काठमाडौँ । प्रेस काउन्सिल नेपालले अफवाह फैलाएर समाचार लेख्ने छ अनलाइन बन्द गराउने भएको छ । रुपा सुनार र सरस्वती प्रधानको कोठा भाडा लिनेसम्बन्धी विवादका विषयमा अफवाह फैलाएर समाचार लेख्ने खबरमाला डटकम, कालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम र साझा मिडिया डटकम अनलाइन बन्द गराउन नेपाल दुरसञ्चार प्राधिकरणलाई प्रेस काउन्सिलले आज पत्र पठाएको हो । यी अनलाइनले सुनारलाई युरोपियन युनियन (इयु) बाट रु डेढ करोड खाएको जस्ता लाञ्छना लगाएका थिए ।
यही असार १ गते कोठा भाडामा लिन जाँदा काठमाडौँको बबरमहलस्थित घरधनी प्रधानले सुनारलाई जात थाहा पाएपछि कोठा दिन अस्विकार गरेको दावीसहितत रुपाले जाहेरी दिएका थिए । तीन दिन हिरासतमा रहेकी प्रधान हाल रिहा भइसकेकी छन् ।
रुपाले आफूलाई जातीय द्वन्द्व फैलाउन युरोपियन युनियनबाट उचालिएका जस्ता भ्रामक समाचार लेखेर जातीय भेदभाव र छुवाछूतलाई दुरुत्साहन गर्ने कार्य गरेको भन्दै ती अनलाइनविरुद्ध काउन्सिलमा उजुरी दिएका थिए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...
पौष ४ गते, २०८२ - १०:१०
काठमाडौं । नेकपा एमालेका नेता काशिनाथ अधिकारीले सक्रिय राजनीतिबाट विदा लिएका छन्। ६६ वर्षीय अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो निर्णय सार्वज...
पौष ४ गते, २०८२ - ०९:५५
काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते युवापुस्ता ‘जेनजी’द्वारा गरिएको प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरण प्रक्रिया तीव्रताका साथ अघि बढाएको छ।...




प्रतिकृया लेख्नुहोस्: