Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

बाढी र पहिरोका कारण १३ सडक अवरुद्ध

खबरडबली संवाददाता

काठमाडौँ । वर्षाका कारण बाढी र पहिरो आउँदा आजसम्म देशभरका १३ सडक पूर्ण रुपमा अवरुद्ध छन् भने २८ सडक एकातर्फबाट (आशिंक) मात्रै सञ्चालनमा छन् ।

वर्षाले देशभरका विभिन्न राष्ट्रिय राजमार्गहरु अवरुद्ध भएका हुन । असार यता ५६ सडक अवरुद्ध भएकामा अहिले १५ सडक पूर्ण रुपमा नियमित छ । विभागअन्तर्गका डिभिजन सडक कार्यालयले नजिकैका हेभि इक्युपमेन्ट कार्यालयसँगको समन्वयमा सडक सकेसम्म दुबैतर्फ नसकेमा एकातर्फबाट सुचारु गरिरहेको विभागले जनाएको छ ।

डुम्रे–बेशीशहर–चामे सडक मनाङ र लमजुङको विभिन्न खण्डमा मस्र्याङदी नदीले ट्रयाक बगाउँदा र ठूलो ढुङ्गा सहित पहिरो जाँदा अवरुद्ध भएको छ । लमजुङको रामबजार, अर्गले, घट्टेखोला र च्याम्चे खण्डमा सडक १ गते अवरुद्ध भएकामा अझै खुल्न सकेको छैन ।

मनाङमा तिमाङ खोलाले धारापानीमा १ गते र बगरछापमा ३ गते अवरुद्ध भएको थियो । त्यस्तै मनाङको तिमाङ छहरामा जेठ १६ गते सडक अवरुद्ध रहेकामा अझै सो सडक खुल्न सकेको छैन ।  

अरनिको राजमार्गमा लिपिङ् पुल क्षतिग्रस्त हुँदा त्यहाँको यातायात पूर्ण रुपमा ठप्प छ । सोही राजमार्गको कोदारी र ड्याम साइटमा पहिरोका कारण सडक अवरुद्ध भएकामा हटाउने काम भइरहेको छ ।  

साँफेबगर–मार्तडी–कोल्टी सडकमा पर्ने बल्दे–अम्कोट सडक जेठ ३१ मा अवरुद्ध भएकामा अझै खुल्न सकेको छैन । रसुवाको गल्छी–त्रिशूली–वेत्रावती खण्डमा असार १ मा सडक अवरुद्ध भएको थियो । सो सडकको विकल्प भएकाले तत्काल मर्मत नहुने सडक विभागले जनाएको छ । 

तत्काल पूर्णरुपमा नियमित हुन नसक्ने राजमार्गमा एकातिरबाट पहिरो पन्छाएर सवारीसाधन नियमित गरिएको विभागले जनाएको छ । खोड्पे–चैनपुर सडकको रिखारी पातल र चिपल ढुङ्गा, तमैल सडक र अरनिको राजमार्गको जुरे सडक पनि आशिंक रुपमा सञ्चालनमा छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा त्रासः फ्लाइटमा पेजर र वाकीटकी लैजान कतार एयरवेजले लगायो प्रतिबन्ध

काठमाडौ । कतार एयरवेजले लेबनान जाने उडानमा यात्रुहरुलाई पेजर र वाकीटकी बोक्न प्रतिबन्ध लगाएको छ। लेबनानका तीन क्षेत्रमा वाकीटकी, ह्यान्डहेल्ड रेडियो र...

तनहुँमा पनि स्ट्रबेरीखेती

तनहुँ ।  तनहुँको ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ। गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाल...

फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड

काठमाडौं । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड गरिएको छ । काठमाडौंको स्टुडियो डाइनामिकमा रेकर्ड ग...

ट्रंकलाइन बक्यौता तिर्न कात्तिक ८ को अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौतो रकम तिर्न डेढ महिनाको अल्टिमेटमसहित उद्योगीलाई पुनः पत्र पठाएको छ । प्राधिकरणका ...

मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

रौतहट । रौतहटको कटहरियामा गएराती भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ । कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्ह...

लगातार घटेको सुनको मूल्य शुक्रबार बढ्यो

काठमाडौं। नेपाली बजारमा लगातार घटेको सुनको मूल्य शुक्रबार बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेको हो । बढेको मुल्य अनुसार आज सुन प्रतितोला १ ला...

बागलुङका स्वास्थ्य संस्थामा डेंगी परीक्षण किट अभाव

बागलुङ ।  धौलागिरि अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी...

संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा

हेटौंडा । विभिन्न आन्दोलन तथा संघर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ। जनताबाट निर्वाचित प्रतिनिधिले ...

अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० खि काठमाडौंमा हुने

काठमाडौं। माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)  को २३ औं राष्ट्रिय सम्मेलन यही असोज १० देखि सुरु हुने भएको छ। असोज १० देखि १२ गते...

गायक यश कुमारले ल्याए मर्मस्पर्शी गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आज बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy