Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

मुसलधारे वर्षामा पनि रोकिएन वाग्मती सफाइ अभियान

खबरडबली संवाददाता

काठमाडौं । बिहानदेखिको मुसलधारे वर्षाले पनि उपत्यकाका वाग्मतीलगायत सफाइ महाअभियानलाई रोकेन । वाग्मती सफाइ महाअभियानको ४२४औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा. माला खरेलको नेतृत्वमा तीन अभियानकर्मीले सफाइ गरेका छन् । 
  
सफाइमा काठमाडौँ महानगरपालिका–९ का सदस्य टेकराज अधिकारी र अभियानकर्मी दुर्गा रावल सहभागी भएका थिए । पशुपति क्षेत्रको वाग्मती किनारमा सफाइका क्रममा नदी सफा देखिए पनि किनारमा फोहोर भेटिएको अभियानकर्मीले जनाएका छन् ।

यसैगरी शङ्खमूल क्षेत्रमा अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ गरिएको छ । यस क्षेत्रमा नदी किनारमा जम्मा भएको फोहोर सफा गरिएको जनाइएको छ ।  

विष्णुमती सफाइ अभियानको ३५७औँ हप्तामा टोखा नगरपालिका–९ स्थित आनन्द पुलबाट दक्षिणतर्फको क्षेत्रमा सफाइ गरिएको छ । त्यस क्षेत्रमा १४ शिरीष र पैंयुँका बिरुवासमेत रोपिएको सफाइ संयोजक शोभाकान्त पाण्डेले जानकारी दिए ।

यसैगरी काठमाडौँ उपत्यकामा गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमतीको माथिल्लो भाग, मनोहरा, गोदावरी खोला, चक्रपथको उत्तर र पश्चिमी खण्डलगायत स्थानमा पनि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सफाइ अभियानलाई निरन्तरता दिइएको छ ।

कोरोनाबाट बच्न सफाइ एवं भौतिक दूरी कायम गर्नु नै सबैभन्दा राम्रो उपचार हो भन्ने चेतना जगाएर धेरै स्थानमा सफाइ अभियानले जागरण फैलाएको जनाइएको छ । निषेधाज्ञाका कारण सफाइ अभियानका लागि नदी किनारमा जान नसकेका अभियानकर्मीले यस्तो जागरण फैलाउन सहयोग गरेका हुन् ।
 
वि.सं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानले यसका सहायक नदी सफाइ गर्नसमेत जागरुक बनाएको छ । काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदीझैं चक्रपथका विभिन्न क्षेत्रमा गरी २० स्थानमा सफाइ भइरहेको छ । 

यसैगरी उपत्यकाबाहिर मुख्य शहर, नदी र सांस्कृतिक सम्पदास्थलमा सफाइ भइरहेको छ । उपत्यका र बाहिर गरी हाल १०७ स्थानमा सफाइ भइरहेको जनाइएको छ । वाग्मती सफाइ महाअभियान शुरु भएदेखि प्रत्येक हप्ता शनिबार निरन्तर जारी छ । जाडो, गर्मी, वर्षा, चाडपर्व, भूकम्प, नाकाबन्दी कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि सफाइ निरन्तर छ । 

‘हप्तामा दुई घण्टा देश सेवाका लागि स्वयंसेवा’ भन्ने नाराका साथ अभियानकर्मी नदी किनारमा उत्रने गरेका छन् । नयाँ भेरियन्ट सहितको कोरोनाबाट बच्न जारी बन्दाबन्दीका बेला भने नदी किनार नजीकै निवास भएका अभियानकर्मीले सफाइ महाअभियानलाई निरन्तरता दिएका छन् । अन्य अभियानकर्मीले भने घर टोलअघिको सफाइलाई निरन्तरता दिनुभएको महाअभियानले जनाएको छ ।

सफाइसँगै उपत्यकाका विभिन्न स्थानका नदी किनारमा रोपिएका बिरुवाको गोडमेलसमेत गरिएको छ । वर्षा लागेसँगै नदी किनारमा बिरुवा, गुर्जोलगायत वनस्पतिको रोपण अभियान पनि तीव्र भएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुख्यमन्त्री लामासँग वार्ता- प्रदेश सरकार खर्चिलो भयो भने कुरामा म सहमत छैन

हेटौँडा । विभिन्न आन्दोलन तथा सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ । जनताबाट निर्वाचित प्रतिनिधिले ...

सहुलियत मूल्य पसल : हुम्लामा खाद्यान्नमा प्रतिकेजी रु पाँच छुट

सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । हि...

प्यालेस्टिनी भूभागबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघीय महासभाबाट पारित, नेपाल तटस्थ

काठमाडौं । एक वर्षभित्र पूर्वी जेरुसलेमसहित अधीनस्थ प्यालेस्टिनी भूभागमा इजरेलको "अवैधानिक उपस्थिति" अन्त्य गर्नुपर्ने माग गरिएको प्रस्ताव संयुक्त राष...

‘मलाई पुर्न खनेको खाल्डोमा कांग्रेस खस्यो, एमाले फस्यो’

अस्तिसम्म हामीसँग प्रमाण छ भन्नेहरू अहिले पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नुपरेको छ । सहकारीको पैसा लियो र खायो भन्नेहरूले सहकारीको पैसा लिएको चैँ ...

सरकारलाई रविन्द मिश्रको प्रस्ताव- दरबार मार्गको नाम प्रचण्ड मार्ग राखौं

अरूले जति फुर्ति लगाए पनि यो संविधानको केन्द्रमा प्रचण्ड छन्

सहकारी ठगीमा रवि लामिछानेको संलग्नता नदेखिएको प्रतिवेदन आएको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा नदेखिएको दाबी गरेका छन् । प्राइम टिभीमा दिएको अ...

‘ओलीलाई संविधान कार्यान्वयन गर्न मन नभएर संशोधन भन्दैछन्’ (अन्तर्वार्ता)

‘म अहिले देशभरि घुमें, जनतामा माओवादीप्रति सहानुभूतिको लहर छ’

देशभर मनसुनी वायुको प्रभाव कायम, मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्व...

उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो

करोडौँ लगानीमा खुलेका होटल सुनसान

१० दिनका लागि प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy