काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नै अहंकार, दम्भ घमण्डले सत्तात्युत भएको बताएका छन् । ओलीले लोकतान्त्रिक संस्कार कहिल्यै नदेखिएको समेत आरोप लगाए । दुई पटक सदन विघटनदेखि प्रधानमन्त्री शेरबहादुर देउवाको शपथ ग्रहण र संसद बैठकको घटनाक्रमसम्म आउँदा समेत उनमा लोकतान्त्रिक चरित्र नदेखिएको प्रचण्डले बताए ।
आइतबार प्रतिनिधि सभामा बोल्दै प्रचण्डले ओली यसरी प्रस्तुत हुन्छन् भन्ने थाहा पाएको भए आफू उति बेला पार्टी एकता नै नगर्ने बताए।
‘हुन त पूर्ववक्ता माननीयले विगतका अनुभव सुनाउनुभयो,’ उनले भने, ‘तर दुई तिहाइ बहुमतका प्रधानमन्त्रीले आफ्नो बहुमत हुँदाहुँदै प्रतिनिधि सभा विघटन गरेको भन्दा यो अनौठो घटना हो। यो विडम्बना मैले बोल्नुपर्दा, जसले गठबन्धनबाट राजनीतिक स्थायित्व होला भन्ने प्रस्ताव ल्याएको मान्छेले सदनको अघि उभिँदा मेरो अनुभूति के होला ? यस्तो दुर्दशा यति छिटो देख्नुपर्ला भनेको भए किन एकताको प्रस्ताव गर्थेँ होला ?’
ओलीका कुरामा सधैँ जालझेल, षड्यन्त्र, धोकाधडी हुने भन्दै प्रचण्डले उनको कुरा अब कसैले पनि नपत्याउने बताए। ‘उहाँको नेतृत्वमा हामी नबसेको भए त पत्याउँथ्यौं होला तर हामी अझै जिउँदै छौं। त्यसैले उहाँको जालझेलपूर्ण कुरा पत्याउँदैनौं,’ उनले भने।
उनले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम शेरबहादुर देउवा प्रधानमन्त्री भएकोमा एमालेलाई टाउको दुख्नुपर्ने कारण नरहेको प्रस्ट पारे। एमालेका नेताहरूले संविधानको धारा ७६ को उपधारा ५ ले निर्दलीयता निम्त्याउने, लोकतन्त्र संकटमा पर्ने भनेर दिँदै आएको अभिव्यक्तिलाई लक्षित गर्दै प्रचण्डले गोहीको आँशु नबगाउन सुझाव दिए।
यस्तै प्रचण्डले ओलीतर्फ संकेत गर्दै उनले माओवादी आन्दोलन विभाजित भएको छ, यसलाई मिचिदिए हुन्छ भन्ने ठानेको भए हलुका नसोच्न आग्रह गरे । ‘आगोसँग खेल्ने कुरा राम्रो होइन, कति राम्रोसँग यो आगोलाई इनर्जीमा रुपान्तरणतिर ल्याइएको छ’,उनले भने, ‘यसलाई हेप्न थाल्नुभयो भने आगो फेरि सल्किनसक्छ । त्यो बुद्धितिर कोही पनि नजाऔं ।’
उनले निवर्तमान प्रधानमन्त्री ओलीलाई व्यक्तिगत अहंकार र दम्भ नराख्न आग्रह गरे ।‘‘व्यक्तिगत अहंकार र दम्भले इतिहास निर्माण हुँदैन, बनेको इतिहासलाई तपाईंले व्यक्तिगत दम्भले निमिट्यान्न पार्छु भन्ने ठान्नु भएको हो भने ब्लण्डर गर्दै हुनुहुन्छ’ उनले भने, ‘यसको फल भोग्नुहुन्छ भोग्दै जानुहुन्छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ५ गते, २०८२ - ०९:२५
काठमाडौं । गत साता भएको आम चुनावपछि मङ्गलवार नयाँ सरकारले काम थाल्नुअघि बाङ्ग्लादेशका अन्तरिम नेता मोहम्मद युनुसले राजीनामा दिएका छन्। मङ्गलवार ढाक...
फाल्गुन ५ गते, २०८२ - ०९:१९
कास्की । कास्कीका १५३ मतदानस्थलमध्ये एउटा मतदानस्थल सडक पहुँचविहीन रहेको छ । तीनवटा निर्वाचन क्षेत्र रहेको कास्कीको क्षेत्र नं ३ अन्तर्गत अन्नपूर्ण गा...
फाल्गुन ५ गते, २०८२ - ०९:१८
अर्घाखाँची । मालारानी गाउँपालिकामा पासोमा परी घाइते भएको चितुवा मरेको छ । मालारानी –३ टुनीपोखरीमा स्थानीयले वन्यजन्तुलाई थापेको पासोमा परेर चितुवा घाइ...
फाल्गुन ५ गते, २०८२ - ०८:०८
काठमाडौं । भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकपमा समूह चरणबाट बाहिरिसकेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार स्कटल्यान्डविरुद्ध खेल्दैछ। ...
फाल्गुन ५ गते, २०८२ - ०७:५९
भोजपुर । आसन्न निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाली सेनाले भोजपुरको कारागार र विमानस्थल सुरक्षाको जिम्मेवारी सम्हालेको छ । सदरमुक...
फाल्गुन ५ गते, २०८२ - ०७:५३
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने...
फाल्गुन ५ गते, २०८२ - ०७:४५
मुगु । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर मुगुमा चुनावी चहलपहल बढेको छ । विशेषगरी राजनीतिक दलहरुबिच यहाँ कडा प्रतिस्पर्धा हुने चर्चा छ । यस ...
फाल्गुन ५ गते, २०८२ - ०७:४२
झापा । मेचीनगर-१ तिरिङकी सविता पुरी चुनाव नजिकिए पनि खेतमा पाकेको तोरीबाली भित्र्याउन व्यस्त छिन् । अन्य बाली हात्तीले सखाप पारिदिने भएपछि विकल्पका रू...
फाल्गुन ५ गते, २०८२ - ०७:३७
म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र भएर ढोरपाटन हुँदै पूर्वीरुकुम जोड्ने वैकल्पिक सडक बनाउन...
फाल्गुन ५ गते, २०८२ - ०७:३४
सुदूरपश्चिम । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सोमबार कैलालीका लागि मतपत्रसहितका निर्वाचन सामग्री आइपुगेको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका ...



प्रतिकृया लेख्नुहोस्: