चितवन । चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण सफलतापूर्वक भएको छ । जाजरकोट जिल्ला कुशे गाउँपालिका–९ का ४७ वर्षीय भरतविक्रम शाहीको कलेजका चिकित्सकले अठार घण्टा लगाएर शाहीलाई कलेजो प्रत्यारोपण गरिएको हो । कलेजद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कलेजका कार्यकारी निर्देशक प्रताप देवकोटाले शाहीलाई उनकी धर्मपत्नी कमलादेवीले ६० प्रतिशत कलेजो प्रदान गरेका थिइन् ।
अस्पतालका विषेशज्ञ चिकित्सक सर्जन डा।सञ्जयकुमार यादव, डा। एकानन्द सिंह, डा।जयन्तकुमार शाह, हेपाटोलोजी डा।सागर पौडेल, डा।वरुण श्रेष्ठ, एनेस्थेसिया डा।किरण अधिकारी, डा।नवीन यादव, डा।सुरेश गौतम, डा।वीरेन्द्र राउत, रेडियोलोजिष्ट डा।दीपक अधिकारी, डा।सुवास ओझासहितका टोली प्रत्यारोपणमा सहभागी रहेका थिए ।
प्रत्यारोपणमा भारतको एपोलो अस्पतालका विषेशज्ञ चिकित्सकको सहभागिता रहेको थियो । कार्यकारी निर्देशक देवकोटाका अनुसार सिरोसिस् अफ लिभरको सी चरणमा पुगेका बिरामीलाई कलेजो प्रत्यारोपण गरिएको हो । काठमाडौँमा कलेजोको जाँच तथा उपचार गराउँदै आएका शाही दुई साताअघि मात्रै चितवन मेडिकल कलेज आउनुभएको जनाइएको छ ।
सिरोसिस् अफ लिभरको ‘ए’ ‘बि’ ‘सि’ चरणमध्ये शाही ‘सी’ चरणमा पुगेको जनाउँदै डा।यादवले भने, “गत फागुनमा ‘सि’ चरणमा पुग्नुभएका शाहीलाई प्रत्यारोपण नगराएको भए थप जीवन रहन मुस्किल पर्ने अवस्था थियो ।” शाहीका पेटमा पानी भरिएको र ठूलो भएको थियो । उनले भन, “अल्कोहलका कारण कलेजो बिग्रिएको त थियो नै, हेपाटाइटिस ‘बि’ पनि बिरामीमा थियो ।”
कलेजलो दाता कमलादेवीको स्वास्थ्यमा सुधारपछि उनलाई यही असार २७ गते नै अस्पतालबाट घर पठाइएको छ । शाहीको स्वास्थ्य अवस्था सुधार हुँदै गइरहेको चिकित्सक यादवको भनाइ छ । उनले भने, “अहिलेकै गतिमा सुधार भए आगामी साता उहाँलाई समेत घर पठाउन सकिने अवस्था छ ।” उनले अगाडि भने, “दुई देखि तीन महिनामा दुबै जनामा कलेजोको अवस्थामा वृद्धि भएर ९० देखि ९५ प्रतिशत पलाएर आउछ । उहाँहरू दुबै जना सामान्य जीवन बिताउन सक्नुहुन्छ ।”
पत्रकार सम्मेलनमा हेपाटोलोजी डा ।पौडेलले प्रत्यारोपणका क्रममा झण्डै १३ युनिट रगत खर्च भएको जानकारी दिए । सो कलेजले दोस्रो प्रत्यारोपण सफल गरेको हो । उनले अघिल्लो प्रत्यारोपणमा एक/दुई युनिट रगतले नै पुगेको बताए । बिरामी शाहीको कलेजोमा रगत जानै नसक्ने ‘ब्लकेज’ अवस्थामा रहेको जनाउँदै उनले भने, “सिरोसिस् भएका १० देखि १५ प्रतिशत बिरामीमा यस्तो समस्या हुन्छ ।” कलेजोको अन्य समस्या भएपछि गरिने प्रत्यारोपणमा भन्दा यस्तो समस्यामा प्रत्यारोपण गराउनु निकै जटिल भएको उनको भनाइ छ ।
यस अस्पतालमा हाल दैनिक १५ कलेजोका बिरामी उपचारका लागि आउने गरेको सो अवसरमा जानकारी गराइयो । तीमध्ये १० देखि २० प्रतिशत बिरामीको कलेजो प्रत्यारोपण गर्नुपर्ने देखिने गरेको छ । कलेजले यसअघि काठमाडौंकी धनकुमारी तामाङको कलेजो प्रत्यारोपण गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १० गते, २०८२ - १७:१५
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरुले कांग्रेस बदलेको र अब देश बदल्ने बताएको छन् । शुक्रबार पार्टी कार्यालय सानेपामा सभापति ...
माघ १० गते, २०८२ - १६:५५
म्याग्दी । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् । शुक्रबार मुख्य निर्वाचन अधिकृतको...
माघ १० गते, २०८२ - १६:४४
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रमेशलाल चौधरीले आफ्नो उम्मेदवारी रद्द गर्ने निर्वाचन अधिकृतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट द...
माघ १० गते, २०८२ - १६:२९
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सभापतिको भूमिका निर्वाह गर्नु चुनौतीपूर्ण रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्च...
माघ १० गते, २०८२ - १६:१३
काठमाडौं । नेपाली कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीक...
माघ १० गते, २०८२ - १६:०२
काठमाडौँ। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश ...
माघ १० गते, २०८२ - १५:५४
काठमाडौँ । नेकपा एमालेको ओखलढुङ्गा जिल्ला कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचिवसहित ३८ जना नेता–कार्यकर्ताले पार्टी छाडेका छन्। अध्यक्ष जीवी खड्कासहित ...
माघ १० गते, २०८२ - १५:४८
झापा। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा –५ का नेता तथा कार्यकर्तालाई जनताको घर–घरमा जान र मतदातासँग सिधा सम्पर्क गर्न निर्देशन दिएको छन्।...
माघ १० गते, २०८२ - १५:२९
काठमाडौं । देशभर ४९ जना उम्मेदवारले आफ्ना उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, यस चुनावमा ३ हजार ४८...
माघ १० गते, २०८२ - १५:१९
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही सञ्चारमाध्यमलाई दिएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। अध...




प्रतिकृया लेख्नुहोस्: