बलेवा । विषाक्त मदिरा सेवन गरेपछि बिरामी परेका चार जनाको मृत्यु भएको घटनामा अनुसन्धानका लागि घटनास्थल पुगेको प्रहरी सदरमुकाम फर्किएको छ । गलकोट नगरपालिका–७ मल्म पुगेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीको पाँच सदस्यीय टोली घटनास्थलको स्थलगत अनुसन्धान गरेर फर्किएको हो ।
प्रहरीले घटनामा मृत्यु भएका र गम्भीर बिरामी परेका मजदुरले सेवन गरेको मदिरा र खानाको नमूना लिएर फर्किएको हो । प्रहरीले घटनास्थलबाट ल्याएको मदिरा र खाना परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाउने तयारी भइरहेको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताउनुभयो । गत सोमबार साँझ स्थानीय एक पसलबाट ल्याएको मदिरा र चाउचाउ तथा दालमोठ खाएपछि बिरामी परेका चार जनाको मङ्गलबार बिहान मृत्यु भएको थियो । दुई जना गम्भीर बिरामी मजदुरको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका–५ का ३० वर्षीय प्रवीन घर्ती, ५१ वर्षीय रेखबहादुर राना, २१ वर्षीय दीपेन्द्र पुनमगर र ३९ वर्षीय दूधबहादुर राना रहेका छन् ।
'त्यहाँ त के भेटिन्थ्यो र ? सोधपुछ गर्ने काम भयो, छिमेकीले पनि त्यहीँबाट रक्सी ल्याएर खाएको भन्छन्', अनुसन्धानका लागि घटनास्थल पुगेका हवारीले भने, 'अब खाना, मदिरा र भिसेरा रिपोर्ट जे आउँछ त्यसको आधारमा अनुसन्धान अघि बढ्छ ।' घटनास्थलमा पुगेको प्रहरीले मजदुरले सधैँ मदिरा खाने गरेको र त्यो दिन पनि त्यसै भएको बताएका थिए । शव धौलागिरि अस्पतालको शवगृहमा राखिएको छ । रोल्पाबाट आफन्त बुधबार बिहानमात्रै बागलुङ आइपुगेका छन् । 'उहाँहरु आएको खबर छ, जाहेरी आएपछि मात्रै परीक्षण हुन्छ', प्रहरी उपरीक्षक पल्लीमगरले भने 'परीक्षणपछि भिसेरा र खाना तथा मदिरा एकैपटक विधि विज्ञान प्रयोगशाला पठाउँछौँ ।' आफन्तले भने रिपोर्ट आएपछि मात्रै शव बुझ्ने बताउँदै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: