काठमाडौं । टोखा नगरपालिकाले ‘मेयर स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले परिवर्तित जीवनशैली, खानपान र वातावरणीय प्रदूषणका कारणले बढ्दै गएको उच्च रक्तचाप, मधुमेह, मुटु तथा मिर्गौला रोग र अबुद्र्धरोग (क्यान्सर)लगायतका नसर्ने रोगको नि:शुल्क परीक्षणका लागि ‘मेयर स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्न लागेको हो ।
नगरपालिकाले आर्थिक वर्ष २०७८र७९ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमा ‘मेयर स्वास्थ्य कार्यक्रम’अन्तर्गत तीन हजार जनाको पूर्ण स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने बताएको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आधारभूत स्वास्थ्य सेवा पाउने नगरवासीको मौलिक हकलाई सुनिश्चित गर्दै केन्द्र सरकारबाट प्रदान गरिने नि:शुल्क औषधिका साथै नगरपालिकाले नि:शुल्क औषधि उपलब्ध गराउने बताउनुभयो ।
वडा नं २ मा स्थापना भएको टोखा चण्डेश्वरी प्राथमिक केन्द्रलाई प्रादेशिक अस्पतालका रूपमा विकास गरिसकिएकाले उक्त अस्पतालबाट उच्चतम सेवा लिनका लागि नगरवासीलाई अभिप्रेरित गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि स्वास्थ्यकर्मीलाई क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने बताइएको छ ।
नगरपालिकाभित्रका गर्भवती एवं सुत्केरीको स्वास्थ्यलाई मध्यनजर गर्दै टोखाले ‘महिलासँग उपमेयर’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । उक्त कार्यक्रमअन्तर्गत गर्भवती एवं सुत्केरीलाई नि:शुल्क क्याल्सियम, फोलिक एसिड चक्की र नि:शुल्क गर्भ परीक्षण सेवा उपलब्ध गराइने भएको छ । गर्भवती तथा सुत्केरीलाई नि:शुल्क एम्बुलेन्स सेवा र प्रजनन स्वास्थ्य प्रवद्र्धनसम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने उपप्रमुख ज्ञानमाया डङ्गोलले बताउनुभयो । नगरपालिकाले खोप कार्यक्रमलाई प्रभावकारीरूपमा सञ्चालन गर्न खोप केन्द्र निर्माण गरी बालबालिका तथा जोखिममा रहेका वयस्कहरुका लागि थप खोप प्रदान गर्ने भएको छ ।
यस्तै शारीरिक एवं मानसिक स्वास्थ्यका लागि विभिन्न सङ्घसंस्थाको सहकार्यमा ‘एक वडा, एक योग ध्यान केन्द्र तथा व्यायामशाला’ निर्माणकार्यलाई अगाडि बढाउने बताइएको छ । यो गत वर्षदेखि शुरुआत गरिएको कार्यक्रम हो । नगर क्षेत्रका निजी अस्पताल तथा क्लिनिकले नगरवासीलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन कम्तीमा १५ प्रतिशत छुट गराउने कार्यलाई पहल गर्ने नगरपालिकाले जनाएको छ ।
टोखामा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी, इसान बाल अस्पताल वसुन्धरा, ग्रीनसिटी अस्पताल वसुन्धरा, अल नेपाल अस्पताल सामाखुशी र विनायक अस्पताल एवं प्रसूतिगृह गोँगबु गरी निजी लगानीमा सञ्चालित पाँचवटा अस्पताल रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २४ गते, २०८२ - १४:५३
ढाका। बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी)का नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या गरिएको तथा कारवान बजार भ्यान एसोसिएसनका महासचिव अबु सुफियान म...
पौष २४ गते, २०८२ - १४:४५
वासिङ्टन। उटाहको साल्ट लेक सिटीमा बिहीबार भएको गोली हानाहानमा दुई जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएको अमेरिकी प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता...
पौष २४ गते, २०८२ - १४:३६
धनगढी। कैलालीमा यसवर्ष ५४ वटा डल्फिन रहेको अभिलेख भएको छ । डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालसँगको सहकार्यमा राष्ट्रिय प्रकृति संरक्षण कोष ब...
पौष २४ गते, २०८२ - १४:२३
काठमाडौं । काठमाडौँमा नदी र खोला किनारका मापदण्ड खारेज गर्न माग गर्दै र्याली आयोजना गरिएको छ। र्याली गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित सङ्घर्ष स...
पौष २४ गते, २०८२ - १४:०६
काठमाडौँ। अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले निजी क्षेत्रको नेतृत्वमा हुने दिगो आर्थिक वृद्धि नै नेपालको समृद्धिको ...
पौष २४ गते, २०८२ - १३:५६
काठमाडौं। काठमाडौं महानगरपालिकाले जयबागेश्वरी क्षेत्रका ७५ घरलाई मौलिक स्वरुपमा रुपान्तरण गर्ने प्रक्रिया थालेको छ । कामपा-८ मा पर्ने उक्त क्षेत...
पौष २४ गते, २०८२ - १३:४९
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले भोलि (शुक्रबार) केन्द्रीय सदस्यहरूको भेला बोलाउने भएको छ। सभापति शेरबहादुर देउवासँग बिहीबारको छलफलपछि यो ...
पौष २४ गते, २०८२ - १३:४२
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले विशेष महाधिवेशनको काउन्टरमा युवा भेला आयोजना गर्ने भएको छ। विशेष महाधिवेशनको उद्घाटन हुन नदिन रणनीतिका रू...
पौष २४ गते, २०८२ - १३:०१
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि उत...
पौष २४ गते, २०८२ - ११:४३
काठमाडौँ। नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । नेपाली सेनाका सहायक र...




प्रतिकृया लेख्नुहोस्: