काठमाडौं । बिहानदेखिको मुसलधारे वर्षाले पनि उपत्यकाका वाग्मतीलगायत सफाइ महाअभियानलाई रोकेन । वाग्मती सफाइ महाअभियानको ४२४औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा. माला खरेलको नेतृत्वमा तीन अभियानकर्मीले सफाइ गरेका छन् ।
सफाइमा काठमाडौँ महानगरपालिका–९ का सदस्य टेकराज अधिकारी र अभियानकर्मी दुर्गा रावल सहभागी भएका थिए । पशुपति क्षेत्रको वाग्मती किनारमा सफाइका क्रममा नदी सफा देखिए पनि किनारमा फोहोर भेटिएको अभियानकर्मीले जनाएका छन् ।
यसैगरी शङ्खमूल क्षेत्रमा अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ गरिएको छ । यस क्षेत्रमा नदी किनारमा जम्मा भएको फोहोर सफा गरिएको जनाइएको छ ।
विष्णुमती सफाइ अभियानको ३५७औँ हप्तामा टोखा नगरपालिका–९ स्थित आनन्द पुलबाट दक्षिणतर्फको क्षेत्रमा सफाइ गरिएको छ । त्यस क्षेत्रमा १४ शिरीष र पैंयुँका बिरुवासमेत रोपिएको सफाइ संयोजक शोभाकान्त पाण्डेले जानकारी दिए ।
यसैगरी काठमाडौँ उपत्यकामा गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमतीको माथिल्लो भाग, मनोहरा, गोदावरी खोला, चक्रपथको उत्तर र पश्चिमी खण्डलगायत स्थानमा पनि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सफाइ अभियानलाई निरन्तरता दिइएको छ ।
कोरोनाबाट बच्न सफाइ एवं भौतिक दूरी कायम गर्नु नै सबैभन्दा राम्रो उपचार हो भन्ने चेतना जगाएर धेरै स्थानमा सफाइ अभियानले जागरण फैलाएको जनाइएको छ । निषेधाज्ञाका कारण सफाइ अभियानका लागि नदी किनारमा जान नसकेका अभियानकर्मीले यस्तो जागरण फैलाउन सहयोग गरेका हुन् ।
वि.सं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानले यसका सहायक नदी सफाइ गर्नसमेत जागरुक बनाएको छ । काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदीझैं चक्रपथका विभिन्न क्षेत्रमा गरी २० स्थानमा सफाइ भइरहेको छ ।
यसैगरी उपत्यकाबाहिर मुख्य शहर, नदी र सांस्कृतिक सम्पदास्थलमा सफाइ भइरहेको छ । उपत्यका र बाहिर गरी हाल १०७ स्थानमा सफाइ भइरहेको जनाइएको छ । वाग्मती सफाइ महाअभियान शुरु भएदेखि प्रत्येक हप्ता शनिबार निरन्तर जारी छ । जाडो, गर्मी, वर्षा, चाडपर्व, भूकम्प, नाकाबन्दी कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि सफाइ निरन्तर छ ।
‘हप्तामा दुई घण्टा देश सेवाका लागि स्वयंसेवा’ भन्ने नाराका साथ अभियानकर्मी नदी किनारमा उत्रने गरेका छन् । नयाँ भेरियन्ट सहितको कोरोनाबाट बच्न जारी बन्दाबन्दीका बेला भने नदी किनार नजीकै निवास भएका अभियानकर्मीले सफाइ महाअभियानलाई निरन्तरता दिएका छन् । अन्य अभियानकर्मीले भने घर टोलअघिको सफाइलाई निरन्तरता दिनुभएको महाअभियानले जनाएको छ ।
सफाइसँगै उपत्यकाका विभिन्न स्थानका नदी किनारमा रोपिएका बिरुवाको गोडमेलसमेत गरिएको छ । वर्षा लागेसँगै नदी किनारमा बिरुवा, गुर्जोलगायत वनस्पतिको रोपण अभियान पनि तीव्र भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - ०८:३४
काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचा...
फाल्गुन २० गते, २०८२ - ०८:३१
म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२र८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचा...
फाल्गुन २० गते, २०८२ - ०७:५३
काठमाडौं । अमेरिका र इजरेलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ। अमेरिकी राष्ट्रप...
फाल्गुन २० गते, २०८२ - ०७:४६
काठमाडौं । पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, सा...
फाल्गुन २० गते, २०८२ - ०७:४१
काठमाडौं । मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधिमा सुरक्षा निकायले निगरानी बढाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा...
फाल्गुन २० गते, २०८२ - ०७:३७
काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सा...
फाल्गुन २० गते, २०८२ - ०७:३०
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आ...
फाल्गुन २० गते, २०८२ - ०७:२६
काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ । चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर ...
फाल्गुन २० गते, २०८२ - ०७:१७
बेइजिङ । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्ग...
फाल्गुन २० गते, २०८२ - ०७:१४
काठमाडौँ । इजरायल–अमेरिका र इरानबिचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ...



प्रतिकृया लेख्नुहोस्: