इनरुवा। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज गोलीकाण्डपछि उत्पन्न आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडबाट प्रभावित क्षेत्रको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्थलगत निरीक्षण गरेको छिन्।
चार दिनदेखि सुनसरीमा रहेकी मन्त्री मेहताले पीडितलाई न्याय, आवश्यक राहत, पुन:स्थापना तथा क्षतिपूर्तिका लागि पहल गर्ने प्रतिबद्धतासहित प्रभावित क्षेत्रको अनुगमन गरेको हो।
मन्त्री मेहताले सुनसरी निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य इन्जिनियर दीपककुमार साह तथा राष्ट्रिय स्वतन्त्र पार्टी सुनसरीका जिल्ला सभापति सागर दाहालसहित प्रभावित क्षेत्रको निरीक्षण गर्दै पीडित घरधनी, व्यवसायी, प्रत्यक्षदर्शी तथा स्थानीयसँग भेटघाट गरिन्।
अनुगमनका क्रममा टोलीले पहिलो दिन कोशी कटान क्षेत्र, फूलचोकस्थित ब्रदर्स हार्डवेयर, भोक्राहा–चिरौलीचोकस्थित बेचन साहको पान पसल र फलफूल पसल तथा इनरुवा–४ स्थित हैदर मन्सुरीको मोटरसाइकल ग्यारेजलगायत प्रभावित स्थानको निरीक्षण गरी क्षतिको अवस्था बुझ्नुका साथै पीडितसँग छलफल गरेको थियो।
दोस्रो र तेस्रो दिन हरिनगर गाउँपालिकाको घुस्की र गौतमपुर क्षेत्रमा रहेका धार्मिक संस्था, सार्वजनिक तथा केही निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडको पनि निरीक्षण गरिएको थियो। त्यस क्रममा मन्त्री मेहताले पीडितका समस्या सम्बन्धित निकायसमक्ष पुर्याई राहत, पुन:स्थापना तथा क्षतिपूर्तिका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
अनुगमन हुन बाँकी रहेका अन्य प्रभावित स्थानमा पनि प्रतिनिधिसभा सदस्य दीपककुमार साह र सुनसरी क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य लालविक्रम थापाले चाँडै स्थलगत निरीक्षण गरी पीडितसँग भेटघाट गर्ने कार्यक्रम रहेको रास्वपाका नेता धर्मवीर आर्यले जानकारी दिए।
प्रदर्शनका क्रममा भएका आगजनी र तोडफोडबाट प्रभावितहरूले मन्त्रीको स्थलगत निरीक्षणपछि आफूहरूले न्याय, राहत र क्षतिपूर्ति पाउने अपेक्षा व्यक्त गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १८ गते, २०८३ - १४:१३
सिन्धुलीमाढी। मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा सोमबार बिहान बस र कार ठक्कर खाँदा यात्रुसहित कार सुनकोशी नदीमा बेपत्...
श्रावण १८ गते, २०८३ - १३:५७
कञ्चनपुर । चट्टानी पहाड, भौगोलिक विकटता तथा अन्य अवरोध नभए पनि कञ्चनपुरको ६२ किलोमिटर हुलाकी सडक साढे नौ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। ...
श्रावण १८ गते, २०८३ - १३:४४
चितवन । चितवन जिल्ला प्रशासनले अप्ठेरोमा परेकालाई खाना पकाउने ग्याँस अभाव भएमा प्रमुख जिल्ला अधिकारीको कार्यालयमा खबर गर्न सर्वसाधारण लाई आग्रह गरेको ...
श्रावण १८ गते, २०८३ - १३:२०
इनरुवा। सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्ज गोली काण्डपछि उत्पन्न भएको अवस्थालाई नियन्त्रणमा लिन लगाइएको निषेधाज्ञा सिमित क्षेत्रमा लागू हुने ग...
श्रावण १८ गते, २०८३ - १३:०४
काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुर क्षेत्रमा बसको ठक्करपछि एउटा कार सुनकोशी नदीमा खसेको छ। घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली ...
श्रावण १८ गते, २०८३ - १२:५१
इनरुवा। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज गोलीकाण्डपछि उत्पन्न आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडबाट प्रभावि...
श्रावण १८ गते, २०८३ - १२:३५
सल्यान। कर्णाली प्रदेश सरकारले सल्यान र सुर्खेतका खडेरी प्रभावित क्षेत्रमा धान रोपाइँमा परेको असरबारे स्थलगत अध्ययन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेक...
श्रावण १८ गते, २०८३ - १२:०५
सप्तरी। जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा सोमबार बिहान १० बजेदेखि पूर्ण रूपमा हटाएको ...
श्रावण १८ गते, २०८३ - ११:५४
विराटनगर । अवैध नगद तथा हुन्डी कारोबारसँग सम्बन्धित विशेष सूचनाका आधारमा नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशका उपाध्यक्ष प्रकाश मुन्दडाको घर र का...
श्रावण १८ गते, २०८३ - ११:३७
काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा मन्त्रालयकै संलग्नतामा सिन्डिकेट गराइएको भन्ने आरोपको खण्डन गर...



प्रतिकृया लेख्नुहोस्: