Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

रसुवा नाकाबाट चिनियाँ सवारी साधनको आयात बढ्दो

खबरडबली संवाददाता

रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट चिनियाँ सवारी साधनको आयातमा क्रमश: वृद्धि हुँदै गएको छ । गत आर्थिक वर्ष २०७७र७८ मा आयात सामग्रीको विवरण दिँदै रसुवा भन्सार कार्यालय टिमुरेले चीनमा निर्मित सानाठूला ५६८ सवारी साधन नेपाल भित्रिएको र आयातको परिमाण भने क्रमश: वृद्धि भइरहेको जनाएको हो ।

कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका अनुसार यसरी आयात भएका सवारी साधनमा किसानले प्रयोग गर्ने हाते ट्र्याक्टर २४९, पिकअप भ्यान ३०, एम्बुलेन्स पाँच, जिप, कार र भ्यान ५०, सामान बोक्ने ठूलाठूला टिपर १३० र ३० सिट क्षमताको चार वटा विद्युतीय बस रहेका छन् ।

व्यापारी तथा व्यावसायिक कम्पनीले झिकाएका ती सवारी साधनको भन्सार प्रक्रिया पूरा भई प्राय: आ–आफ्ना गन्तव्यतर्फ लागिसकेका र भन्सार हाताबाट लैजान बाँकी सवारी साधन काठमाडौँका लागि प्रस्थान गराउने तयारी भएको छ । यस्तै आयात भएका सामग्रीमा  तयारी पोशाक, जुत्ता तथा चप्पल, जिपकार भ्यान, होजियारी कपडा, ब्याग, मोबाइलका ब्याट्री, स्वास्थ्यका सामग्री, स्याउ, ओखर एवं लसुनलगायत विविध वस्तु रहेको बताइएको छ । नेपालका विभिन्न नदी खोलामा निर्माणाधीन जलविद्युत् आयोजनालाई आवश्यक पर्ने चिनियाँ उपकरणसमेत आयात भइरहेको छ । निर्यात भने शून्य  रहेको छ ।

गत आवमा रसुवागढी नाकाबाट कूल रु १८ अर्ब ३४ करोड ५४ लाख ६१ ह्जार बराबरको चिनियाँ सामग्री नेपाल भित्रिएको भन्सार तथ्याङ्कले देखाएको छ । प्राप्त माल सामग्रीको मापदण्डअनुरूप मूल्याङ्कनबाट भन्सार, अन्त:शुल्कका साथै मूल्य अभिवृद्धि करसमेतका तीन शीर्षकबाट गत आव रु तीन अर्ब ५४ करोड २७ लाख ९३ हजार असुली भई सो रकम राज्य कोषमा दाखिला भएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

विगतका वर्षमा रु आठ अर्ब २७ करोड ४५ लाख असुली  भएकोमा गत वर्ष सामानको आयात परिमाण अत्यन्तै न्यून हँुदा  भन्सार शुल्कबाट उठ्ने राजस्वमा गिरावट आएको भन्सार कार्यालयले जनाएको छ । यसरी राजस्व गिरावटको मुख्य बाधक भने दोस्रो लहरको कोभिड सङ्क्रमण रहेको छ ।

रोग नियन्त्रणका लागि पहिलो चरणदेखिनै नेपाल–चीनबीचको रसुवागढीस्थित लेहेन्देखोला मितेरी पुलबाट केरुङका लागि सवारी साधनका साथै मानिसको आवागमनसमेत बन्द भई सामग्री आयातमा कमी भएका कारण राजस्व असुलीमा गिरावट आएको भन्सार कर्मचारी बताउँछन् । कोभिड सङ्क्रमणको पहिलो लहरअन्तर्गत केही महिना ठप्प भएको आयात दुई देशीय वार्तापछि चिनियाँ सवारी साधनले नै रसुवागढी सामान पुर्‍याउने सहमतिअनुरुप पुन: कारोवार सञ्चालन भएको थियो ।

जोखिमप्रति सजगता अपनाउँदै रसुवागढीको सीमा क्षेत्रमा चिनियाँ सवारी साधनले ल्याएका सामग्री ओसारपसारका लागि क्वारेन्टिनमा बसेका चालक तथा कामदारलाई प्रवेश गराइएको छ । दैनिक ५० कन्टेनरभन्दा बढी माल सामग्री आयात हुने नाकामा अहिले १५ कन्टेनर मात्र आयात भइरहेको छ । आयातको परिमाण बढाइदिन छिमेकी अधिकारीको नाताले चिनियाँ भन्सारका समकक्षीसँग आफूले पहल गरिरहेको प्रमुख भन्सार अधिकृत रेग्मीले बताउनुभयो ।

निरन्तरको भारी वर्षा, सीमाको कार्यस्थल पहरा फेद, आयात सामग्रीको शुल्क निर्धारण गर्ने स्थल खोलाको बगर भएका कारण समय समयमा भिरबाट खस्ने ढुङ्गा र भोटेकोशीमा आउने बाढीको जोखिमले वर्षायामको समयमा मानसिक त्रास बढ्ने गरेको भन्सारका कर्मचारी बताउँछन् ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जापानद्वारा विश्वको सबैभन्दा ठुलो आणविक संयन्त्र स्थगित

टोकियो। जापानमा विश्वको सबैभन्दा ठुलो आणविक ऊर्जा संयन्त्र, काशीवाजाकी-कारिवा प्लान्टको पुन: सुरु प्रक्रिया बिहीबार स्थगित गरिएको छ । टोकियो इलेक्ट्रि...

झापाका ९५ वटा मतदान स्थल अति संवेदनशील

झापा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाता र मतदान स्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदान स्थलको तीन तहमा वर्गीकरण...

हेटौँडामा २५ वर्षदेखि ६४ वर्षसम्मका उम्मेदवार मैदानमा

हेटौँडा। फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा मनोनयन दर्ता गर्नेमा २५ वर्षका युवादेखि ६४ वर्षीय वृद्धासम्मले उम्मेदवार...

सरकारका प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई

काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रवक्ताको जिम...

जेनजी आन्दोलन छानबिन आयोगको म्याद २० दिन थप

काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरेको जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन...

रवि लामिछानेविरूद्धको मुद्दा न्यायाधीशले हेर्न मिल्दैन भनेपछि सुनुवाइ सर्यो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’सम्बन्धी अभियोग संशोधन गर...

नेपाली कांग्रेसको मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिए पदबाट राजीनामा

काठमाडौँ । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार पदबाट राजीनामा दिएका छन्। निर्वाचन क्षेत्रमा सक्रिय हुनुपर्ने भएकाले राजीनामा दिएको...

मुस्ताङका उम्मेदवारविरुद्ध परेन उजुरी

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङमा उम्मेदवारी दिएका कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध उजुरी परेन । ...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भर्खरै मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।  केही मन्त्री राजीनामा दिएर फागुन २१ गतेको प्रतिनिधि स...

झापा ५ मा सबैभन्दा बढी मतदाता, ५० हजार नयाँ थपिए

झापा। जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।   कार्यालयका प्रमुख ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending