पाल्पा । पाल्पामा ५० प्रतिशत रोपाइँ सकिएको छ । कृषकको महत्वपूर्ण पर्वजस्तै मानिने असार १५ सम्म आइपुग्दा जिल्लाका फाँट क्षेत्रका खेतमा रोपाइँको चहलपहल बढेको छ । यस वर्ष मनसुन निकै छिटो भित्रिएको, मिनिट्रिलर, पावरट्रिलर, ट्र्याक्टरलगायतका यन्त्रका कारण तथा निषेधाज्ञाको समय शहर पसेका युवा गाउँमै हुँदा रोपाइँ छिटो भएको आकलन गरिएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव अर्यालले बताए ।
जिल्लाको तानसेन नगरपालिकाको माडीफाँट, रम्भाको हुँगी, अर्सेदी, निस्दीको ढुङ्गानाबेँसी, तिनाउको कचल, रैनादेवी छहरा गाउँपालिकाको सर्देवा, रिब्दीकोटको लदुवा तथा बगनासकाली, माथागढी, पूर्वखोला गाउँपालिकाका विभिन्न क्षेत्रमा रोपाइँ भएको केन्द्रले जनाएको छ । जिल्लाकै बढी धान उत्पादन हुने क्षेत्रका रूपमा पहिचान बनाएको माडीफाँटमा करिब ७० प्रतिशत धान रोपाइँ भएको ज्ञान केन्द्रले जनाएको छ ।
पाल्पाको रामपुरमा भने केही मात्रामा मात्रै रोपाइँ थालिएको छ । रामपुरमा करिब पाँच प्रतिशत रोपाइँ भए पनि अधिकांश खेतबारीमा मकै पाक्नै बाँकी भएका कारण रोपाइँ नभएको कृषि शाखा कार्यालय रामपुरका प्रमुख रामहरि पाण्डेय बताउँछन्। उनका अनुसार मकै छर्ने समयमा आकाशबाट पानी ढिलो परेको, पर्याप्त पानी नपर्दा समयमा मकै नपाकेकाले धान रोपाइँ यस वर्ष ढिलो भएको छ ।
जिल्लामा विशेषगरी असारको पहिलो सातादेखि साउनको अन्तिम सातासम्म रोपाइँ हुन्छ । विगत वर्षमा भन्दा यस वर्ष धानखेती गरिने क्षेत्रफलसमेत वृद्धि भएको छ । यस वर्ष विभिन्न पालिकाले अनुदानमा धानको बीउ अनुदानमा दिएको तथा युवा गाउँ फर्केर बाँझो जग्गामा खेती गर्न थालेका कारण पनि यस वर्ष नौ हजार ६०० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको ज्ञान केन्द्रका प्रमुख अर्यालको भनाइ छ । यसअघि जिल्लाका करिब आठ हजार ६२० हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको थियो ।
पछिल्लो समय जिल्लामा धान उत्पादनसमेत बढ्दै गएको छ । जिल्लामा विसं २०७६ मा तीन दशमलव आठ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएकामा वृद्धि भएर २०७७ मा चार मेट्रिक टन प्रतिहेक्टर उत्पादन भएको केन्द्रको तथ्याङ्क छ । उन्नत जातका वर्णसङ्कर धान रोपाइँ, यन्त्रको प्रयोगले माटोको राम्रोसँग खनजोत तथा समयमा वर्षाका कारण पनि उत्पादन वृद्धि भएको ज्ञान केन्द्रको अनुमान छ ।
असार १५ मा कोरोना भाइरसको जोखिम कायमै रहेकाले जिल्लाका केही स्थानमा मात्रै दूरी कायम गर्दै सामान्य तरिकाले रोपाइँ महोत्सव गरिएको छ । कृषि ज्ञान केन्द्र पाल्पाको सहयोग र निस्दी कृषि शाखाको आयोजनमा ढुङ्गानाबेँसी, कृषि ज्ञान केन्द्र र तानसेन नगरपालिका कृषि शाखाको सहयोग स्थानीय महिला समूहको आयोजनामा माडीफाँटमा १८औँ धान दिवस तथा रोपाइँ महोत्सवसमेत गरिएको छ । जिल्लाको माडीफाँट, अर्गलीफाँट, रामपुरफाँट, हेक्लाङफाँट र दोभानलगायतका फाँटमा बढी धान उत्पादन हुन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १० गते, २०८२ - ०९:३१
काठमाडौं । करिब तीन दशकपछि सन् २०२५ मा पहिलो पटक विश्वका केन्द्रीय ब्याङ्कहरूसँग मौजुद सुनको कुल मूल्य अमेरिकी ट्रेजरी बन्डको लगानीभन्दा धेरै भएको छ। ...
माघ १० गते, २०८२ - ०९:२१
काठमाडौं । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक आज दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबा...
माघ १० गते, २०८२ - ०९:१४
काठमाडौं । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी पुरेर सवा...
माघ १० गते, २०८२ - ०९:१०
काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षार्थ भर्ना हुने निर्वाचन प्रहरीलाई २५ माघदेखि ‘फिल्ड’ मा खटाइने भएको छ । नेपाल प्रहरी ...
माघ १० गते, २०८२ - ०८:०२
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जा...
माघ १० गते, २०८२ - ०७:५८
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित गडविजुला ताल दुई स्थानीय तहबीचको खिचातानी र संरक्षणको अभावमा अस...
माघ १० गते, २०८२ - ०७:५४
काठमाडौँ । ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजदेखि आफ्नो गौरवपूर्ण २५ वर्ष...
माघ १० गते, २०८२ - ०७:५१
काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । ...
माघ १० गते, २०८२ - ०७:४५
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा आज मौसममा बदली हुने पूर्वानुमान ग...
माघ १० गते, २०८२ - ०७:३३
भक्तपुर । भक्तपुरकाे मध्यपुरथिमि–२ स्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी भएको छ । बाल सुधारगृहका दुई समूहबिच भएको झडप आगजनी र तोडफोडमा परिण...




प्रतिकृया लेख्नुहोस्: