Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

गाईले नब्याउँदै दूध दिन थालेपछि सबै दङ्ग

रासस

गण्डकी । पोखरा महानगरपालिका—२१ फेदीपाटनका मुक्ति पौडेल कात्तिकको अन्तिममा व्याउनुपर्ने गाईले छ महिनाअघि नब्याउँदै दूध दिन थालेपछि दङ्ग छन् ।

वि.सं. २०७७ माघ २ गते परम्परागत तवरले बहर लगाएर प्रजनन् गराइएको गाई आगामी कात्तिकमा व्याउने भन्दै ढुक्क बनेका पौडेललाई जेठको २६ गते राति एकाएक गाईको थुनबाट दूध गोठमा आफै झरेको  देख्दा अचम्भित बने।
साढे दुई वर्षको मिनिजर्सी सो बाच्छीले त्यसयता प्रत्येक दिन बिहान बेलुका दुई/ दुई लिटरका दरले दूध दिन थालेपछि यतिखेर उनको घरमा गाई हेर्न छिमेकीहरु पुग्न थालेका छन् । उनले भने, ’दूध भने कहिल्यै पनि फाटेन । अहिले खाएर बाँकी रहेको दूध दही बनाएर मोत्था घ्यू पनि राम्रो लाग्ने गरेको छ ।’


गाई नव्याउँदै दूध दिने विषय बिरलै हुने गरेको बताउने पशु चिकित्सक डा. मधु तिमिल्सिना हर्मनको कारणबाट यस्ता दुर्लभ घटना हुने धारणा राखे । उनले, ’नब्याउँदै गाईले दिएको दूध खाँदा भने कुनै समस्या हुँदैन । उन्नत जातका गाईका बाच्छीले पहिलो बेतमै प्रोगेस्टोन हर्मन वृद्धिले दूध उत्पादन गर्ने भएको कारण नव्याउँदै दूध दिन थालेको हो,’ उनले, ’यस अवस्थाका गाईमा थुनेलो हुने समस्या आउने भएकाले कल्चौडा सफा राख्ने, थुनमा बेटाडिन लगाउने गर्नु पर्दछ ।’


नब्याउँदै गाईले दूध दिन थालेपछि दङ्ग परेका निर्मलपोखरी गाविसका पूर्व उपाध्यक्ष समेत रहनु भएका पौडेल र उनका श्रीमती सीतालाई यतिखेर गाई हेर्न आउने छिमेकीलाई गाईका बारे बताउन भ्याइनभ्याइ छ । गोठमा दुई वटा ब्याउने भैंसी भएर पनि गाई पाल्ने इच्छा जागेको कारण आफूले बाच्छीको खोजीमा रहेको बेला स्थानीय दलित समुदायका एक व्यक्तिमार्फत २०७६ पुस १७ गते ल्याएर गोठमा बाँधिएको हो । वेवारिसे अवस्थाको गाईको बाच्छी ल्याइदिने उनलाई पौडेलले एक हजार रुपैयाँ पारिश्रमिक समेत दिएका थिए ।
शुरुमा राम्रो आहारा एवं पानी समेत पर्याप्त नखाएको आवस्थामा फेला परेको बाच्छी गोठमा ल्याएपछि भने राम्रै स्याहारसुसार पाएको सीताले जानकारी दिए । दुब्लो, हिंड्डुल गर्न समेत खासै नसक्ने कमजोर अवस्थाको बाच्छीले शुरुको दिनमा  पानी समेत नखाएकै कारण बाख्राको जुत्तो जस्तै गोट्टा दिसा गरेको बताउँदै उनले आफूहरुले स्याहारसुसार गर्न थालेपछि दिन प्रतिदिन राम्रो हुँदै गएको अनुभव सुनाए ।


छिमेकमै जन्मेको सो बाच्छी माया नपाएपछि व्यवारिसे बनेको प्रत्यक्ष देख्ने स्थानीयवासी अहिले भने नब्याउँदै दूध दिन थालेपछि दङ्ग परेका छन् । त्यसअघि सो बाच्छी करीब ४५ दिनसम्म पोखरा १७ स्थित विरुवा फाँटमा खुल्ला आकाशमुनि बस्न बाध्य थियो । पशुहरु आफू हेलित भएपनि स्याहारसुसार पाएमा बहुगुणी हुन्छन् भन्ने तथ्यलाई यसले पुष्टि गरेको स्थानीयवासी पण्डित कृष्णप्रसाद पौडेलले बताए ।


बाच्छाबाच्छी हुर्काउनभन्दा दूधलाई महत्व दिने हाम्रो समाजमा जीवन मरणको अन्तिम अवस्थामा पुगेको वेवारिसे बाच्छीले ब्याउनुभन्दा छ महिना अघि दूध दिएर समाजलाई गम्भीर भएर सोच्नु पर्ने अवस्था सिर्जना गरेको छ । ‘आप्mनो ६६ वर्षीय जीवनमा यस्तो पहिलो बेतै बाच्छीले नब्याउँदै दूध दिएको यसअघि नदेखेको र सुनेको पनि थिइन आज त दूध नै खाने अवसर मिल्यो’, उनले भने, ‘गाईको दूधमा अरुको भन्दा नमीठो भने छैन, पशुले हामीले गर्ने व्यवहारकै आधारमा सेवा दिने गर्दछन् ।’
गाई र त्यसले दिएको दूध हेर्न पौडेलको घरमा पुग्नु भएका स्थानीय वासिन्दा रामचन्द्र पौडेल, भोलानाथ पौडेल, शिव पौडेललगायतले नब्याउँदै बाच्छीले दूध दिएको देख्दा अचम्भित भएको भन्दै यस्ता घटना सञ्चारमाध्यममा यदाकदा सुन्ने गरेको भएपनि आँखाले देख्ने अवसर पहिलोपटक मिलेको सामूहिक धारणा राखे। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचा...

म्याग्दीमा खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२र८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचा...

इरानमाथि अमेरिका र इजरायलको आक्रमण कति लम्बिन सक्छ ?

काठमाडौं । अमेरिका र इजरेलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ। अमेरिकी राष्ट्रप...

पश्चिम एसियाको द्वन्द्वको जोखिम : रोजगारी र रेमिट्यान्समा गिरावटदेखि मूल्यवृद्धिसम्म

काठमाडौं ।  पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, सा...

मौन अवधिमा हुन सक्ने चलखेल रोक्न सादा पोसाकमा प्रहरी परिचालन

काठमाडौं । मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधिमा सुरक्षा निकायले निगरानी बढाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा...

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सा...

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आ...

काठमाडौंको चपलीमा शंकास्पद वस्तु भेटियो

काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ ।  चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर ...

इरान आक्रमणप्रति चीनको असहमति

बेइजिङ  । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्ग...

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौँ । इजरायल–अमेरिका र इरानबिचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE