Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

सुदूरपश्चिममा प्रदेशसभा सदस्यबीच घोचपेच

खबरडबली संवाददाता

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा सदस्यहरुबीच घोचपेच भएको छ । बैठकको विशेष समयमा नेकपा (एमाले)का लीलाधर भट्टले आफ्नै संसदीय दलले आफूहरुलाई बजेट अधिवेशनमा बोल्न नदिएको भन्दै गणतन्त्रका नाममा रजौटाहरुको राज्य गर्ने, पार्टी र सत्तालाई दुरुपयोग गरेर राज्य दोहन गर्ने, पार्टी निर्णय उलंघन गर्ने र सदनलाई व्यक्तिको बन्धक बनाउने कार्यप्रति जनताले क्षमा नदिने जिकिर गरे ।  

एक हप्ता पर्खिदासम्म पनि बजेट अधिवेशनमा बोल्न नपाउने अवस्था संसदीय दलबाट सिर्जना गरिएपछि सभामुखसँग गरिएको लिखित आग्रहमा विषेश समयमा बोल्ने अवसर पाइएको भन्दै उनले भने,'एमाले सांसदलाई बोल्न नदिने चेष्टा गरिएको छ, यो दिन एमाले संसदीय दलको इतिहासमा हामीले विषेश रुपमा हेरेका छौं ।’

उनले बोलेपछि शुरु भएको बजेटमाथिको छलफलमा एमालेकै प्रदेशसभा सदस्य हर्कबहादुर कुवँरले भट्टको भनाईतर्फ इङ्गित गर्दै एमाले संसदीय दलको निर्णय अनुसार चल्न आग्रह गरे । कुवँरले बोलिरहँदा सभामुख अर्जुनबहादुर थापाले विषयमा केन्द्रित हुन ‘रुलिङ’ गरे ।

एमाले स्थायी समिति बैठकले नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा रहेको सुदूरपश्चिम प्र्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णय गरेको थियो  तर प्रदेशसभाको एमाले संसदीय दलले स्थायी समितिको निर्णय विपरीत माओवादी केन्द्रलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको थियो ।    

बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले प्रदेशसभा नियमावली बमोजिम सुदूरपश्चिम प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७४लाई संशोधन गर्न बनेको अध्यादेश टेबुल गरे । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending