Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

टोखाले तीन हजार नगरवासीको नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने

खबरडबली संवाददाता

काठमाडौं । टोखा नगरपालिकाले ‘मेयर स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले परिवर्तित जीवनशैली, खानपान र वातावरणीय प्रदूषणका कारणले बढ्दै गएको उच्च रक्तचाप, मधुमेह, मुटु तथा मिर्गौला रोग र अबुद्र्धरोग (क्यान्सर)लगायतका नसर्ने रोगको नि:शुल्क परीक्षणका लागि ‘मेयर स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्न लागेको हो । 

नगरपालिकाले आर्थिक वर्ष २०७८र७९ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमा ‘मेयर स्वास्थ्य कार्यक्रम’अन्तर्गत तीन हजार जनाको पूर्ण स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने बताएको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आधारभूत स्वास्थ्य सेवा पाउने नगरवासीको मौलिक हकलाई सुनिश्चित गर्दै केन्द्र सरकारबाट प्रदान गरिने नि:शुल्क औषधिका साथै नगरपालिकाले नि:शुल्क औषधि उपलब्ध गराउने बताउनुभयो । 

वडा नं २ मा स्थापना भएको टोखा चण्डेश्वरी प्राथमिक केन्द्रलाई प्रादेशिक अस्पतालका रूपमा विकास गरिसकिएकाले उक्त अस्पतालबाट उच्चतम सेवा लिनका लागि नगरवासीलाई अभिप्रेरित गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि स्वास्थ्यकर्मीलाई क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने बताइएको छ ।
 
नगरपालिकाभित्रका गर्भवती एवं सुत्केरीको स्वास्थ्यलाई मध्यनजर गर्दै टोखाले ‘महिलासँग उपमेयर’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । उक्त कार्यक्रमअन्तर्गत गर्भवती एवं सुत्केरीलाई नि:शुल्क क्याल्सियम, फोलिक एसिड चक्की र नि:शुल्क गर्भ परीक्षण सेवा उपलब्ध गराइने भएको छ । गर्भवती तथा सुत्केरीलाई नि:शुल्क एम्बुलेन्स सेवा र प्रजनन स्वास्थ्य प्रवद्र्धनसम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने उपप्रमुख ज्ञानमाया डङ्गोलले बताउनुभयो । नगरपालिकाले खोप कार्यक्रमलाई प्रभावकारीरूपमा सञ्चालन गर्न खोप केन्द्र निर्माण गरी बालबालिका तथा जोखिममा रहेका वयस्कहरुका लागि थप खोप प्रदान गर्ने भएको छ ।

यस्तै शारीरिक एवं मानसिक स्वास्थ्यका लागि विभिन्न सङ्घसंस्थाको सहकार्यमा ‘एक वडा, एक योग ध्यान केन्द्र तथा व्यायामशाला’ निर्माणकार्यलाई अगाडि बढाउने बताइएको छ । यो गत वर्षदेखि शुरुआत गरिएको कार्यक्रम हो । नगर क्षेत्रका निजी अस्पताल तथा क्लिनिकले नगरवासीलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन कम्तीमा १५ प्रतिशत छुट गराउने कार्यलाई पहल गर्ने नगरपालिकाले जनाएको छ ।

टोखामा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी, इसान बाल अस्पताल वसुन्धरा, ग्रीनसिटी अस्पताल वसुन्धरा, अल नेपाल अस्पताल सामाखुशी र विनायक अस्पताल एवं प्रसूतिगृह गोँगबु गरी निजी लगानीमा सञ्चालित पाँचवटा अस्पताल रहेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग केहीबेर अवरुद्ध

सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ। ...

सुनसरी घटनापछि गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक, शान्ति–सुरक्षाबारे रणनीति तय गरिँदै

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा सुरु भएको बैठक...

असारसम्मको बिजुली खपतमा भ्याट नलाग्ने, साउन १ देखि मात्र लागू हुने

काठमाडौं । आन्तरिक राजस्व विभागले २०८३ असार महिनासम्म खपत भएको विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पार्दै यससम्बन्धी अन्योल हटाउ...

अमेरिकी नागरिकसहित अध्यागन विभागका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध भ्रष्...

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। न्य...

सरकारी वार्ता टोली र डा. केसीबिच सहमतिको मस्यौदा तयार

धनगढी। अनशनरत प्राध्यापक डा. गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट आठ बुँदे सहमतिको मस्यौदा तयार पारिएको छ ।  आइतबार सहमति हुन नसकेपछि आज फे...

सुनसरीको देवानगन्ज घटनाप्रति मानव अधिकार आयोगको चासो

काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप तथा त्यसक्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु र नौ जना घाइते भएको घटनाबारे राष्ट्रिय मान...

सुनसरी घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्जमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर...

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सबै पक्ष एकमत

विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालाहरूबीच सर्वपक्...

माधव नेपाललाई मनाउन प्रचण्ड कोटेश्वरमा, सत्ता समीकरणबारे छलफल

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक माधव नेपालसँग भेटवार्ता गरेका छन्। नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले पछिल्लो राजनीति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending