ढाका। बङ्गलादेशमा सम्पन्न जनमतसङ्ग्रहमा ६५.३ प्रतिशत मत संवैधानिक सुधारको पक्षमा परेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । यसले सन् २०२४ को विद्रोहपछि प्रस्तावित व्यापक राजनीतिक रूपान्तरणका एजेन्डालाई जनसमर्थन प्राप्त भएको सङ्केत दिएको छ ।
आम निर्वाचनसँगै गरिएको उक्त जनमतसङ्ग्रह ‘जुलाई चार्टर’ नामक ८४ बुँदे सुधार प्रस्ताव कार्यान्वयनसँग सम्बन्धित थियो । उक्त प्रस्तावले भविष्यमा अधिनायकवादी शासन दोहोरिन नदिन संवैधानिक संरचनामा गहिरो परिवर्तन आवश्यक रहेको उल्लेख गरेको छ । डेली स्टारका अनुसार २७ लाखभन्दा बढी मतदाता सुधारको पक्षमा उभिएका छन् ।
प्रस्तावित सुधारमा कार्यवाहक सरकार गठनको स्पष्ट व्यवस्था, पूर्ण स्वतन्त्र निर्वाचन आयोग स्थापना, द्विसदनीय संसद् प्रारम्भ, प्रधानमन्त्रीको कार्यकालमा सीमा निर्धारण, राष्ट्रपतिको अधिकार पुनर्संरचना, न्यायपालिकाको स्वतन्त्रता सुदृढीकरण तथा संसदमा महिलाको प्रतिनिधित्व वृद्धि जस्ता प्रावधान समावेश छन् ।
प्रारम्भिक नतिजाले यी विषयमा मतदाताको सकारात्मक धारणा देखाएको छ । निर्वाचनतर्फ प्रारम्भिक गणनाले बङ्गलादेश नेसनलिस्ट पार्टी ९बिएनपी० अग्रस्थानमा रहेको देखाएको छ । विभिन्न सञ्चार माध्यमका अनुमान अनुसार २९९ प्रत्यक्ष निर्वाचित सिटमध्ये बिएनपी र उसका सहयोगीले १८१ सिट जितेका छन् भने जमात र उसका साझेदारले ६१ सिट प्राप्त गरेका छन् ।
२४९ निर्वाचन क्षेत्रमा मतगणना सकिएको र ५० क्षेत्रमा प्रक्रिया जारी रहेको डेली स्टारले जनाएको छ । यद्यपि, निर्वाचन आयोगले आधिकारिक नतिजा सार्वजनिक गर्न बाँकी रहेको छ । पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन र शेख हसिनाको अवामी लिगमाथि प्रतिबन्ध लगाएपछि सम्पन्न भएको यो निर्वाचन तथा जनमतसङ्ग्रहलाई बङ्गलादेशको राजनीतिक पुनर्संरचनातर्फको महत्त्वपूर्ण कदमका रूपमा विश्लेषण गरिएको छ । निर्वाचन आयोगले औपचारिक घोषणा गर्ने तयारी गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - १६:५९
काठमाडौँ। वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढ...
फाल्गुन २९ गते, २०८२ - १६:४९
काठमाडौं । सर्वोच्च अदालत ले काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थापनको विषयमा सरकारसँग स्पष्टीकरण माग गरेको ...
फाल्गुन २९ गते, २०८२ - १६:३८
कालीकोट। नेपालमा विभिन्न समयमा सम्पन्न भएका सात वटा निर्वाचनमा म्यादी प्रहरीका रूपमा सेवा गरी घर फर्किएका कालीकोटका एक स्थानीय बासिन्दालाई गाउँमा भव्य...
फाल्गुन २९ गते, २०८२ - १६:२६
काठमाडौँ। सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई कडा कानुनी कारबाहीको माग गर्दै काठमाडौँमा ...
फाल्गुन २९ गते, २०८२ - १६:२२
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरूले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाउने क्रम बढेको छ । निर्वाचनमा पारदर्शिता का...
फाल्गुन २९ गते, २०८२ - १६:०७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चुनावको व्यस्तताका कारण स्वास्थ्य बिग्रिएर घरमै आराम गरिरहेका छन्। प्रमुख स्वकीय स...
फाल्गुन २९ गते, २०८२ - १५:५४
काठमाडौँ। श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली श्रमिकहरूलाई सरकारले तत्काल उद्धार गर्नुपर्नेम...
फाल्गुन २९ गते, २०८२ - १५:३१
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फ...
फाल्गुन २९ गते, २०८२ - १४:५५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी )एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओल...
फाल्गुन २९ गते, २०८२ - १४:३७
तेहरान। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इ...


प्रतिकृया लेख्नुहोस्: