गोरखा । गोरखा निषेधाज्ञा उल्लङ्घन गरी चर्को भाडा असुल्ने दुई सवारी चालकलाई पक्राउ गरिएको छ । निषेधाज्ञामा गोरखाबाट काठमाडौँ यात्रु बोकेर जाँदै गरेको अवस्थामा बा५ख १०७३ र बा५ख १०७७ नंको माइक्रोबसका चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) शेखर खनालले जानकारी दिए ।
“बाह्य जिल्लाबाट सवारी साधन जिल्लाभित्र प्रवेश गर्न नपाइने र जिल्ला भित्रन नपाउने भए पनि सामाजिक सञ्जालमा सूचना नै राखेर सम्र्पक गरी यात्रु बोकेर ल्याउने गरेको रहेछ”, उनले भने, “विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।” पक्राउ परेका सवारी चालकले गोरखाबाट काठमाडौँसम्मको भाडा प्रतिव्यक्ति रु एक हजार असुलेको पाइएको एसपी खनालले जानकारी दिए ।
गोरखा–काठमाडौँ भाडादर रु ४५० रहेको छ । “दुवै सवारी चालकले तोकिएको भाडादरभन्दा झण्डै दोब्बर भाडा असुलेको पाइयो”, उनले भने, “अर्कोतिर एक जिल्लाबाट अर्को जिल्लामा सवारी साधान सञ्चालन गर्न पाइँदैन ।” जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार असार २९ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
जिल्लाभित्र भने सार्वजनिक यातायात सञ्चालन गर्न पाउने निर्णय गरिएको थियो । पक्राउ परेका सवारी चालकलाई निषेधाज्ञा उल्लङ्घनको कसुरमा कारवाही हुने एसपी खनालले जानकारी दिए । निषेधाज्ञाको उल्लङ्घन गरी बाह्य जिल्लाबाट यात्रुसहितको सवारी साधान भित्रने र बाहिरिने क्रम बढेपछि जिल्लाको प्रवेशको मुख्य नाका मझुवामा जनपथ र सशस्त्र प्रहरी परिचालन गरी जाँच बढाए पनि यात्रु ओसारपसार गर्ने क्रम रोकिएको छैन । सवारी साधनले जाँच चौकीभन्दा नजिकै यात्रु झारेर हिँडाउने र जाँच चौकी कटेपछि पुनः यात्रु चढाएर ल्याउने लैजाने गरेको पाइएको प्रहरीले जनाएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: