Khabar Dabali १७ श्रावण २०८३ आईतवार | 2nd August, 2026 Sun
Investment bank

फेवाताल किनारमा गृहमन्त्री गुरूङकै २० रोपनी जग्गा, दूषित दर्ता खारेज हुने

खबरडबली संवाददाता

पोखरा । फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा ताल किनारबाट ६५ मिटरभित्र रहेका संरचना हटाउने प्रक्रिया अघि बढ्दा गृहमन्त्री सुधन गुरूङको २० रोपनी जग्गा पनि मापदण्डभित्र परेको खुलेको छ।

पोखरा महानगरपालिकाले ताल क्षेत्रको अतिक्रमण हटाउने अभियान सुरू गरेसँगै उक्त तथ्य सार्वजनिक भएको हो । महानगरका प्रमुख धनराज आचार्यका अनुसार गृहमन्त्री गुरूङले स्वयं नक्सा देखाउँदै फेवाताल किनारमा आफ्नो जग्गा रहेको जानकारी दिएका थिए। प्रमुख आचार्यले उक्त जग्गा तालको मापदण्डभित्र पर्ने बताएपछि गृहमन्त्रीले मापदण्डअनुसार अघि बढ्न आग्रह गरेको जनाइएको छ।

महानगरका अनुसार गुरूङले देखाएको जग्गा दूषित रूपमा दर्ता भएको श्रेणीमा पर्न सक्ने देखिएको छ। सर्वोच्च अदालतको आदेशअनुसार २०३१ सालपछि ताल क्षेत्रभित्र दर्ता भएका यस्ता जग्गाको दर्ता खारेज गरिनेछ र त्यस्ता जग्गाधनीले मुआब्जा नपाउने व्यवस्था छ। प्रमुख आचार्यले यसबारे गृहमन्त्रीलाई जानकारी गराइएको र उहाँले त्यसमा असहमति जनाउनुभएको छैन।

अदालतले ताल किनारबाट ६५ मिटर क्षेत्रभित्र कुनै संरचना निर्माण गर्न नपाउने स्पष्ट आदेश दिएको छ। साथै दूषित रूपमा दर्ता भएका जग्गा खारेज गरी तालको नाममा ल्याउन निर्देशन दिएको छ। २०३१ सालअघिका दर्ता भएका जग्गाधनीलाई भने प्रचलित व्यवस्था अनुसार मुआब्जा दिने उल्लेख छ।

फेवाताल संरक्षणका लागि संघ, प्रदेश र स्थानीय तह समन्वयमा कार्ययोजना कार्यान्वयन भइरहेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा गठित समितिले ताल किनारमा सिमाना निर्धारणका लागि स्तम्भ राख्ने काम सम्पन्न गरेको छ। अहिले मापदण्डभित्र परेका जग्गाको वर्गीकरण, दूषित दर्ता पहिचान तथा मुआब्जा निर्धारणको प्रक्रिया चलिरहेको महानगरले जनाएको छ।

यसअघि विभिन्न अध्ययनले करिब १६ सय रोपनीभन्दा बढी जग्गा दूषित तरिकाले दर्ता भएको उल्लेख गरेका छन्। सर्वोच्च अदालतले २०७५ वैशाख १६ गते दिएको आदेशमा ताल क्षेत्रभित्रका संरचना हटाउन छ महिनाको समयसीमा तोके पनि कार्यान्वयनमा ढिलाइ भएको थियो। आदेश कार्यान्वयन नभएको विषयमा अदालतमा मुद्दा विचाराधीन छ।

अदालतले तालको जलाधार क्षेत्र, सिमसार तथा प्राकृतिक संरचना संरक्षण गर्न र मानवीय अतिक्रमण पूर्ण रूपमा रोक्न समेत स्पष्ट निर्देशन दिएको छ। अहिले सोही आदेश कार्यान्वयनको चरणमा ताल क्षेत्रभित्रका संरचना हटाउने र दूषित दर्ता खारेज गर्ने काम अघि बढाइएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्लभ बुकी फूलले ढकमक्क जलजला, प्रकृतिले सिंगारिएको रोल्पाको स्वर्ग

रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...

गोठाटारमा भीषण आगलागी, १४ पसल जलेर नष्ट

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...

पेरूमा पर्यटक विमान दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...

गोलबजारमा दिनभरका लागि कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...

ट्रम्पको दाबी : इरानमाथिको नयाँ अमेरिकी आक्रमण तत्कालका लागि स्थगित

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...

६९०औँ हप्तामा पनि निरन्तर बागमती सफाइ, आधा टन फोहोर संकलन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...

आज दोस्रो राष्ट्रिय कोदो दिवस, स्वदेशी उत्पादन बढाएर आयात घटाउनेमा जोड

काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...

अन्तिम चरणमा पुग्याे मधेशमा धान रोपाइँ, ९१.५५ प्रतिशत क्षेत्रफलमा खेती सम्पन्न

जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...

इरान जाने क्रममा मरुभूमिमा १४ अफगान आप्रवासीको मृत्यु

काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...

मौखिक सहमतिपछि सञ्चालनमा आयो बीपी राजमार्ग, आन्दोलन स्थगित

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending