सर्वोच्च अदालत आफैले संविधान बनाएको होइन । राजनीतिक दलका नेताहरुले बनाएको संविधान हो । संविधान बमोजिम अदालतले व्याख्यासम्म गरेको हो । उनीहरुले नै संविधानमा निर्दलीय व्यवस्था राखिएको हो भने दोष उनीहरुलाई नै जान्छ, अदालतलाई जाँदैन ।
सर्वोच्चको फैसला स्वभाविक, संविधानसंवत् र सकारात्मक रहेको छ । विपक्षीले आरोप लगाएको जस्तो सर्वोच्चले फैसलामा संविधानको कुनै अपव्याख्या गरेको छैन । उनीहरुले भने जस्तो अदालतले संविधान भन्दा बाहिर गएर कसरी व्याख्या गर्न सक्छ ? फैसलामा चित्त नबुझ्नेले असहमति जनाउन पाइन्छ तर सभ्य, मर्यादित, अनुशासितरुपमा विरोध गर्नुपर्ने हुन्छ ।
विपक्षीले जुन निर्दलीयताको कुरा उठाएका छन् त्यो उनीहरुले अदालतको फैसला नपढी हचुवाको भरमा गरिएको टिप्पणी हो । उनीहरुको जवाफ फैसलामै उल्लेख रहेको छ । सर्वोच्च अदालत आफैले संविधान बनाएको होइन । राजनीतिक दलका नेताहरुले बनाएको संविधान हो । संविधान बमोजिम अदालतले व्याख्यासम्म गरेको हो । उनीहरुले नै संविधानमा निर्दलीय व्यवस्था राखिएको हो भने दोष उनीहरुलाई नै जान्छ, अदालतलाई जाँदैन ।
यद्यपी संविधानको धारा ७६(५) निर्दलीय पनि होइन । सर्वोच्चले व्याख्या गलत पनि गरेको छैन । फैसला विधिशास्त्रीय दृष्टिले ठीक र संविधानसंवत् रहेको छ । संविधान बमोजिम सर्वोच्चले व्याख्या गर्दा कुनै दल, व्यक्तिले असहमति राख्नुलाई सामान्यरुपले नै हेर्नुपर्छ तर त्यो मर्यादित हुनु पर्छ ।
सर्वोच्चको फैसलाले दलीय व्यवस्था र संसदीय प्रणालीलाई भविष्यमा असर पर्छ जस्तो मलाई लाग्दैन । संसदीय प्रणाली र दलीय व्यवस्थामाथि कुनै अप्ठ्यारो पर्ने अवस्था आयो भने त्यतिबेला संविधान संशोधन गर्न सकिन्छ ।
संविधानमा धारा ७६(५) किन राखेको हो भन्ने कुरा त्यो राजनीतिज्ञहरुले जान्ने कुरा हो । धारा ७६(५)ले विसंगति भित्र्यायो भने भविष्यमा संशोधन हुन सक्ला तर भविष्यमा संशोधन हुन सक्छ भन्ने आधारमा अहिल्यै यसलाई गलत भन्न मिल्दैन । त्यसैले अदालतको फैसला संविधान बमोजिम आएको छ । यसलाई सबैले मानेर जानुको विकल्प छैन ।
(भट्टराई नेपाल बार एशोसिएसनका पूर्वउपाध्यक्ष एवं वरिष्ठ अधिवक्ता हुन्)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८२ - १५:४७
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ । बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...
आश्विन २८ गते, २०८१ - १०:५४
काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...
आश्विन २८ गते, २०८१ - १०:३६
हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...
आश्विन २८ गते, २०८१ - १०:१८
अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...
आश्विन २८ गते, २०८१ - १०:०५
काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...
आश्विन २७ गते, २०८१ - १७:१५
सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...
आश्विन २७ गते, २०८१ - ११:३४
मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...
आश्विन २७ गते, २०८१ - १०:४३
काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ । काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...
आश्विन २७ गते, २०८१ - ०९:०१
काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...
आश्विन २७ गते, २०८१ - ०८:५५
काठमाडौं । बडादसैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...




प्रतिकृया लेख्नुहोस्: