Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

भण्डारीलाई उक्साउन ‘पुन कार्ड’ खेल्दै माओवादी

खबरडबली संवाददाता

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पार्टी राजनीतिमा सक्रिय हुने चर्चा चलिरहेको छ। नेकपा एमालेबाट दुई कार्यकाल राष्ट्रपति बनेकी भण्डारी राजनीतिमा सक्रिय हुने हल्ला चलिरहेका बेला माओवादी केन्द्रले भने पूर्वउपराष्ट्रपति पुनलाई उपाध्यक्ष मनोनयन गर्ने गृहकार्य अघि बढाइसकेको छ। 

पुनलाई पार्टी राजनीतिमा ल्याएर माओवादी केन्द्रले एमालेको राजनीतिमा पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय बनाउने गरी उकास्न थालेको छ। ‘माओवादीले पुनलाई राजनीतिमा सक्रिय बनाएर यता विद्या भण्डारीलाई पनि राजनीतिमा आउने वातावरण बनाइरहेको छ,’ एमालेका एक उपाध्यक्षले भने।

माओवादी पदाधिकारी बैठकले पुनलाई उपाध्यक्ष बनाउने निर्णय नै गरिसकेको छ। त्यसका लागि पदाधिकारी बैठकले विधान संशोधन गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा महासचिव देवप्रसाद गुरुङ तथा उपमहासचिवहरू वर्षमान पुन र जनार्दन शर्मा सदस्य रहेको कार्यदल बनाएको थियो। आउने केन्द्रीय समितिको बैठकबाट संशोधित विधान पास भएपछि पुन उपाध्यक्षमा मनोनीत हुने माओवादी नेताहरूको दाबी छ।

केही दिनअघि (मंसिर ३० मा) प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपतिलाई राजनीतिमा ल्याउने गरी धेरै नउकास्न पार्टी पंक्तिलाई आग्रह गरेका थिए। भण्डारीलाई पार्टीले नै राष्ट्रपति बनाएका कारण पार्टीभित्र आवश्यक भए आउन पनि सक्ने भन्दै धेरै उचालिरहनु आवश्यक नभएको बताएका थिए। तर भण्डारी स्वयंले भने राजनीतिमा आउने/नआउने भन्ने बारेमा औपचारिक धारणा सार्वजनिक गरेकी छैनन्। 

‘राजनीतिमा सक्रिय हुने रुचि देखाएपछि उनको जिम्मेवारी र सहज व्यवस्थापनबारे एमाले पंक्तिमा बहस सुरु भएको छ। पार्टीमा कसरी सक्रिय बनाउने भन्ने विषयमा मात्रै छलफल हो,’ ती उपाध्यक्षले भने। उनका अनुसार माओवादीले पुनलाई उपाध्यक्ष बनाउँदा झन् एमालेलाई पनि सजिलो हुनेछ। ‘माओवादीलगायत साना वाम दललाई एमालेसँग एकीकरणको बहस चलाउन पनि पुनलाई उपाध्यक्ष बनाएर एमालेमा विद्याको पुनरागमन गराउने भावनात्मक चलखेल हो,’ ती उपाध्यक्षले भने।

एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले राजनीति भनेको आवश्यकताले निर्धारण गर्ने विषय भएकाले पार्टीपंक्तिले आवश्यक ठाने पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन सक्ने धारणा राखेका छन्। उनले हालका अध्यक्ष एवं प्रधानमन्त्री ओलीको अनुपस्थितिमा वा सहमतिमा मात्रै त्यो सम्भव हुने बताए। 

‘उहाँ (पूर्वराष्ट्रपति भण्डारी) सक्रिय भएर आउन पनि सक्नुहुन्छ। यो उहाँको इच्छाको विषय हो। आवश्यकताले पनि त्यसको निर्धारण गर्छ। अध्यक्षज्यूले यही आशयको धारणा राख्नुभएको हो,’ थापाले भने। उनका अनुसार एमालेको ठुलो पंक्तिले पूर्वराष्ट्रपति पार्टीमा सक्रिय भएको हेर्न चाहेको छ।

‘एमाले कार्यकर्ताको ठुलो पंक्तिले पूर्वराष्ट्रपतिज्यूलाई पार्टीमा सक्रिय हुन आग्रह गरिरहेका छन् तर उहाँले अहिलेसम्म जवाफ दिनुभएको छैन। उहाँ सक्रिय हुन नहुने कार्यकर्ता र पार्टीको आवश्यकताको विषय पनि भएकाले अहिले नै यसै हो भनेर भनिहाल्ने अवस्था छैन,’ स्थायी कमिटी सदस्य थापाले भने।

अध्यक्ष केपी ओलीले नै गत वैशाख ९ मा ललितपुरको गोदावरीमा आयोजित पार्टी स्थापना दिवस र अर्को एक सार्वजनिक कार्यक्रममा भण्डारीले पार्टीभित्र सक्रिय भएर योगदान दिन सक्ने संकेत दिएका थिए। त्यही समारोहमा पार्टीका तर्फबाट उनलाई ‘गणतन्त्र गौरव’ले सम्मानसमेत गरिएको थियो। यो सम्मानलाई पार्टीपंक्तिले दुईवटा अर्थमा लिएको थियो। 

केहीले गणतन्त्र गौरवले सम्मान गरेपछि पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा आउन अघोषित रूपमा बन्देज गरिएको अर्थमा लिएका थिए। केहीले भने पार्टी कार्यक्रममा सहभागी गराएर सक्रिय राजनीतिको ढोका खोलेको अर्थमा बुझेका थिए। त्यसयता पूर्वराष्ट्रपति भण्डारी पार्टीका केही खास कार्यक्रममा सहभागी भएकी छन्। २०८१ जेठ १५ गते पूर्वराष्ट्रपति भण्डारी पार्टीको औपचारिक कार्यक्रममा सहभागी भएकी थिइन्। एमालेको महिला भेलामा पूर्वराष्ट्रपति भण्डारी प्रमुख अतिथि बनेकी छन्। 

सो भेलामा एमाले अध्यक्ष ओली विशेष वक्ताका रूपमा सहभागी भए। अध्यक्ष निर्वाचित भएपछि एमालेकै कार्यक्रममा ओली विशेष अतिथि बन्नुपरेको सम्भवतः त्यो पहिलो कार्यक्रम थियो। भेलाको आयोजना एमाले जनसंगठन समन्वय संयन्त्रले गरेको थियो। उनकै नेतृत्वमा संसद्बाट ३३ प्रतिशत महिला सहभागितासम्बन्धी विशेष प्रस्ताव पास भएर अन्तरिम संविधानमै अधिकार सुनिश्चित भएपछि एमालेले यसलाई आफ्नो एजेन्डाका रूपमा अघि सारिरहेको छ।

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कने संकेतका रूपमा उनको राजनीतिक र सामाजिक कार्यक्रममा देखिएको सक्रियतालाई लिन सकिन्छ। त्यसबाहेक वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निवासमा केही महिला नेतृहरूसहित बहुसंख्यक पदाधिकारीहरूको बाक्लो आवतजावत र संवाद तथा जिल्ला नेतृत्व तहका नेताहरूको निरन्तर भेटघाटले भण्डारीलाई उत्प्रेरित गरिरहेको पाइन्छ। 

अध्यक्ष ओलीपछि दोस्रो पुस्तामा चुनावी प्रतिस्पर्धाबाहेक सर्वसम्मत नेतृत्व हस्तान्तरण सहज नभएको कारण देखाएर उनलाई पार्टी कमिटीमा सक्रिय बनाउन खोजिएको छ। त्यसबाहेक विभाजित पार्टी नेकपा एकीकृत समाजवादी (नेकपा एस) लाई एकतामा ल्याउनेदेखि वाम ध्रुवीकरणका सहजीकरण हुने केही नेताहरूको बुझाइका कारण पनि उनलाई राजनीतिप्रति रुचि जगाउँदै लगिएको एमालेका नेताहरूको दाबी छ।

पूर्वराष्ट्रपति भण्डारीले यो विषयमा औपचारिक धारणा सार्वजनिक नगरे पनि उनलाई पार्टी पंक्तिमा सक्रिय भएको देख्न चाहने राजनीतिमा सक्रिय हुने धारणा सार्वजनिक गर्न थालेका छन्। एमाले स्थायी समिति सदस्य थापाले एघारौँ महाधिवेशन या त्यसअघि नै पूर्वराष्ट्रपति भण्डारी पार्टी अध्यक्ष बन्ने सम्भावना रहेको बताउँदै त्यसमा वर्तमान पार्टी अध्यक्षको समेत सहमति रहने दाबी गर्दै आएका छन्। 

‘एघारौं महाधिवेशनलाई सहमतिको महाधिवेशन बनाउने हो भने बिस्तारै नेतृत्वबारे अध्यक्षज्यूको सहमतिमा छलफल त हुन सक्छ तर उहाँ आफैंले यो विषयमा चिन्ता लिनुपर्दैन भनेपछि केही न केही निकास त आइहाल्छ,’ थापाले भने।

गत भदौ ८ मा आयोजित युथ कन्क्लेभ–२०२४ समारोहका सहभागीको प्रश्नको जबाफ दिँदै प्रधानमन्त्री ओलीले महिलालाई प्रधानमन्त्री बनाउने घोषणा गरेका थिए। आफ्नो पालामा महिला राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश, रक्षामन्त्री र मुख्यसचिव बनाएको भन्दै ओलीले महिला प्रधानमन्त्री बन्न सक्ने धारणा राखेका थिए। २०७२ असोज ३ मा संविधान जारी भएपछि कात्तिक ११ गते नेपालको पहिलो महिला राष्ट्रपति निर्वाचित भण्डारीले अघिल्लो कार्यकाल दुई वर्ष चार महिना बिताएकी थिइन्। 

२०७४ सालको निर्वाचनपछि वाम गठबन्धनका तर्फबाट एमालेले उनै भण्डारीलाई पछिल्लो कार्यकालका लागिसमेत उम्मेदवार बनाएपछि २०७४ फागुन २९ बाट निर्वाचित राष्ट्रपतिका रूपमा २०७९ फागुन २८ गते पाँचवर्षे कार्यकाल पूरा गरेकी थिइन्। राष्ट्रपतिबाट बिदा भएपछि आफ्नै निवासमा केही सञ्चारकर्मी र पार्टीका कार्यकर्ताहरूलाई बोलाएर राजनीतिक रुचिको विषयमा हलुका छलफल चलाएकी थिइन्।

त्यति मात्र होइन, उनी राष्ट्रपति भवनबाट बाहिर आएपछि २०८० असार १४ गते मदन भण्डारीको जन्मजयन्ती मनाउन मदन भण्डारी फाउन्डेसनलाई सक्रिय बनाइएको थियो। मदन भण्डारीको जन्म दिन मनाउन र स्मृति दिवस मनाउन त्यसअघि पनि फाउन्डेसन सक्रिय थियो तर गत अलि विशेष बनाइएको थियो। मदन भण्डारीको ७२औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले राष्ट्रिय सभागृहमा गरेको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारी प्रमुख अतिथि बनिन्। फाउन्डेसनकै संरक्षक एवं एमाले अध्यक्ष केपी शर्मा ओली विशेष अतिथि रहेको उक्त कार्यक्रममा मदनको योगदानबारे चर्चा मात्रै नगरेर पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक सन्देशसमेत दिएकी थिइन। 

‘मुलुकको राजनीतिक संरचनामा परिवर्तन आए पनि नेपाली क्रान्तिको कार्यभार पूरा भएको छैन,’ उनले भनेकी थिइन्। २०७२ कात्तिक ११ मा राष्ट्रपति बनेपछि भण्डारी राजनीतिक प्रकृतिका कार्यक्रमहरूबाट अलग भएकी थिइन्। गत २९ फागुनमा राष्ट्रपतिको दोस्रो कार्यकालसमेत सकिएपछि भण्डारी पहिलो पटक फाउन्डेसनको ब्यानरमा सार्वजनिक सहभागी भइन्। उनी फाउन्डेसनको कुनै औपचारिक पदमा थिइनन्। 

मदन जयन्ती मनाउन पूर्वराष्ट्रपति भण्डारीले एमालेका ११ वटा जनसंगठनलाई परिचालन गरेकी थिइन। पूर्वराष्ट्रपति भण्डारीले अनेरास्ववियु, राष्ट्रिय युवा संघ, अनेम संघ, खेलकुद महासंघ, प्रेस चौतारीलगायत जनसंगठनका पदाधिकारीको बैठकै राखेर योजना बनाएकी थिइन्। यसले गर्दा पनि उनी राजनीतिमा आउन चाहन्छिन भन्ने संकेत बेलाबखत भइरहन्छ। यो समाचार आजको नागरिक दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अभिभावकबाट शुल्क उठाएर शिक्षकलाई तलब

भजनी । जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले विद्यालय सेवा शुल्कका नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको पाइएको छ । ब...

आजदेखि सरकारी कार्यालयको समय ९-५, सातामा दुई दिन बिदा

काठमाडौं । आजदेखि सरकारी कार्यालय तथा सार्वजनिक निकायको कार्यालय समय परिवर्तन गरिएको छ। अबदेखि यी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चाल...

प्रतिनिधि सभा बैठकअघि संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं । दलहरूबिच सहमति जुटाउन संसद् सचिवालयले बोलाएको सर्वदलीय बैठक आज बिहान ११ बजे बस्दैछ। संसद् सञ्चालनमा दलहरूबिच सहमति जुटाउन र आगामी कार्यस...

ठूला मार्टमाथि सरकारको अनुमगन तीव्र, भाटभटेनीसहित चार मार्ट कारबाहीको दायरामा

काठमाडौं । बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार ठूला मार्टलाई कारबाहीको दायराम...

देउवा पक्षलाई अर्को धक्का, समानान्तर बैठकमा शेखर समूह पनि नजाने

काठमाडौं । कांग्रेस नेता शेखर कोइराला र उनी पक्षधर नेताहरू पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाउने समानान्तर बैठक र छलफलमा सहभागी नहुने निर्...

दैनिक ५० हजार लाइसन्स छापिँदै, साउनबाट चिट बोक्नु नपर्ने

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसन्स) छपाइ जति सुस्त छ छाप्नुपर्ने सङ्ख्या दिनहुँ बढ्दो छ। यातायात व्यवस्था विभागका अनुसार त्यो सङ्ख्या करिब ३० ...

भक्तपुर प्रहरीको स्वीप अपरेसन- ९० जना पक्राउ

काठमाडौँ । भक्तपुर प्रहरीले स्वीप अपरेसन चलाएर ९० जनाभन्दा बढीलाई पक्राउ गरेको छ।   शनिबार ६० जना र आइतबार ३० जना गरी ९० जनालाई विभिन्न स्थानबाट पक...

थोपा सिँचाइलाई माथ दिने नेपाली प्राध्यापकको ‘काचाल्का’ प्रविधि

चितवन । नेपालमा कृषि अनुसन्धानका ठेलीहरू पुस्तकालयमा थन्किरहेका बेला एकजना अवकाशप्राप्त प्राध्यापक भने आफ्नै आविष्कार बोकेर खेतबारीमा उत्रिएका छन्। ...

सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्र...

आज लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा साधारणत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending