Ntc summer Offer
Khabar Dabali ११ पुष २०८१ बिहीबार | 26th December, 2024 Thu
Investment bank

पार्टी एकता भए पार्टीको निर्णय मान्छौं नभए नयाँ ढंगबाट निर्णय लिन्छौं–ज्ञावली

युवराज ज्ञावली

अहिल्यै हामी सरकारमा जादैनौं । हामी पार्टी एकताको प्रयासमा छौं । अहिलेको हाम्रो प्राथमिकता भनेको पार्टीलाई एकतबद्ध बनाएर लैजाने नै हो । अहिले हामी त्यसमै व्यस्त छौं । यद्यपी संसद नरहने अवस्था आयो भने त्यतिबेला हामी निर्णय गर्छौं ।

विधि, पद्धति, संविधान र लोकतन्त्र बचाउन हामीले पार्टीभित्रै संघर्ष गरेर पुर्नस्थापित गरेको संसदलाई जिवित राख्न उचित व्यवस्थापनको जरुरी छ ।

पार्टी एकता भयो भने पार्टीको निर्देशन र निर्णय अनुसार अघि बढ्छौं । यदि एकता सम्भव भएन भने कसरी अघि बढ्ने भन्नेबारे नयाँ ढंगले सोच्छौं । 
मुख्य कुरा संविधान र लोकतन्त्र जोगाउनु हाम्रो प्रमुख चुनौति थियो । त्यो अब लाइनमा आयो । लिग बाहिर जान लागेको राजनीति लिगमा आएको छ ।

सबैले संविधान बमोजिम काम गर्नुपर्छ । अदालतको फैसला कसैलाई अनुकुल कसैलाई प्रतिकुल हुन सक्छ । लोकतन्त्र जोगियो भने सबै कुरा ठीक हुन्छ । जहाँसम्म पार्टीको कुरा छ, पार्टी एक हुनुपर्छ भनेर कार्यदलले सहमति गरेको छ । त्यसलाई दुई शीर्ष नेताहरु बसेर कसरी अगाडि बढ्ने भन्नेमा छलफल आवश्यक रहेको छ । अब उहाँहरु बसेर मिलाउनु पर्छ । जे जस्तो भए पनि संविधान बमोजिम काम गर्नुपर्छ । संविधान मिचेर कसैले पनि काम गर्नु हुँदैन । संविधान बमोजिम जुन निर्णय देश र जनताका लागि अनुकुल हुन्छ त्यही गर्नु पर्छ । 

पार्टी भन्दा पनि संविधान र लोकतन्त्र बचाउन हामीले राजनीतिलाई नै दाउमा राखी निर्णय गरिसकेका छौं । त्यसले सकारात्मक परिणाम पनि प्राप्त गरेको छ । संसदलाई निरन्तरता दिन के गर्ने भन्ने कुरामा पार्टीभित्र छलफल हुन्छ । पार्टी एक भए पार्टीको निर्णय हामी मान्छौं । यदि नभए त्यसै अनुरुप उपयुक्त कदम चाल्छौं । त्यतिबेला कस्तो परिस्थिति आइलाग्छ, हाम्रो समूह बसेर सुरक्षित उपाय निकाल्छौं । 

अहिल्यै हामी सरकारमा जादैनौं । हामी पार्टी एकताको प्रयासमा छौं । अहिलेको हाम्रो प्राथमिकता भनेको पार्टीलाई एकतबद्ध बनाएर लैजाने नै हो । अहिले हामी त्यसमै व्यस्त छौं । यद्यपी संसद नरहने अवस्था आयो भने त्यतिबेला हामी निर्णय गर्छौं । त्यतातिर अहिले सोचेका छैनौं । 

(ज्ञवाली नेकपा एमालेका उपाध्यक्ष हुन्)

Tags बहस
Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...

तीन प्रदेशमा आज मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान

हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...

इजरायलमा ड्रोन आक्रमण : ४ को मृत्यु, ६० भन्दा सैनिक घाइते

अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...

दशैंको टिका जमरा लाउने र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...

कर्णालीको स्याउले दसैंमा पायो बजार, भारत पनि निकासी

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...

यात्रा गर्दै हुनुहुन्छ ? नजानुस् कुलेखानी–फाखेलको बाटो

मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...

अरनिको राजमार्ग एकतर्फी संचालनमा आयो

काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ ।  काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...

मौसम पुर्वानुमान : आज केहि प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...

आज टिकाको दोस्रो दिन, मान्यजनको हातबाट टिका र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । बडादसैँ  टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...

नेपालबाट बाहिरियो मनसुन

काठमाडौं । यस वर्षको मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन शुरू गरेको मनसुन अब पूर्णर...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy