युएई । संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्ना नागरिकहरूलाई भारत, पाकिस्तान, बङ्गलादेश, नेपाल र श्रीलंकालगायतका धेरै देशहरूमा यात्रा नगर्न आग्रह गरेको छ ।
कोभिड–१९ महामारीका कारण गत महिनाको अन्त्यमा यूएईले विभिन्न १४ मुलुकका यात्रीहरूलाई आफ्नो देश प्रबेशमा प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्धलाई यही जुलाई २१ सम्म विस्तार गरेको छ ।
परराष्ट्र मन्त्रालय र राष्ट्रिय प्रकोप तथा विपद् व्यवस्थापन प्राधिकरणले यात्राको मौसम शुरू भएपछि नागरिकहरूले कोभिड–१९सम्बन्धी सबै सावधानी र रोकथामका उपायहरू पालना गर्नु आवश्यक रहेको बताएको ‘द एक्सप्रेस ट्रिब्यून’ले लेखेको छ ।
यूएईको नागरिक उड्डयन प्राधिकरणलेएक सूचनामार्फत् लाइबेरिया, नामिबिया, सियरा लियोन, प्रजातान्त्रिक गणतन्त्र कङ्गो युगान्डा, जाम्बिया, भियतनाम, भारत, बंगलादेश, श्रीलङ्का, नाइजेरिया र दक्षिण अफ्रिका तथा नेपालबाट हुने उडान जुलाई २१ को राति १२ बजेसम्मका लागि हवाई यात्रामा प्रतिबन्ध लगाइएको जानकारी गराइएको हो । यो प्रतिबन्ध कार्गो उडान, व्यापारिक तथा चार्टर उडानहरूलाई बाध्यकारी नहुने बताइएको छ ।
युएईका अधिकारीहरूले युएईका नागरिकहरूलाई उनीहरूको यात्राको क्रममा कोभिड– १९ सङ्क्रमण पुष्टि भएमा देशले लागू गरेको सबै निर्देशन तथा स्वास्थ्य नियमहरूको पालना सुनिश्चित गर्नका लागि अलग्गै बस्नुपर्ने बताएका छन् ।
यसैबीच यूएईले आफ्ना विदेशमा रहेका नागरिकलाई पूर्व स्वीकृतिपछि मात्रै स्वदेश फर्किन वा विदेश जान आग्रह गरेको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: