Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

मदिराका कारण बढ्दै आपराधिक घटना

रासस

डोटी । जिल्लामा मदिराका कारण आपराधिक घटनामा वृद्धि हुँदै गएको पाइएको छ । जिल्लामा गत आर्थिक वर्षको तुलनामा यस आवमा मदिराका कारण आपराधिक घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार जिल्ला प्रहरी कार्यालय डोटी आव २०७७र७८ मा कूल १३९ मुद्दा दर्ता भएकामा मदिराका कारण मुद्दा दर्ता भएका २५ वटा रहेका छन् । यसैगरी मदिराकै कारण घरेलु हिंसा, महिला हिंसा र लैङ्गिक हिंसालगायत ३८ उजुरी दर्ता भएका छन् । जिल्लाका ग्रामीण क्षेत्रभन्दा पनि सदरमुकाम र राजमार्ग छेउछाउका बस्तीमा मदिराका कारण आपराधिक क्रियाकलापमा वृद्धि भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालयको पछिल्लो तथ्याङ्कअनुसार यस आवको एक महिनामा मदिराकै कारण जिल्लामा कम्तीमा १८ वटा आपराधिक घटना घटेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले प्रहरी कहाँ दर्ता भएका अधिकांश घटना मादक पदार्थ सेवनका रहेको बताए । उनले भने, “हामीकहाँ आएका मुद्दामा मदिरा प्रमुख कारण देखिएकाले हामी डोटीमा मदिरा निर्मूल पार्नुपर्ने अवस्था सिर्जना भएको छ ।”

मदिराले समाजमा विभिन्न खाले आपराधिक घटना घट्न थालेको भन्दै त्यससम्बन्धी मुद्दा बढी दर्ता हुन थालेका छन् । मदिराका कारण सामान्यझै झगडादेखि जघन्य अपराधका क्रियाकलाप बढेको भन्दै यहाँका स्थानीयवासीले मदिरा बिक्रीवितरणमा कडाइ गर्नुपर्ने मागसहित निवेदन दर्ता गर्न थालेको जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दा फाँटका प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए । उनले भने, “प्रहरी कार्यालयमा पर्ने अधिकांश मुद्दामा मदिरासम्बन्धीका छन्, सबैले मदिरा नियन्त्रण गर्नुपर्ने माग गर्दै आएका छन् ।”

जिल्लामा मदिराका कारण आपसी झैझगडा हुँदा हालसम्म दुई दर्जन बढीले ज्यान गुमाइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाका ग्रामीण क्षेत्रमा घट्ने आपराधिक घटनामा मदिरा सेवन गरी सामूहिक कुटपिट गरेर मारेका, सामूहिक बलात्कार गरेका तथा गर्ने प्रयास गरेका, झुन्डिएर तथा हामफालेर आत्महत्या गरेका घटना अत्यधिक रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए ।
“हामीकहाँ जति मुद्दा दर्ता भए त्यसमा सबैभन्दा बढी घटनामा मदिरा प्रमुख कारण भएको छ”, उनले भने, “पूर्णरूपमा मदिरा बन्द गर्न लागिपरेका छौँ, सकेका छैनौँ ।” उनका अनुसार जिल्लाका ग्रामीणलगायत अन्य क्षेत्रमा लुकीछिपी बेचबिखन हुने तथा सेवन गरिने मदिराका कारण आपराधिक क्रियाकलापमा वृद्धि हुन थालेको हो । अधिकांश बेरोजगार युवा एक ठाउँमा जम्मा हुने तथा मदिरा सेवन गरेर सङ्गठित रूपमा आपराधिक घटना घटाउने गरेको पाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डोटीमा आपराधिक घटनाका मुद्दा दर्ता वृद्धि हुनाको कारण समाजमा घटना घट्ने बित्तिकै प्रहरीका कहाँ घटना दर्ता गर्नुपर्छ भन्ने स्थानीयवासीमा आएको चेतनाका कारण पनि भएको प्रहरीको दाबी छ ।

शहरबजारमा घट्ने आपराधिक घटना प्रहरी कहाँ पुगे पनि यहाँका ग्रामीण क्षेत्रमा घट्ने अधिकांश घटना गाउँघरमै मिलाउने, पीडितको पहुँचमा कमी हुने तथा इज्जतका कारण गाउँमै मिलाउने गरेको दिपायल सिलगढी नगरपालिका–४ का स्थानीयवासी भरत कठायतले बताए । उनले भने, “गाउँघरमा भएका अधिकांश घटना पीडित पक्षसँग मान्छे नहुने तथा इज्जत जोगाउनलाई भए पनि गाउँमै मिलाउने गरिन्छ, जसले गर्दा अपराधीको मनोबल बढ्ने गरेको छ ।” राजनीतिक अस्थिरताको मौका छोपी धेरैजसो पेसेवर अपराधीले घटना घटाउने गरेको पाइएको डोटी प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

उता प्रहरीले भने जिल्लामा आएका कयौँ घटना मेलमिलाप हुन नसकेपछि अदालतमै सिधै मुद्दा गराउँदै आएको दाबी गरेको छ । पछिल्लो समय जिल्लाका विभिन्न स्थानीय तहमा प्रहरीले सामुदायिक प्रहरी सेवा गठन गरी मदिरा नियन्त्रण, बालविवाह रोकथाम, आपराधिक क्रियाकलाप रोकथामलगायत क्षेत्रमा काम गर्दै आए पनि मदिरा नियन्त्रण गर्न नसकेको स्थानीयवासीको आरोप छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग केहीबेर अवरुद्ध

सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ। ...

सुनसरी घटनापछि गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक, शान्ति–सुरक्षाबारे रणनीति तय गरिँदै

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा सुरु भएको बैठक...

असारसम्मको बिजुली खपतमा भ्याट नलाग्ने, साउन १ देखि मात्र लागू हुने

काठमाडौं । आन्तरिक राजस्व विभागले २०८३ असार महिनासम्म खपत भएको विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पार्दै यससम्बन्धी अन्योल हटाउ...

अमेरिकी नागरिकसहित अध्यागन विभागका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध भ्रष्...

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। न्य...

सरकारी वार्ता टोली र डा. केसीबिच सहमतिको मस्यौदा तयार

धनगढी। अनशनरत प्राध्यापक डा. गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट आठ बुँदे सहमतिको मस्यौदा तयार पारिएको छ ।  आइतबार सहमति हुन नसकेपछि आज फे...

सुनसरीको देवानगन्ज घटनाप्रति मानव अधिकार आयोगको चासो

काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप तथा त्यसक्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु र नौ जना घाइते भएको घटनाबारे राष्ट्रिय मान...

सुनसरी घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्जमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर...

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सबै पक्ष एकमत

विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालाहरूबीच सर्वपक्...

माधव नेपाललाई मनाउन प्रचण्ड कोटेश्वरमा, सत्ता समीकरणबारे छलफल

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक माधव नेपालसँग भेटवार्ता गरेका छन्। नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले पछिल्लो राजनीति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending