काठमाडौं । फ्रान्सका स्टार फरवार्ड केलियन एम्बाप्पे पेनाल्टीमा चुकेपछि पेनाल्टी सुटआउटमा स्विट्जरल्याण्डसँग पराजित भएको छ ।
विश्वविजेता तथा युरोकपको साविक विजेता फ्रान्स बाहिरिसँगै ६७ वर्षपछि स्विट्जरल्याण्ड ठुला प्रतियोगिताको नकआउटचरणमा प्रवेश गरेको हो ।
निर्धारित समयमा ३–३ को बराबरी भएको खेलको अतिरिक्त समयमा पनि गोल नभएपछि पेनाल्टी सुटआउटमा गएको थियो ।
फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम र प्रेसनल किम्पेम्बेले गोल गरे । एमबाप्पे भने पेनाल्टीमा गोल गर्न चुके । एमबाप्पेको प्रहार स्विट्जरल्यान्डका गोलकिपर यान सोमेरले बचाए ।
उता स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिच, फाबियन सार, म्यानुएल अकान्जी, रुबेन भेर्गास र एडमिर मेहमेदीले पेनाल्टीमा गोल गरे ।
यसअघि खेलको १५ औं मिनेटमा हरिस सेफोरोभिचले गोल गर्दै स्विट्जरल्याण्डलाई अग्रता दिलाएका थिए भने फ्रान्सका लागी करिम बेन्जेमाले ५७ औं र ५९ औं मिनेटमा गोल फर्काउँदै अग्रता दोब्बर बनाएका थिए ।
५५ औं मिनेटमा पाएको पेनाल्टीले अग्रता दोब्बर बनाउने स्विट्जरल्याण्डको मौकामा भने रिकार्डो रोड्रिगेजले चुकाएका थिए ।
७५ औं मिनेटमा मिडफिल्डर पाउल पोग्बाले गोल गर्दै फ्रान्सलाई ३–१ को अवस्थामा पुर्याएपनि ८१ औं मिनेटमा स्विट्जरलयाण्डका सेफोरोभिचले व्याक्तिगत दोस्रो गोल गरे । ९० औं मिनेटमा स्विसले अर्को गोल थप्यो । गाभ्रानोभिचले थपेको गोलपछि खेल बराबरीमा गएका थियो ।
यसैगरी गएराति नै भएको अर्को खेलमा क्रोएसियालाई ५(३ ले पराजित गर्दै स्पेन युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा ८ गोल हुँदा स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा पराजित गरेको हो । निर्धारित समयको खेल ३(३ को बराबरी भएपछि स्पेनले अतिरिक्त समयमा दुई गोल गर्दै खेल जितेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन २८ गते, २०८१ - १०:५४
काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...
आश्विन २८ गते, २०८१ - १०:३६
हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...
आश्विन २८ गते, २०८१ - १०:१८
अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...
आश्विन २८ गते, २०८१ - १०:०५
काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...
आश्विन २७ गते, २०८१ - १७:१५
सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...
आश्विन २७ गते, २०८१ - ११:३४
मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...
आश्विन २७ गते, २०८१ - १०:४३
काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ । काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...
आश्विन २७ गते, २०८१ - ०९:०१
काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...
आश्विन २७ गते, २०८१ - ०८:५५
काठमाडौं । बडादसैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...
आश्विन २७ गते, २०८१ - ०८:५०
काठमाडौं । यस वर्षको मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन शुरू गरेको मनसुन अब पूर्णर...
प्रतिकृया लेख्नुहोस्: