ललितपुर । महालक्ष्मी नगरपालिका–६ सिद्धिपुरमा मल बनाउनका लागि कम्पोस्टबिन अर्थात् फोहर कुहिने भाँडा वितरण गरिएको छ । ‘स्वच्छ, सफा, सुन्दर–महालक्ष्मी नगर’ भन्ने नारालाई आत्मसाथ गर्दै वडाले सरसफाइलाई ध्यानमा राखी सो भाँडा वितरण गरेको हो ।
नगरपालिकाका अन्य वडाले विभिन्न कार्यक्रम अघि बढाउने क्रममा आफूहरूले भने स्वास्थ्य र सरसफाइलाई मध्यनजर गरी वडाभित्रका केही घरमा कुहिने फोहरबाट प्राङ्गरिक मल बन्न सहयोग होस् भनी ४२ बिन वितरण गरिएको वडाध्यक्ष वासुदेव महर्जनले बताए ।
उनले भने, “यो भाँडा हामीले वडामा कार्यारत कर्मचारी स्वस्थ्य स्वयंसेविका तथा सामुदायिक स्वास्थ्य केन्द्रका कर्मचारीलगायत केही व्यक्तिका निजी घरमा फोहर हाल्न दियौँ ।” वडाका सार्वजनिक स्थानमा सो तवरका भाँडा राख्दा झन् फोहर बढेको र त्यसको सफा सुघरमा खासै ध्यान गएको नदेखिएकाले व्यक्तिको घरमा राखेको भाँडा सफा हुनाका साथै मलसमेत उत्पादन हुँदा रु एक लाख खर्च गरी बिन बाँडेको महर्जनले जानकारी गराए ।
“वडावासी ‘गोदावरी खोला सरसफाइ अभियान’ मा पनि जुट्दै आएकाले नजिकै रहेका कुला, नहर, पार्टीपौवा, मठमन्दिर आदि सफा र सुन्दर भइरहँदा किन प्रत्येक दिन भान्छाबाट निस्कने कुहिने फोहर पनि व्यवस्थापन नगर्नु भनी यसलाई अघि बढाएका हौैँ, उनले भने । नगपालिकामा रहेका कूल ४५ स्वास्थ्य स्वयंसेविकामध्ये सिद्धिपुरमा कार्यारत नौले उक्त भाँडा आ–आफ्ना घरमा राखी मल बनाउने अवसर पाएका जानकारी गराइएको छ । सो बिनको तल्लो भागबाट तयार भएको मल निकाल्न मिल्छ । रासायनिक मल प्रयोग गरिएका खाद्यान्नले मानिसको स्वास्थ्यमा असर गर्ने हुँदा सो मलको प्रयोग गरी फलेका अर्गानिक तरकारी अनि फलफूलले धेरै फाइदा पुग्ने महर्जनले दाबी गरे । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: