काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको आसन्न १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल प्रारम्भ गरेको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकमा महाधिवेशन निर्धारित समयमै गर्ने गरी अन्य अधिवेशनको तालिका हेरफेर गर्ने सम्बन्धमा छलफल भएको पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा भएको बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समिति र क्रियाशील सदस्यता छानबिन समितिका संयोजकले प्रारम्भिक प्रतिवेदन पेश गरेका थिए । दुवै प्रतिवेदनमाथि छलफलपश्चात शनिबार पुनः बस्ने पदाधिकारी बैठकले महाधिवेशन कार्यतालिका हेरफेर गर्ने सम्बन्धमा आवश्यक निर्णय लिन सक्ने उनले बताए ।
कांग्रेसले क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि गत असार ३० गतेभित्र तोकेको थियो । केही जिल्लाको विवादका कारण उक्त कार्य अहिलेसम्म सम्पन्न हुन नसकेकाले पनि महाधिवेशन तालिका प्रभावित हुने निश्चित छ ।
कांग्रेसको गत असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको छ । संशोधित कार्यतालिकाअनुसार गाउँ÷नगर वडा अधिवेशन यही साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ ।
यसैगरी प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ५ गते, २०८१ - १६:३३
काठमााडौं । अमेरिका भ्रमणमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने भएका छन् । संयुक्त राष्ट्र सङ्घको कार...
आश्विन ५ गते, २०८१ - १६:३०
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको ...
आश्विन ५ गते, २०८१ - १६:२३
नुवाकोट। नुवाकोटको विदुर नगरपालिका–६ खम्पाक्याम्पमा केन्द्रीय कारागार भवन निर्माण गरेर भदौ १५ देखि कैदीबन्दी स्थान्तरण गरेपश्चात खाली भएको विदुर–१ ढुं...
आश्विन ५ गते, २०८१ - १६:०९
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा सहभागी सबै माओवादी घटकहरु एक ठाउँमा आउनुको विकल्प नभएको उल्लेख गर्दै ढ...
आश्विन ५ गते, २०८१ - १६:०८
काठमाडौँ । भारतले बंगलादेशलाई जारी पहिलो टेस्ट खेलमा ५१५ रनको लक्ष्य दिएको छ । जारी टेस्टको दोस्रो इनिंगमा भारतले ४ विकेट गुमाउदै २८७ रन बनाएर आफ्...
आश्विन ५ गते, २०८१ - १४:२९
रौतहट । हैजा प्रभावित क्षेत्र रौतहटको राजपुरमा प्रादेशिक अस्पताल गौरको मेडिकल सुपरिेन्डेन्ट डाक्टर मुरारी ठाकुरको नेतृत्वमा एक आवश्यक औषधि सहित पुगे...
आश्विन ५ गते, २०८१ - १४:२५
ढोरपाटन । निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको गत राति चट्याङ लागेर मृत्यु भएको छ । आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा ...
आश्विन ५ गते, २०८१ - १४:२१
काठमाडौं । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले भन्सार छली गरी ल्याइएका रु नौ लाख बराबरको सामान बरामद गरेको छ । प्रहरीले आज जिल्लाका विभि...
आश्विन ५ गते, २०८१ - १४:०९
दाङ । लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गर्दै आएकी छन्। उनले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर ...
आश्विन ५ गते, २०८१ - १४:०८
काठमाडौं । सहकारी छानविन प्रकरणमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गोरखा मिडियाका सञ्चालकहरुले सहकारीको रकम अपचलन ...
प्रतिकृया लेख्नुहोस्: