काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन्। उनलाई समर्थकहरूले विमानस्थल गेटबाट विभिन्न नारा लगाउँदै स्वागत गरेका छन्। उनले गाडीबाट समर्थकहरूलाई हात हल्लाएर धन्यवाद दिएका छन्।
विमानस्थलमा उनका समर्थनमा बाक्लो संख्यामा समर्थकहरू भेला भएका छन् र र्यालीसहित उनलाई निर्मल निवास पुर्याउने तयारी गरिएको छ। समर्थकहरूले ‘हाम्रो राजा हाम्रो देश, राजा आउ देश बचाऊ’ लगायतका नारा लगाइरहेका छन्।
स्थानीय प्रशासनले विमानस्थलमा निषेधाज्ञा जारी गरेको छ। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईंले पूर्वराजालाई विमानस्थल भित्रैबाट स्वागत गरेका थिए।
त्रिभुवन विमानस्थलदेखि निर्मल निवाससम्म सुरक्षा व्यवस्था कडा बनाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार काठमाडौंका चोक–चोकमा पनि सुरक्षाकर्मी बाक्लो संख्यामा परिचालन गरिएको छ।
पूर्वराजा शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौं आएका हुन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १ गते, २०८२ - १५:४०
कैलाली । कैलालीमा मतदाता शिक्षाका लागि १२६ जना स्वयम् सेवक खटिदैंछन् । निर्वाचन कार्यालयले जिल्लाको १३ वटै पालिकामा सो सङ्ख्यामा मतदाता शिक्षा स्वयम् ...
फाल्गुन १ गते, २०८२ - १५:२५
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले फागुन २१ को चुनावलाई लक्षित गर्दै आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित पत्रका...
फाल्गुन १ गते, २०८२ - १५:१२
काठमाडौं। अर्थमन्त्री रामेश्वर खनाल अर्थतन्त्र सही ढङ्गले सञ्चालन हुन सही सूचना समयमै प्रवाह हुन अत्यावश्यक रहेको बताएको छन् । मिडियामा सूचनाको हक प्र...
फाल्गुन १ गते, २०८२ - १४:५४
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो घोषणापत्र शनिबार सार्वजनिक गर्ने भएको छ। घोषणापत्रको अन्तरवस्तुबारे शुक्रब...
फाल्गुन १ गते, २०८२ - १४:३७
काठमाडौं । वीर अस्पतालले स्वास्थ्य बीमा मार्फत उपलब्ध हुने सेवामा कटौती गरेको छ। दीर्घरोगका बिरामीलाई बीमा मार्फत तीन महिनासम्म औषधि उपलब्ध गराउने व्य...
फाल्गुन १ गते, २०८२ - १४:२५
काठमाडौँ । राष्ट्रियसभा सांसदहरुले यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारको ध्यानाकर्षण ...
फाल्गुन १ गते, २०८२ - १४:१०
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन्। उनलाई समर्थकहरूले विमानस्थल गेटबाट विभिन्न नारा लगाउँदै स्वागत ग...
फाल्गुन १ गते, २०८२ - १४:०२
ढाका। बङ्गलादेशमा सम्पन्न जनमतसङ्ग्रहमा ६५.३ प्रतिशत मत संवैधानिक सुधारको पक्षमा परेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । यसले सन् २०२४ को विद्रोहपछि...
फाल्गुन १ गते, २०८२ - १३:५३
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाहिर राजावादीहरूको प्रदर्शन जारी छ। पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि भएको प्रदर्शनमा ‘राष...
फाल्गुन १ गते, २०८२ - १३:३९
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आउनेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपरको अवस्था अस्तव्यस्त बनेको छ। राजावादी समर्थकहरू गेटब...



प्रतिकृया लेख्नुहोस्: