Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

९ 'भाइ' अधिवक्ताको अपिल : बहसमा इजलासको मर्यादा जोगाउनु

खबरडबली संवाददाता

काठमाडौँ । विभिन्न अधिवक्ताले प्रतिनिधिसभाको विघटनसम्बन्धी मुद्धामा सर्वोच्च अदालतमा बहशका क्रममाम इजलासको मर्यादा कायम गर्न अपिल गरेका छन् ।

ती कानून व्यावसायीले आज संयुक्त अपिल जारी गरी नेपालको संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठनका लागि राष्ट्रपतिको आव्हान बमोजिम नयाँ सरकार गठनका लागि परेका दुवै दावी अस्वीकृत भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा भएको प्रतिनिधिसभा विघट निर्णयविरुद्ध परेका रिट निवेदनमाथि बहस जारी छ ।

सरकार गठनका लागि पेश भएका दाबीहरू अस्वीकार गर्ने राष्ट्रपतिको निर्णयपश्चात नेपालको संविधानको धारा ७६(७) बमोजिम प्रतिनिधिसभा विघटन सिफारिश गर्ने प्रधानमन्त्रीको निर्णयको वैधानिकता परीक्षण भई सम्मानित अदालबाट विवेकसम्मत तथा न्यायपूर्ण निर्णय हुने र संवैधानिक सर्वोच्चता कायम रहनेमा अपिलमा विश्वास व्यक्त गरिएको छ ।

'कानून व्यवसायी केवल पक्ष वा विपक्षका प्रतिनिधि मात्र हैनन, अपितु न्यायप्रणालीका अभिन्न अंग पनि हुन । मुद्दा तथा मुद्दाका पक्षहरू समय, काल र परिस्थिति अनुसार परिवर्तन भइरहन्छन तर कानून ब्यावसायीको मर्यादा अपरिवर्तनीय हुन्छ ।' अपिलमा भनिएको छ, 'विपक्षीको अनुहार, पद र चरित्र हेरेर कानून व्यवसायीले मर्यादाको मानक बनाउने होइन, बरू संविधान, कानून तथा सिद्धान्तको आधारमा कानून व्यवसायीको आचारसंहिताको परिधिभित्र रहेर पक्षको हितार्थ लड्नु चाहीँ कानून ब्यावसायीको धर्म हो । यस क्रममा कानून व्यवसायमा आबद्ध सबैलाई संविधानको सर्वोच्चता, आफ्नै नैतिक बन्धनहरू तथा विवेकले निर्देशित गर्नुपर्दछ भन्ने विश्वव्यापी मान्यताबाट हामी अलग हुन सक्दैनौं ।'

आफू पक्ष रहेको मुद्दाका विपक्षीलाई सार्वजनिक रूपमा सल्लाह दिने कार्य कानून व्यवसायीको आचरण र आचारसंहिता विपरितको कार्य भएको र  अदालतमा बहसका क्रममा कानून व्यवसायीबाट कतिपय विम्ब तथा शब्दहरूको प्रयोगले कानून व्यवसायीको प्रतिष्ठा नै स्खलन गराउने विज्ञप्तिमा जनाइएको छ । केही दिन अघि बहसका क्रममा एक कानून व्यावसायीले विदेशका घटनाको उदाहरण दिँदै राष्ट्रपति र प्रधानमन्त्रीको हत्या हुन सक्ने चेतावनी दिनुभएको थियो ।

'नयाँ पिंढीका कानुन अभ्यासकर्ताको लागि आदर्श बन्नुपर्ने अग्रजले नै बेन्चको मर्यादा नाघेर इजलासमा अक्रोशपूर्ण तरिकाले बहस गर्ने, तुच्छ शब्दावलीयुक्त गीतलाई आफ्नो विपक्षको चारित्रिक विम्बको रूपमा प्रस्तुत गर्ने र रीतपूर्वक गठित इजलासका न्यायमूर्तिहरू प्रति प्रत्यक्ष परोक्ष रूपमा लान्छना लगाई न्यायमुर्तिहरूको खिलाफ न्यायमुर्तिहरूलाई नै भिडाउने जस्ता हाल प्रदर्शन भइरहेका निम्नस्तरका ब्यवहारप्रति हामी कानून ब्यावसायीहरू चासो र चिन्ता प्रकट गर्दछौं ।' अलिपमा भनिएको छ ।

अघिल्ला पुस्ताका अग्रज कानून व्यवसायीहरू (स्व. गणेशराज शर्मा, स्व. कुसुम श्रेष्ठ, स्व. सुर्य विक्रम ज्ञवाली, स्व. शान्ता थपलिया, स्व. वाशुदेव ढुंगाना आदी) कानून अभ्यासमा उच्च नैतिक मानक स्थापित गरेको हामी स–सम्मान स्मरण पनि अपिलमा गरिएको छ ।

अपिलमा अधिवक्ताहरु यज्ञराज थापा, विशाल न्यौपाने, निर्मलकुमार उप्रेती, निरव ज्ञवाली, पुष्कर घिमिरे, लक्ष्मी तमाङ, सुजन पाण्डे, सुजन रिजाल र विश्व भण्डारीका तर्फबाट अधिवक्ता रामशरण घोरसाइनेले हस्ताक्षर गरेका छन् । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँ, गोरखा र नवलपुरमा आज दिनभर विद्युत् अवरुद्ध हुने

काठमाडौं । तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत अवरुद्ध हुने भएको छ । तनहुँको भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, शुक्लाण्डकी न...

दसैँको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ। शुक्रबार नेपाल पञ्चांग निर्णायक विकास समितिले सूचना जारी ग...

आजको मौसम पूर्वानुमानः एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रह...

लेबनानमा त्रासः फ्लाइटमा पेजर र वाकीटकी लैजान कतार एयरवेजले लगायो प्रतिबन्ध

काठमाडौ । कतार एयरवेजले लेबनान जाने उडानमा यात्रुहरुलाई पेजर र वाकीटकी बोक्न प्रतिबन्ध लगाएको छ। लेबनानका तीन क्षेत्रमा वाकीटकी, ह्यान्डहेल्ड रेडियो र...

तनहुँमा पनि स्ट्रबेरीखेती

तनहुँ ।  तनहुँको ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ। गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाल...

फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड

काठमाडौं । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड गरिएको छ । काठमाडौंको स्टुडियो डाइनामिकमा रेकर्ड ग...

ट्रंकलाइन बक्यौता तिर्न कात्तिक ८ को अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौतो रकम तिर्न डेढ महिनाको अल्टिमेटमसहित उद्योगीलाई पुनः पत्र पठाएको छ । प्राधिकरणका ...

मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

रौतहट । रौतहटको कटहरियामा गएराती भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ । कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्ह...

लगातार घटेको सुनको मूल्य शुक्रबार बढ्यो

काठमाडौं। नेपाली बजारमा लगातार घटेको सुनको मूल्य शुक्रबार बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेको हो । बढेको मुल्य अनुसार आज सुन प्रतितोला १ ला...

बागलुङका स्वास्थ्य संस्थामा डेंगी परीक्षण किट अभाव

बागलुङ ।  धौलागिरि अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy