Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

पहिरोमा पुरिएका दुईको जीवितै उद्धार

खबरडबली संवाददाता

तनहुँ । गत मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा शुक्रबार बिहान दुई जनाको जीवितै उद्धार गरिएको छ । जिल्लाको भानु नगरपालिका–८ गैह्रीफाँट डुम्रे–बेँसी सडकखण्डअन्तर्गत जिल्ला लमजुङ बेँसीशहर नगरपालिका–१० बस्ने २४ वर्षीय सरोज रिमाल र सोही ठाउँ निवासी ३५ वर्षीय सुनिल रावत घाइते भएका हुन् ।

बिहान अन्दाजी पाँच बजेको समयमा घरमाथिबाट खसेको पहिराले पुरिँदा सरोज रिमाल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । घाइते दुवैको लमजुङ अस्पतालमा उपचारको लागि पठाइएको छ ।

पहिरामा परी १९ बाख्रा, दुई भैँसी मरे

गत मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण पहिराले पुरिएर तनहुँमा १९ बाख्रा र दुई भैँसी मरेका छन् । पहिरामा परी दुई घरपरिवारका बाख्रा भैँसी मरेका हुन् । जिल्लाको शुक्लागण्डकी नगरपालिका–९ ढोरफिर्दी निवासी टेकबहादुर महतको गोठमाथिबाट आएको पहिराले १० बाख्रा र एक भैँसी मरेको छ ।

त्यसैगरी सोही वडास्थित चेतबहादुर भुजेलको घर माथिबाट आएको पहिराले नौ बाख्रा र एक भैँसी पुरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । पहिराले पुरिएका ५५ वर्षीय खगिमाया भुजेल र १४ वर्षीय विज्ञान भुजेललाई जीवितै उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । उनीहरूको अहिले पोखरास्थित गण्डकी मेडिकल अस्पतालमा उपचार भइरहेको छ । 

पृथ्वीराजमार्ग खुलाइ पनि डुम्रे–बेँसीशहर र खैरेनी–भिमाद खण्डमा पहिरो अवरुद्ध भएपछि हटाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिराले दुई जनाको मृत्यु भएको छ । पहिरामा परी एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ । पहिराबाट सोही जडाका करिब ३० वर्षीय सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको निधन भएको हो । उनीहरूको घटनास्थलमै मृत्यु भएको वडासदस्य हर्कबहादुर थापाले जानकारी दिनुभयो । सरस्वती थापाका ससुरा, सासु र देवर घाइते भएका छन् । 

खेतमा डुबेर एकको मृत्यु

निरन्तर वर्षा भइरहेको अवस्थामा रातको समयमा खेतमा पानी लगाउन गएका तनहुँका एक व्यक्तिको डुबेर मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–८ का ५८ वर्षीय भोजबहादुर विकको खेतमा आएको भेलमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

अविरल वर्षा भइरहेको समयमा रातको समयमा खेतमा गएका विकको जागृति टोलस्थित खेतमा मृतावस्थामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले खेतमा लडेपछि डुबेर मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको बताउनुभयो । मृतकको शव परीक्षणका लागि दमौली अस्पताल पठाइएको छ । 

बाह्र सय रोपनी खेतको धानबाली नष्ट

तनहुुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित रहेको ढोरफिर्दीको झण्डै एक हजार २०० रोपनी खेतमा पसेको बाढीले धानबाली नष्ट गरेको छ । केही दिनदेखिको निरन्तरको वर्षापछि बाराहीखोलामा आएका बाढीले बालुवा र हिलो खेतमा पुर्‍याएपछि भर्खरै लगाएको धानसहित खेत पुरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मी जानकारी दिनुभयो । 

“हामी महाविपत्तिको सामाना गरिरहेका छौँ, हाम्रो वडावासीको खेत पुरेको अवस्था छ, घरहरु डुबानमा परेका छन् । सडक सबै अवरुद्ध छन्”, वडाध्यक्ष रेग्मीले भन्नुभयो । उहाँका अनुसार वडाको डहरे बस्तीका झण्डै ६५ परिवार बाढी र वर्षापछिको डुबानमा पर्ने उच्च जोखिममा रहेका छन् । उनीहरूलाई अन्य सुरक्षित क्षेत्रमा सर्न अनुरोध गरिएको छ ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

क्रिकेटर मोहम्मद शामीलाई पक्राउ नगर्न मुम्बई पुलिसलाई दिल्ली पुलिसको रोचक आग्रह

काठमाडौं । मानिसहरुबिच सोसल साईड एक्समा दिल्ली पुलिसको एउटा आग्रह देखेर चर्चापरिचर्चा चलिरहेको छ ।  बुधबार भारतमा जारी एकदिवसीय क्रिकेट अन्तर्गत भा...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies