Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

एघार घण्टादेखि भीमदत्त राजमार्ग अवरुद्ध, सात जिल्लाका हजारौँ यात्रु अलपत्र

रासस

डडेल्धुरा । एघार घण्टा बितिसक्दा पनि सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने अवरुद्ध भीमदत्त राजमार्ग सञ्चालनमा नआउँदा हजारौ‌ यात्रु अलपत्र परेका छन् । 

जिल्लाको आलिताल गाउँपालिका–१ कटाल, गैरास्थित सडकखण्डमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको डडेल्धुरा प्रहरीले जनाएको छ । अहिले पहिरो पन्छाउने कार्य भइरहे पनि पहिरो नरोकिएका कारण राजमार्ग खुलाउनु समस्या भएको प्रहरीले जनाएको छ । 

राजमार्गमा पहिरो जाँदा सवारी साधन रोकिएपछि आफ्नो गन्तव्यमा हिँडेका यात्रुहरु आज बिहान ८ बजेदेखि अलपत्र परेका हुन् । सडकमाथिबाट निरन्तर पहिरो जाँदा राजमार्ग सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो ।

मोड सुधार योजनाले राजमार्गमा पहिराको जोखिम 

सुदूरपश्चिम प्रदेशको मुख्य विन्दुमा रहेको सात पहाडी जिल्लाको प्रमुख भीमदत्त राजमार्ग जोखिम पूर्ण बन्दै गएको छ । मोड सुधार योजनाका कारण सडकमा पहिरो र हिलाम्य भएकाले राजमार्ग जोखिमपूर्ण बन्दै गएको हो ।
 
ठेकेदारले असारको मुखमा मात्र काम गर्ने प्रवृत्तिले सडक जीर्ण हुँदै गएको छ । सडकको बीच–बीचमा ठूला–ठूला खाल्डा–खुल्डी खनिएकाले यातायात सञ्चालनमा जोखिम बढेको चालक इन्द्र एैरीले बताउनुभयो । भीमदत्त राजमार्ग मर्मतका लागि प्रत्येक वर्ष ठेक्का हुने गरेको भए पनि ठेकेदारले यस वर्ष अन्तिममा सडकको मर्मत गर्ने र मोड सुधार योजनाका कारण पनि सडक जोखिमपूर्ण बन्दै गएको चालकको गुनासो छ । 

सडक डिभिजन कार्यालय कुलपाते डोटीका डिभिजन प्रमुख सुदर्शन कार्कीले बन्दाबन्दीले तोकिएको समयमा काम हुन नसक्दा समस्या उत्पन्न भएको हो । आगामी आवको असोजसम्म सडक मोड सुधार कार्यक्रम सम्पन्न गरिने उहाँको भनाइ छ । साविकको सुदूरपश्चिमका पहाडी जिल्लालाई तराईका जिल्लासँग जोड्ने एक मात्र यो राजमार्गमा सवारी साधनको अत्यधिक चाप हुने गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग केहीबेर अवरुद्ध

सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ। ...

सुनसरी घटनापछि गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक, शान्ति–सुरक्षाबारे रणनीति तय गरिँदै

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा सुरु भएको बैठक...

असारसम्मको बिजुली खपतमा भ्याट नलाग्ने, साउन १ देखि मात्र लागू हुने

काठमाडौं । आन्तरिक राजस्व विभागले २०८३ असार महिनासम्म खपत भएको विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पार्दै यससम्बन्धी अन्योल हटाउ...

अमेरिकी नागरिकसहित अध्यागन विभागका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध भ्रष्...

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। न्य...

सरकारी वार्ता टोली र डा. केसीबिच सहमतिको मस्यौदा तयार

धनगढी। अनशनरत प्राध्यापक डा. गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट आठ बुँदे सहमतिको मस्यौदा तयार पारिएको छ ।  आइतबार सहमति हुन नसकेपछि आज फे...

सुनसरीको देवानगन्ज घटनाप्रति मानव अधिकार आयोगको चासो

काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप तथा त्यसक्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु र नौ जना घाइते भएको घटनाबारे राष्ट्रिय मान...

सुनसरी घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्जमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर...

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सबै पक्ष एकमत

विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालाहरूबीच सर्वपक्...

माधव नेपाललाई मनाउन प्रचण्ड कोटेश्वरमा, सत्ता समीकरणबारे छलफल

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक माधव नेपालसँग भेटवार्ता गरेका छन्। नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले पछिल्लो राजनीति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending