हजार ४५२ जना सक्रिय संक्रमित छन् भने आठ लाख ९५ हजार संक्रमणमुक्त भएका छन् । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्त कोभिड–१९ बाट सर्वाधिक प्रभावित रहेको छ । यहाँ तीन लाख ४५ हजार व्यक्ति संक्रमित भएका थिए । त्यस्तै दक्षिणी सिन्ध प्रान्तमा पनि तीन लाख ३३ हजार व्यक्ति संक्रमित भएका थिए । (सिन्ह्वा)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २६ गते, २०८३ - १७:००
हेटौंडा । श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष एवम् सुनसरी क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य हर्कराज राई -साम्पाङ) ले जनतालाई घरबाहर वीहिन नब...
बैशाख २६ गते, २०८३ - ०९:००
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज सााम्पाङले सरकारप्रति कडा आलोचना गर्दै जिबिराईलाई खोजेर ल्याउन नसक्नु सरकारको असफलताको संकेत भएको टि...
बैशाख २६ गते, २०८३ - ०८:५५
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार बजारमा तरकारी, फलफूल तथा अन्य ...
बैशाख २६ गते, २०८३ - ०८:५१
काठमाडौं । भारतको गोवामा हुने आठौं संस्करणको साफ महिला च्याम्पियनसिपका लागि नेपाली महिला फुटबल टोली हाल काठमाडौंमा निरन्तर प्रशिक्षणमा व्यस्त छ। लामो ...
बैशाख २६ गते, २०८३ - ०८:४८
भक्तपुर । बल्खु, शङ्खमुललगायत क्षेत्रका सुकुम्वासी बस्ती हटाइएपछि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी होल्डिङ सेन्...
बैशाख २६ गते, २०८३ - ०८:४५
तेह्रथुम । बिहानैदेखि म्याङलुङ बजार र आसपासका गाउँमा तानको ताल गुञ्जिन थाल्छ। रङ्गीचङ्गी धागोमा बुट्टा भर्दै महिलाहरू व्यस्त छन्। यही परम्परागत सीप अह...
बैशाख २६ गते, २०८३ - ०८:४४
बागलुङ । बागलुङका केही पालिकाहरूले अझै आफ्नै प्रशासनिक भवन बनाउन नसक्दा भाडाकै घरबाट सेवा दिनुपर्ने बाध्यता कायम छ। स्थानीय तह गठन भएको नौ वर्ष बितिसक...
बैशाख २६ गते, २०८३ - ०८:१५
झापा । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले सञ्चालन गरेको रक्तसञ्चार सेवा केन्द्रमा गरिएको परीक्षणका क्रममा पछिल्ला पाँच आर्थिक वर्षमा २९ जना रक्तदाताको ...
बैशाख २६ गते, २०८३ - ०८:०७
लमजुङ । लमजुङका किसानहरूले यस वर्ष व्यावसायिक आलु खेतीबाट उल्लेखनीय आम्दानी गरेका छन् । गण्डकी प्रदेश सरकारको सहयोगमा गरिएको खेतीबाट जिल्लामा करिब दुई...
बैशाख २६ गते, २०८३ - ०८:०५
काठमाडौं । “पसलमा काम गरेर जम्मा गरेको पैसा थियो, अहिले पैसा पनि गयो, काम पनि छुट्यो ।” खुसी बचत तथा ऋण सहकारीका पीडित सुशील थापाको यो पीडा हजारौँ सहक...


प्रतिकृया लेख्नुहोस्: