Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

करोडौँको राजस्व छली विफल

रासस

गलकोट । धौलागिरिका विभिन्न उद्योग तथा व्यवसायीका  राजस्व छलीका प्रयासलाई आन्तरिक राजस्व कार्यालयले विफल बनाइदिएको छ । साविक धौलागिरिको चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङको राजस्व सङ्कलनको जिम्मेवारी पाएको बागलुङस्थित आन्तरिक राजस्व कार्यालयले छानबिन, परीक्षण र अनुसन्धानका क्रममा यहाँका पेशा, व्यवसाय तथा उद्योगले विभिन्न बाहनामा  करिब रू पाँच करोड राजस्व छली गरेको फेला पारेको हो । कर बुझाउने १७ हजार करदातामध्ये शङ्कास्पद देखिएका व्यवसाय, उद्योग तथा फर्मको अनुगमन गरिएको थियो ।  

बस्तु खरीद बिक्रीको अनुपात नमिलेको, खरीद गरिएका सामग्री बिक्रीतर्फ नदेखिएकोजस्ता राजस्व छलीका शङ्कास्पद उद्योग, व्यवसाय तथा फर्मको अनुगमन गर्दा आर्थिक वर्ष २०७७/७८ मा मात्रै रु पाँच करोड ७३ हजार ८९ हजार थप राजस्व सङ्कलन भएको छ । 

कार्यालयको नियमित काम अन्तर्गत आर्थिक वर्षको मध्यतिर ६३ करदाताको व्यवसायमाथि छानबिन, परीक्षण र अनुसन्धान, १०२ करदाताको दु्रत छानबिन र १८२ करदाताको अनुगमन गर्दा उक्त परिणामको रकम वृद्धि भएको  कार्यालयका प्रमुख जनकराज शर्माले बताए । 

“एक आर्थिक वर्षमा झण्डै रू पाँच करोड राजस्व थप सङ्कलन हुनु र २१ करोडभन्दा बढी बक्यौता असुल हुनु  कार्यालयको उपलब्धि हो” उनले भने, “राजस्व वृद्धिमा कार्यालयको ध्यान केन्द्रित छ, आगामी दिन अनुगमन, परीक्षण र छानबिनलाई तीव्रता दिएर छली हुने राजस्व सङ्कलन गरिने छ । अनुगमनका क्रममा व्यवसायी, उद्योगी तथा फर्मलाई राजस्व नर्तिदा हुनसक्ने जरिवानाबारे पनि जानकारी नभएको, राम्रो हिसाब राख्न नजानेको र केही करदाताले नियतवस राजस्व छली गरेको पनि पाइएको छ ।” 

कार्यालयले गत आर्थिक वर्षमा ६३ करदाताको फर्म छानबिन, परीक्षण र अनुसन्धान गरी आयकर तर्फ रु दुई करोड ७६ लाख ५४ हजार र मूल्य अभिवृद्धि करतर्फ रु दुई करोड ५८ लाख ५१ हजार गरी रु पाँच करोड  ३५ लाख पाँच हजार थप कर उठाएको थियो ।  

यस्तै, १०२ करदाताको दु्रत छानबिनबाट रु ३५ लाख ७९ हजार राजस्व असूल र १८२ करदाताको अनुगमनबाट रु तीन लाख पाँच हजार जरिवाना सङ्कलन गरिएको थियो । सफ्टवेयरमा राखिएको विवरणअनुसार राजस्व छलीको क्षेत्रसमेत पहिचान हुने भएकाले उद्योगी तथा व्यवसायीले समयमै राजस्वको यथार्थ विवरण बुझाउदा राम्रो हुने जानकारी दिँदै  कार्यालयल प्रमुख शर्माले भने उपभोक्ताले तिर्ने कर व्यवसायीले आफ्नो खल्तीबाट तिनुपर्नेजस्तो गर्दा र करको विषयमा नबुझ्दा यस्तो समस्या भएको हो । 

कार्यालयमा दरबन्दी अनुसारका कर अधिकृत भएमा अझै राजस्व चुहावट हुने क्षेत्रमा अनुगमन गर्न सहज हुने कार्यालय प्रमुख शर्माले बताए । अहिले चार कर अधिकृतको दरबन्दी रहेको कार्यालयमा दुई कर अधिकृत मात्र छन् । 

बागलुङ जिल्लाको एक उद्योगले वर्षौदेखिको रु तीन करोड राजस्व एकमुष्ठ तिरेको छ । “राजश्व तिर्न जति ढिलो गर्‍यो, त्यति व्यवसायीलाई घाटा छ” कार्यालय प्रमुख शर्माले भने, “बैंकको ब्याजभन्दा राजश्व नतिर्दा बढी जरिवाना हुने भएकाले समयमै कर तिर्न अनुरोध गर्दछु ।” शर्माका अनुसार अहिले छल्दै आएको कर वर्षौपछि  फेला परे जरिवानासहित असुलउपर गर्न पर्ने कानूनी प्रावधान भएकाले राजस्व छल्न हुँदैन ।” लामो समय राजस्व नतिर्ने व्यवसाय तथा उद्योग बन्द गर्न सकिनेसमेत प्रावधान रहेकाले सचेत हुन र करसम्बन्धी ज्ञान लिएर व्यवसाय सञ्चालन जानकारी गराइएको छ । 

गत आर्थिक वर्षमा कर बक्यौता असूलीतर्फ रु १५ करोड ९१ लाख ३८ हजार, मूल्य अभिवृद्धि करतर्फ रु पाँच करोड ६२ लाख ८९ हजार गरी रु २१ करोड ५४ लाख १५ हजार बक्यौता असूली भएको छ । 

 आर्थिक वर्ष २०७७/७८ को वार्षिक लक्ष्य रु ८६ करोड २० लाख ६ हजार रहेकामा लक्ष्यभन्दा ५७।२६ प्रतिशत बढी रु एक अर्ब ३५ करोड ५५ लाख ६८ हजार राजस्व शङ्कलन गरेको छ ।  कार्यालयले विभिन्न स्थानमा गएर उद्योगी तथा व्यवसायीलाई करदाता शिक्षासमेत दिँदै आएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जापानद्वारा विश्वको सबैभन्दा ठुलो आणविक संयन्त्र स्थगित

टोकियो। जापानमा विश्वको सबैभन्दा ठुलो आणविक ऊर्जा संयन्त्र, काशीवाजाकी-कारिवा प्लान्टको पुन: सुरु प्रक्रिया बिहीबार स्थगित गरिएको छ । टोकियो इलेक्ट्रि...

झापाका ९५ वटा मतदान स्थल अति संवेदनशील

झापा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाता र मतदान स्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदान स्थलको तीन तहमा वर्गीकरण...

हेटौँडामा २५ वर्षदेखि ६४ वर्षसम्मका उम्मेदवार मैदानमा

हेटौँडा। फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा मनोनयन दर्ता गर्नेमा २५ वर्षका युवादेखि ६४ वर्षीय वृद्धासम्मले उम्मेदवार...

सरकारका प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई

काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रवक्ताको जिम...

जेनजी आन्दोलन छानबिन आयोगको म्याद २० दिन थप

काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरेको जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन...

रवि लामिछानेविरूद्धको मुद्दा न्यायाधीशले हेर्न मिल्दैन भनेपछि सुनुवाइ सर्यो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’सम्बन्धी अभियोग संशोधन गर...

नेपाली कांग्रेसको मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिए पदबाट राजीनामा

काठमाडौँ । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार पदबाट राजीनामा दिएका छन्। निर्वाचन क्षेत्रमा सक्रिय हुनुपर्ने भएकाले राजीनामा दिएको...

मुस्ताङका उम्मेदवारविरुद्ध परेन उजुरी

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङमा उम्मेदवारी दिएका कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध उजुरी परेन । ...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भर्खरै मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।  केही मन्त्री राजीनामा दिएर फागुन २१ गतेको प्रतिनिधि स...

झापा ५ मा सबैभन्दा बढी मतदाता, ५० हजार नयाँ थपिए

झापा। जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।   कार्यालयका प्रमुख ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending