Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

एमालेनिकट विद्यार्थी संगठनको अवरोधपछि कार्यालय जानै छाडे त्रिवि उपकुलपति बराल

खबरडबली संवाददाता

काठमाडौं । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले कार्यालय घेराउसँगै अवरोध गरेपछि त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बराल कार्यालय जानै छाडेका छन् । ३५ सूत्रीय माग राख्दै अनेरास्ववियुले अवरोध गरेपछि २६ मंसिरदेखि बराल कार्यालय जान छाडेका हुन् । 

बरालले आफ्नो कार्यालयअगाडि विद्यार्थीले घेराउ गरेपछि अन्य पदाधिकारी तथा त्रिवि कन्ट्रोलरको कार्यकक्षमा बसेर काम गर्ने गरेका छन् भने कहिलेकाहीँ घरबाटै पनि काम गर्दै आइरहेका छन् । गत आइतबार डिन तथा महानिर्देशक नियुक्तिको काम गर्दा पनि उपकुलपति बराल रजिस्ट्रार र रेक्टरको कार्यालयमा बसेका थिए ।

उपकुलपति बरालविरुद्ध धर्ना तथा घेराउको नेतृत्व एमालेनिकट विद्यार्थी नेता तथा त्रिविका स्ववियु सचिव सिद्धान्त भट्टले गरेका छन् । उनीसहित केही विद्यार्थीले उनीमाथि मात्रै दोष थुपार्दै अवरोध गरेपछि उपकुलपतिको काममा बाधा पुगेको छ । उनीहरूले उपकुलपति कार्यालयअगाडि मागसहित कालो ब्यानर टाँसेका छन् । उपकुलपति बरालले अवरोधका कारण आफू कार्यालय जान नसकेको बताए । 

‘मेरो अफिसअगाडि विद्यार्थीले धर्ना दिइरहेका छन् । उहाँहरूका माग पूरा गर्ने पनि भनेको हो, तर उहाँहरूले धर्ना दिएपछि कार्यालय जान सकिरहेको छैन,’ उपकुलपति बरालले भने । 

आफ्नै पार्टीका कुलपति प्रधानमन्त्री केपी ओलीसमक्ष भने अनेरास्ववियुले कुनै पनि माग राखेको छैन । गत बिहीबार बसेको त्रिवि सभाको साधारण बैठकमा समेत विद्यार्थी नेता भट्टलगायतले प्रधानमन्त्रीसमक्ष त्रिविका समस्या समाधानबारे कुनै माग राखेनन् । तर, राजनीतिक प्रतिशोधका आधारमा उपकुलपतिलाई अप्ठ्यारो पार्न लागिपरेको उपकुलपति कार्यालय स्रोतले बतायो ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफ्नै त्रिवि कार्यालय अस्तव्यस्त बनाउने आफ्नै संगठनका नेताहरूलाई कुनै निर्देशन दिएका छैनन् । रजिस्ट्रार, रेक्टरलगायतले पनि विद्यार्थीबाट भएको अवरोध फुकाउन पहल गरेका छैनन् । ‘प्रधानमन्त्रीज्यूले आफ्नै पार्टीनिकट विद्यार्थी संगठनले भिसीलाई अवरोध गर्दा उहाँले कुनै चासो दिनुभएको छैन,’ त्रिवि स्रोतले भन्यो, ‘त्रासकै कारण उपकलुपतिज्यू कार्यालय जानुभएको छैन ।’ 

विद्यार्थी संगठनले उपकुलपतिसमक्ष राखेका सबै माग त्रिवि उपकुलपतिले चाहेर मात्रै पूरा गर्न सक्ने किसिमका छैनन् । विद्यार्थीले आंशिक शिक्षकलाई करार गर्ने प्रक्रिया खारेज गर्नुपर्ने, हरेक वर्ष त्रिवि सेवा आयोगको परीक्षा नियमित सञ्चालन गर्नुपर्ने, युजिसीको रिचर्स बेस्ड तथा अनुदान रकम बढाउनुपर्ने, त्रिवि कीर्तिपुरमा आठ–आठ सय छात्रा र छात्र अट्ने होस्टेल निर्माण गर्नुपर्ने, पाँच सयजनासम्म अट्ने सेमिनार हल बनाउनुपर्नेलगायत माग राखेका छन् । विगतदेखिका माग थुपारेर अवरोध गरे पनि आफ्नै पार्टीअन्तर्गतको संगठनलाई त्रिवि कुलपति तथा प्रधानमन्त्री ओलीले कुनै निर्देशन दिएका छैनन् । उनले संगठनसँग धर्ना हटाउने सम्बन्धमा कुनै पहल नगरेपछि विद्यार्थी अवरोधका कारण त्रिवि अस्तव्यस्त हुने देखिएको छ । 

त्रिविका प्रवक्ता यमनसिंह बोहराले धर्नाका कारण उपकुलपति कार्यालय जान नसकेको बताए । ‘त्रिवि क्यालेन्डर कार्यान्वयनलगायतका माग राख्दै विद्यार्थी संगठनले अवरोध गरेका छन्, कर्मचारीले पनि उस्तै दबाब दिएका छन्, कार्यालय घेराउ भएपछि भिसी सर जानुभएको छैन,’ प्रवक्ता बोहराले भने, ‘उहाँ (विद्यार्थी)हरूको ३५ सूत्रीय माग रहेछ, यत्रतत्र पर्चा र पम्प्लेट बाँडेर माग राखिरहनुभएको छ ।’ 

अनेरास्ववियुनिकट नेता तथा त्रिविका स्ववियु सचिव सिद्धान्त भट्टले माग पूरा नभएसम्म धर्ना नछाड्ने बताए । ‘हामी २६ गतेदेखि निरन्तर धर्नामा छौँ, २४सै घण्टा धर्नामा बसिरहेका छौँ, भिसीले माग पूरा नगरेसम्म धर्ना छाड्दैनौँ,’ उनले भने, ‘तर, उहाँलाई हामीले कार्यालय प्रवेशमा रोकेका छैनौँ, २४सै घण्टा गेटमा बसिरहेका छौँ, माग सम्बोधन नभएसम्म पछि हट्दैनौँ ।’ 

त्रिविका रजिस्ट्रार केदार रिजालले विद्यार्थीका केही माग पूरा गर्न नसकिने तथा अन्य निकायसँग सम्बन्धित रहेको बताए । ‘उहाँहरूले विभिन्न माग राख्नुभएको छ, तर केही माग त्रिविबाट सम्भव नहुने किसिमका छन् । ती शिक्षा मन्त्रालयसँग सम्बन्धित छन्,’ उनले भने, ‘विवाद समाधानका लागि मंगलबार कमिटी गठन गरेका छौँ ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अभिभावकबाट शुल्क उठाएर शिक्षकलाई तलब

भजनी । जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले विद्यालय सेवा शुल्कका नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको पाइएको छ । ब...

आजदेखि सरकारी कार्यालयको समय ९-५, सातामा दुई दिन बिदा

काठमाडौं । आजदेखि सरकारी कार्यालय तथा सार्वजनिक निकायको कार्यालय समय परिवर्तन गरिएको छ। अबदेखि यी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चाल...

प्रतिनिधि सभा बैठकअघि संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं । दलहरूबिच सहमति जुटाउन संसद् सचिवालयले बोलाएको सर्वदलीय बैठक आज बिहान ११ बजे बस्दैछ। संसद् सञ्चालनमा दलहरूबिच सहमति जुटाउन र आगामी कार्यस...

ठूला मार्टमाथि सरकारको अनुमगन तीव्र, भाटभटेनीसहित चार मार्ट कारबाहीको दायरामा

काठमाडौं । बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार ठूला मार्टलाई कारबाहीको दायराम...

देउवा पक्षलाई अर्को धक्का, समानान्तर बैठकमा शेखर समूह पनि नजाने

काठमाडौं । कांग्रेस नेता शेखर कोइराला र उनी पक्षधर नेताहरू पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाउने समानान्तर बैठक र छलफलमा सहभागी नहुने निर्...

दैनिक ५० हजार लाइसन्स छापिँदै, साउनबाट चिट बोक्नु नपर्ने

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसन्स) छपाइ जति सुस्त छ छाप्नुपर्ने सङ्ख्या दिनहुँ बढ्दो छ। यातायात व्यवस्था विभागका अनुसार त्यो सङ्ख्या करिब ३० ...

भक्तपुर प्रहरीको स्वीप अपरेसन- ९० जना पक्राउ

काठमाडौँ । भक्तपुर प्रहरीले स्वीप अपरेसन चलाएर ९० जनाभन्दा बढीलाई पक्राउ गरेको छ।   शनिबार ६० जना र आइतबार ३० जना गरी ९० जनालाई विभिन्न स्थानबाट पक...

थोपा सिँचाइलाई माथ दिने नेपाली प्राध्यापकको ‘काचाल्का’ प्रविधि

चितवन । नेपालमा कृषि अनुसन्धानका ठेलीहरू पुस्तकालयमा थन्किरहेका बेला एकजना अवकाशप्राप्त प्राध्यापक भने आफ्नै आविष्कार बोकेर खेतबारीमा उत्रिएका छन्। ...

सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्र...

आज लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा साधारणत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending