Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

मदिराका कारण बढ्दै आपराधिक घटना

रासस

डोटी । जिल्लामा मदिराका कारण आपराधिक घटनामा वृद्धि हुँदै गएको पाइएको छ । जिल्लामा गत आर्थिक वर्षको तुलनामा यस आवमा मदिराका कारण आपराधिक घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार जिल्ला प्रहरी कार्यालय डोटी आव २०७७र७८ मा कूल १३९ मुद्दा दर्ता भएकामा मदिराका कारण मुद्दा दर्ता भएका २५ वटा रहेका छन् । यसैगरी मदिराकै कारण घरेलु हिंसा, महिला हिंसा र लैङ्गिक हिंसालगायत ३८ उजुरी दर्ता भएका छन् । जिल्लाका ग्रामीण क्षेत्रभन्दा पनि सदरमुकाम र राजमार्ग छेउछाउका बस्तीमा मदिराका कारण आपराधिक क्रियाकलापमा वृद्धि भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालयको पछिल्लो तथ्याङ्कअनुसार यस आवको एक महिनामा मदिराकै कारण जिल्लामा कम्तीमा १८ वटा आपराधिक घटना घटेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले प्रहरी कहाँ दर्ता भएका अधिकांश घटना मादक पदार्थ सेवनका रहेको बताए । उनले भने, “हामीकहाँ आएका मुद्दामा मदिरा प्रमुख कारण देखिएकाले हामी डोटीमा मदिरा निर्मूल पार्नुपर्ने अवस्था सिर्जना भएको छ ।”

मदिराले समाजमा विभिन्न खाले आपराधिक घटना घट्न थालेको भन्दै त्यससम्बन्धी मुद्दा बढी दर्ता हुन थालेका छन् । मदिराका कारण सामान्यझै झगडादेखि जघन्य अपराधका क्रियाकलाप बढेको भन्दै यहाँका स्थानीयवासीले मदिरा बिक्रीवितरणमा कडाइ गर्नुपर्ने मागसहित निवेदन दर्ता गर्न थालेको जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दा फाँटका प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए । उनले भने, “प्रहरी कार्यालयमा पर्ने अधिकांश मुद्दामा मदिरासम्बन्धीका छन्, सबैले मदिरा नियन्त्रण गर्नुपर्ने माग गर्दै आएका छन् ।”

जिल्लामा मदिराका कारण आपसी झैझगडा हुँदा हालसम्म दुई दर्जन बढीले ज्यान गुमाइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाका ग्रामीण क्षेत्रमा घट्ने आपराधिक घटनामा मदिरा सेवन गरी सामूहिक कुटपिट गरेर मारेका, सामूहिक बलात्कार गरेका तथा गर्ने प्रयास गरेका, झुन्डिएर तथा हामफालेर आत्महत्या गरेका घटना अत्यधिक रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए ।
“हामीकहाँ जति मुद्दा दर्ता भए त्यसमा सबैभन्दा बढी घटनामा मदिरा प्रमुख कारण भएको छ”, उनले भने, “पूर्णरूपमा मदिरा बन्द गर्न लागिपरेका छौँ, सकेका छैनौँ ।” उनका अनुसार जिल्लाका ग्रामीणलगायत अन्य क्षेत्रमा लुकीछिपी बेचबिखन हुने तथा सेवन गरिने मदिराका कारण आपराधिक क्रियाकलापमा वृद्धि हुन थालेको हो । अधिकांश बेरोजगार युवा एक ठाउँमा जम्मा हुने तथा मदिरा सेवन गरेर सङ्गठित रूपमा आपराधिक घटना घटाउने गरेको पाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डोटीमा आपराधिक घटनाका मुद्दा दर्ता वृद्धि हुनाको कारण समाजमा घटना घट्ने बित्तिकै प्रहरीका कहाँ घटना दर्ता गर्नुपर्छ भन्ने स्थानीयवासीमा आएको चेतनाका कारण पनि भएको प्रहरीको दाबी छ ।

शहरबजारमा घट्ने आपराधिक घटना प्रहरी कहाँ पुगे पनि यहाँका ग्रामीण क्षेत्रमा घट्ने अधिकांश घटना गाउँघरमै मिलाउने, पीडितको पहुँचमा कमी हुने तथा इज्जतका कारण गाउँमै मिलाउने गरेको दिपायल सिलगढी नगरपालिका–४ का स्थानीयवासी भरत कठायतले बताए । उनले भने, “गाउँघरमा भएका अधिकांश घटना पीडित पक्षसँग मान्छे नहुने तथा इज्जत जोगाउनलाई भए पनि गाउँमै मिलाउने गरिन्छ, जसले गर्दा अपराधीको मनोबल बढ्ने गरेको छ ।” राजनीतिक अस्थिरताको मौका छोपी धेरैजसो पेसेवर अपराधीले घटना घटाउने गरेको पाइएको डोटी प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

उता प्रहरीले भने जिल्लामा आएका कयौँ घटना मेलमिलाप हुन नसकेपछि अदालतमै सिधै मुद्दा गराउँदै आएको दाबी गरेको छ । पछिल्लो समय जिल्लाका विभिन्न स्थानीय तहमा प्रहरीले सामुदायिक प्रहरी सेवा गठन गरी मदिरा नियन्त्रण, बालविवाह रोकथाम, आपराधिक क्रियाकलाप रोकथामलगायत क्षेत्रमा काम गर्दै आए पनि मदिरा नियन्त्रण गर्न नसकेको स्थानीयवासीको आरोप छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जापानद्वारा विश्वको सबैभन्दा ठुलो आणविक संयन्त्र स्थगित

टोकियो। जापानमा विश्वको सबैभन्दा ठुलो आणविक ऊर्जा संयन्त्र, काशीवाजाकी-कारिवा प्लान्टको पुन: सुरु प्रक्रिया बिहीबार स्थगित गरिएको छ । टोकियो इलेक्ट्रि...

झापाका ९५ वटा मतदान स्थल अति संवेदनशील

झापा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाता र मतदान स्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदान स्थलको तीन तहमा वर्गीकरण...

हेटौँडामा २५ वर्षदेखि ६४ वर्षसम्मका उम्मेदवार मैदानमा

हेटौँडा। फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा मनोनयन दर्ता गर्नेमा २५ वर्षका युवादेखि ६४ वर्षीय वृद्धासम्मले उम्मेदवार...

सरकारका प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई

काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रवक्ताको जिम...

जेनजी आन्दोलन छानबिन आयोगको म्याद २० दिन थप

काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरेको जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन...

रवि लामिछानेविरूद्धको मुद्दा न्यायाधीशले हेर्न मिल्दैन भनेपछि सुनुवाइ सर्यो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’सम्बन्धी अभियोग संशोधन गर...

नेपाली कांग्रेसको मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिए पदबाट राजीनामा

काठमाडौँ । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार पदबाट राजीनामा दिएका छन्। निर्वाचन क्षेत्रमा सक्रिय हुनुपर्ने भएकाले राजीनामा दिएको...

मुस्ताङका उम्मेदवारविरुद्ध परेन उजुरी

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङमा उम्मेदवारी दिएका कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध उजुरी परेन । ...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भर्खरै मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।  केही मन्त्री राजीनामा दिएर फागुन २१ गतेको प्रतिनिधि स...

झापा ५ मा सबैभन्दा बढी मतदाता, ५० हजार नयाँ थपिए

झापा। जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।   कार्यालयका प्रमुख ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending