Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ जना सकुशल भेटिए

रासस

काठमाडौँ । नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ व्यक्ति सकुशल अवस्थामा परिवारको सम्पर्कमा आएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरीको छानबिनका लागि पीडितको परिवारलाई भेट्ने क्रममा ती व्यक्ति परिवारसँग सकुशल अवस्थामा रहेको पाइएको हो ।

“बेपत्ता व्यक्तिको परिवारसँग भेट्ने क्रममा ३१ व्यक्ति सम्पर्कमा आएका छन्, परिवारसँग सकुशल भेटिएका छन्”, आयोगका अध्यक्ष युवराज सुवेदीले भने, “अध्ययन गर्दै जाँदा भेट्ने क्रम जारी छ, अरु पनि भेटिन्छन् भन्ने आयोगलाई विश्वास छ ।”

आयोगले उजुरीको अध्ययन गरी छानबिन गर्न जाने क्रममा हालसम्म भेटिएका बेपत्ता व्यक्तिमा नुवाकोट विदुर नगरपालिका–१२ का लछुमनप्रसाद भट्ट, स्याङ्जा वालिङ नगरपालिका–६ का गोपालप्रसाद अर्याल, कैलाली घोडाघोडी नगरपालिका–१३ का हेमराज जोशी, कञ्चनपुर पुनर्वास नगरपालिका–१० का कृष्णप्रसाद दुलाल र इलाम माइनगरपालिका–७ का चन्द्रबहादुर शाह रहेका छन् ।

त्यस्तै झापा कमल गाउँपालिका–१ का भीष्मजङ्ग रायमाझी, चितवन भरतपुर उपमहानगरपालिका–१३ का गङ्गाधर तिमिल्सिना, रुकुमपश्चिम सानीभेरी गाउँपालिका–११ का उमेश विक, दार्चुला नौगाड गाउँपालिका–५ का विक्रमसिंह ठगुन्ना, ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–२ का रोहित भट्टराई, डडेलधुरा परशुराम नगरपालिका–९ का कालुसिंह ठगुन्ना, नवलपरासी ९बर्दघाटसुस्ता पश्चिम० रामग्राम नगरपालिका–१५ का केशवप्रसाद उपाध्याय पौडेल र गोरखा नारेश्वर–६ का राजुविक्रम शाह फेला परेको हो ।

फेला पर्नुभएका अन्य व्यक्तिमा मोरङ मिक्लाजुड गाउँपालिका–३ का कुमार सुवेदी, ललितपुर गोदावरी नगरपालिका–१३ का राजकुमार राना, कञ्चनपुर भीमदत्त नगरपालिका–१८ का धनबहादुर दाहाल, बाजुरा खप्तड छेडेदह गाउँपालिका–२ का डबल बुढा र तनहुँ म्याग्दे गाउँपािलका–१ का शिवप्रसाद खनाल रहेका छन् ।

त्यस्तै भोजपुर नगरपालिका–३ का रामकुमार राई, भोजपुर रामप्रसाद राई गाउँपालिका–३ का बबिन राई, सङ्खुवासभा चैनपुर–११ का जगनाथ हेडवा र लक्ष्मीबहादुर बुढा, डोटी शिखर नगरपालिकाका जनक भण्डारी, चितवन रत्ननगर नगरपालिकाका बेनीमाया अधिकारी र रौतहट गौर नगरपालिका–१ का सन्तोष जैसवाल परिवारसँग सकुशल भेएिका हुन् । त्यस्तै दैलेख नारायण नगरपालिका–६ का जयाप्रसाद जैशी, स्याङ्जा पुतलीबजार नगरपालिका–२ का टुकबहादुर पौडेल, सल्यान कालिमाटी गाउँपालिका–१ का पहलमान बस्नेत, ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–१ का नीलबहादुर थापा र सर्लाही बसबरिया गाउँपालिका–३ का हरिमोहन चौधरी परिवारको साथमा भेटिएको हो ।

नेपालमा विसं २०५२ फागुन १ देखि २०६३ मङ्सिर ५ सम्म चलेको सशस्त्र द्वन्द्वका क्रममा व्यक्ति बेपत्ता पारिएको भनेर आयोगमा उजुरी परेको थियो । सोही उजुरीको अध्ययन गर्ने क्रममा ३१ व्यक्ति फेला पारी हाल परिवारको सम्पर्कमा रहेका छन् । आयोगमा परेका तीन हजार २२३ उजुरीमध्ये २३७ उजुरी सत्य निरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित भएकाले त्यहाँ पठाएको थियो । त्यसमध्ये १३१ उजुरी दोहोरो परेको देखिएकाले लगतकट्टा गरिएको थियो । साथै २८९ उजुरीमा सशस्त्र द्वन्द्वका क्रममा व्यक्ति बेपत्ता पारेका भन्ने नै आधार प्रमाण नदेखिएकाले तामेलीमा राखिएको थियो ।

आयोगले दुई हजार ४९५ उजुरीमा विस्तृत छानबिन गरिरहेको छ । उजुरीका आधारमा दुई हजार ५१३ व्यक्ति बेपत्ता पारिएको भनी आयोगको तथ्याङ्कमा उल्लेख छ । आयोगका अनुसार दुई हजार २७४ उजुरीमा उजुरीकर्ता बुझ्नेलगायतका काम सम्पन्न भएको छ । उजुरी परेका ७५ जिल्लामध्ये ७३ जिल्लाको स्थलगत भ्रमण गरी आयोगले अनुसन्धान गरिसकेको छ भने १५ जिल्लाका १८८ परिवारका ५४० जनालाई पीडित परिचयपपत्र वितरणसमेत गरिसकेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी का...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् ।  सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...

बहुविवाह मुद्दाका दोषी ठहर पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...

ट्रम्पले दिए बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending