काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीका कारण प्रभावित उद्योग–व्यवसायलाई बचाउन राहत ‘प्याकेज’ ल्याइने घोषणा गरेका छन् ।
नेपाल उद्योग परिसङ्घको १८ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले निजी क्षेत्रका सबै उद्यमी–व्यवसायी र सम्बन्धित क्षेत्रका विज्ञसँगको परामर्शमा महामारी प्रभावित उद्योगधन्दालाई उकास्ने प्याकेज ल्याउने सोचमा आफू रहेको बताउनुभयो । सबै नागरिकका लागि कोभिड–१९ विरुद्धको खोप नि:शुल्क उपलब्ध गराउनु आफ्नो पहिलो प्रथमिकता भएको स्पष्ट गर्दै प्रधानमन्त्रीले आर्थिक विकास र लगानी प्रवद्र्धनलाई पनि उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको जानकारी गराए । “विकासलाई हामीले प्राथमिकता दिएका छौँ, तर त्योभन्दा पहिले आम नागरिकको ज्यान जोगाउने विषय महत्वपूर्ण हो”, उनले भने, “महामारीबाट पार पाउनु चुनौतीपूर्ण छ, हाम्रो पहिलो प्राथमिकता खोपको व्यवस्था नै हो ।”
अर्थमन्त्री जनार्दन शर्माले आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता बोध कोभिडको महामारीले गराएको विचार व्यक्त गर्दै परिसङ्घको ‘मेक इन नेपाल’ – स्वदेशी उत्पादन प्रवद्र्धन अभियानको सराहना गरे । उनले महामारीका कारण थलिएको अर्थतन्त्रलाई उजिल्याउन निजी क्षेत्रलाई विश्वासमा लिएर सरकार अघि बढ्ने दृढता व्यक्त गरे । उनले भने, “निजी क्षेत्रको प्रतिस्पर्धी क्षमता अभिवृद्धिमा सरकारले सघाउनेछ ।”
परिसङ्घका संस्थापक अध्यक्ष विनोदकुमार चौधरीले विद्वत् समूहकोे रुपमा परिसङ्घले काम गरिरहेकामा कृतज्ञता व्यक्त गर्दै प्रजातन्त्रको अभ्युदयसँगै नेपाली काङ्ग्रेस नेतृत्वको सरकारले प्रारम्भ गरिएका आर्थिक सुधारका कार्यक्रममले निजी क्षेत्रको लगानी अभिवृद्धि, आन्तरिक राजश्व परिचालनमा योगदान भएको बताए । उनले बदलिएको वर्तमान परिवेशमा अब दोस्रो चरणका सुधारका कार्यक्रमम आउनुपर्नेमा जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २४ गते, २०८१ - १७:३६
काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्यकता परेमा संसद्को विशेष अधिवेशन बोलाएर भएपनि विद्यालय शिक्ष...
चैत्र २४ गते, २०८१ - १७:३२
सर्लाही । लामो समयदेखि आर्थिक सङ्कटमा गुज्रिरहेको सागरनाथ वन विकास परियोजनाका कर्मचारी र मजदुरले विगत ११ महिनादेखि तलब पाउन सकेका छैनन् । गएको वैशा...
चैत्र २४ गते, २०८१ - १७:२१
किएभ । रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणबाट विदेशी भाषामा प्रसारण हुने सरकारी च्यानलको कार्यालय रहेको भवन आंशिक रुपमा ध्वस्त भएको एक टेलिभिजन च्या...
चैत्र २४ गते, २०८१ - १७:१३
महोत्तरी । जयनगर–बर्दिबास रेल्वेमा जग्गा परेर अझै उचित मुआब्जा नपाएका जग्गाधनीले राहत महसुस गरेका छन् । बर्दिबास नगरपालिका–१४ मा छ बिघा र भङ्गाहा–...
चैत्र २४ गते, २०८१ - १७:०१
झापा । मेचीनगर नगरपालिका–८ का पर्शुराम गिरीले दुई वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका छन् । करिब १० कट्ठा जमिनमा खेती सुरु गरेका उनले एक सिजनमा ती...
चैत्र २४ गते, २०८१ - १६:५४
सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा निर्माणाधीन दुई वटा मोटरेबल पुलको ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । सोलुखुम्बुको सदरमु...
चैत्र २४ गते, २०८१ - १६:३७
नवलपरासी ।(बर्दघाट सुस्ता पश्चिम)सुस्ता गाउँपालिका ५ पक्लिहवास्थित नरायणी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्थानीय स्वरोजगार बन्दै ...
चैत्र २४ गते, २०८१ - १६:१२
ताप्लेजुङ । ताप्लेजुङ जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ। सङ्घीय सरकारको सहयोगमा प्राप्त स्वास्थ्य सामग्री स्वचालित बाह्य डिफिब्रिलेट...
चैत्र २४ गते, २०८१ - १५:५८
उज्बेकिस्तान । सभामुख देवराज घिमिरेले नेपालको सामाजिक न्याय, समावेशिता र शान्तिपूर्ण रुपान्तरणको यात्रा विश्वकै लागि उदाहरणीय भएको बताएका छन् । ...
चैत्र २४ गते, २०८१ - १५:५४
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष डोटीको खप्तड इञ्जिनियरिङ क्याम्पस सञ्चालनका लागि आगामी बजेटमा कार्यक्रम समावेश गर्न आज मागपत्र बुुझाइएको छ...
प्रतिकृया लेख्नुहोस्: