Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

यसकारण जसपा सरकारमा सहभागी भएन

खबरडबली संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) तत्काल सरकारमा सहभागी नहुने भएको छ । जसपा कार्यकारी समितिको मंगलबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको बैठकले सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेको हो ।

जसपा कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले निर्वाचन आयोगमा पार्टी आधिकारिकताको मुद्दा विचाराधीन अवस्थामा रहेकाले जसपा तत्काल सरकारमा सहभागी नहुने बताए । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सोही गठबन्धनमा रहेको जसपा अध्यक्ष उपेन्द्र यादव समूह पनि सरकारमा सहभागी हुने बताइएको थियो ।

सरकारमा सहभागी हुनुअघि जसपाले पाउने मन्त्रालय र मन्त्रीको संख्या सम्बन्धमा समेत छलफल गर्न बाँकी रहेको स्रोतको दाबी छ । ‘शेरबहादुरजीलाई हाम्रो समर्थन छ, हामी सरकारमा पनि जान्छौं तर अहिलेकै अवस्थामा जान सक्दैनौं,’ यादवले भने, ‘सरकारले कस्तो कार्यक्रम तय गर्छ, त्यसलाई पहिला हामी हेर्छौं । आफूहरूको मुद्दा सरकारले कसरी सम्बोधन गर्छ यी सबै विषयमा छलफल गरेर मात्र सरकारमा सहभागी हुने निर्णय हुन्छ ।’

जसपा कार्यकारिणी समितिको बैठकले सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रलाई पुनश्च: ट्र्याकमा फिर्ता गरेको निष्कर्ष निकालेको पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बताए ।

जसपाले देउवाको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने र मन्त्रालय टुंगिएपछि सरकारमा सहभागी हुने निर्णय गरेको उनले बताए । बैठकले पाँच दलीय गठबन्धनलाई संसदको पूर्ण कालसम्म टिकाउन अधिकतम भूमिका खेल्ने निर्णय गरेको छ ।

जसपा अहिले दुई समूहमा विभाजित छ । एक समूहको नेतृत्व संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईले गर्छन् भने अर्को समूहको नेतृत्व अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले गर्छन् । केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा विवाद भएपछि जसपा दुई समूहमा विभाजित भएको हो ।

पार्टी दुई समूहमा विभाजित भएपछि आधिकारिकताको विवाद अहिले निर्वाचन आयोगमा चलिरहेको छ । निर्वाचन आयोगले दुवै समूहलाई आयोगमा बोलाएर सहमतिका लागि छलफल गराए पनि दुवै समूहले छुट्टाछुट्टै रहने बताएका थिए । छुट्टाछुट्टै रहने बताएपछि आयोगमा अहिले पार्टी आधिकारिकताको विषयमा बहस जारी रहेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपा उम्मेदवार स्वागत नेपाललाई साइबर ब्युरोले बोलायो

काठमाडौं । अधिवक्ता तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधिसभा उम्मेदवार स्वागत नेपाल (भद्रप्रसाद नेपाल)लाई प्रहरीले केन्द्रीय साइबर ब...

कांग्रेसको नयाँ कार्यसमिति केन्द्रीय कार्यालय जाँदै, गगन थापा प्रधानमन्त्री उम्मेदवार घोषणा हुने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा जाने...

बालेन पाँचथरमा चुनावी प्रचारमा व्यस्त, मतदातासँग भेटघाट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह चुनावी प्रचारप्रसारमा व्यस्त छन्। हिजोसम्म झापामा रहेका शाह आज बिहान इलाममा म...

बैतडीमा ट्याक्टर दुर्घटना : १ जनाको मृत्यु, ३ जना घाइते

बैतडी । दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ अनारखोलीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । धनगढीबाट बैतडीतर्फ आउँदै गरेको ...

वीरगञ्ज हुँदै ४८ अर्ब १० करोडको निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा रू ४८ अर्ब १० करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको ६ महिनाको तुलनाम...

अन्तिम ओभरमा चुक्दा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । नेदरल्यान्ड्ससँग नेपाल २ रनले हार बेहोरेको हो ।...

उच्च मूल्यपछि घट्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं । अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार तोलामा २ हजार ९ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसा...

बाँकेका अधिकांश उम्मेदवार युवा र नयाँ

नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहरुमध्ये अधिकांश नयाँ र युवा उम्मेदवार रहेको पाइएको छ । यसअ...

महिला टी–२० विश्वकप छनोट: नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले १४१ रनको लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्य...

रास्वपा उम्मेदवारको प्रचारका लागि इलाम पुगे बालेन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह इलाम पुगेका छन्। रास्वपाका उम्मेदवारको प्रचार–प्रसारका लागि उनी इलाम पुगेका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending