काठमाडौं । काठमाडौँ उपत्यकामा यही २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । उपत्यकाको तीन जिल्ला ९काठमाडौँ, ललितपुर र भक्तपुर० का प्रमुख जिल्ला अधिकारीसहितको आजको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । थपिएको आदेश सोमबार बिहान १ बजेदेखि लागू हुनेछ ।
आदेशमा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, नाचघर, स्वीमिङ पुल, मनोरञ्जनस्थल, सङ्ग्रहालय, रङ्गशालामा हुने दर्शकसहितको खेलकुद तथा मानिसको भीडभाड हुने अन्य कार्यक्रम गर्न/गराउन नपाउने उल्लेख छ । यस्तै खुला स्थानमा मानिस भेला हुन, सभा/जुलुस गर्न, जात्रा महोत्सव, भोज भतेर आदि गर्न/गराउन नपाइने तथा नित्य पूजा बाहेकका धार्मिक एवं सांस्कृतिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठनपाठनका कार्यक्रमसमेत गर्न पाइने छैन ।
औषधि तथा स्वास्थ्यसम्बन्धी पसल भने जुनसुकै बेला खोल्न सकिने छ तर अन्य पसल भने साँझ सात बजेसम्म मात्रै खोल्न पाइने छ । स्थानीय ढुवानीका साधन बिहान ९ देखि ११ र अपराह्न ४ देखि ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ । व्यवसाय सञ्चालन गर्दा भने स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने काठमाडौँ प्रशासनले जनाएको छ । अत्यावश्यक वस्तुको अनलाइन अडर, रेष्टुरेण्ट तथा फाष्टफुड तथा अन्य अडरहरूको हबकमा टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ ।
सिट क्षमता अनुसारको यात्रु राखेर यातायतका साधन सञ्चालन गर्न सकिने तर त्यसरी सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने जनाइएको छ । टेम्पु र निलो माइक्रोमा यसअघि लागू भएको नौ जना मात्रै यात्रु राख्न पाइने र यात्रुको बीचमा प्लाष्टिकको छेकबार लगाउनुपर्ने व्यवस्थालाई कायम गरिएको छ ।
लामो दूरीका सवारी साधन मापदण्ड पालना गरेर चलाउन पाइने छ । सार्वजनिक तथा निजी ढुवानीका साधन भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ । तोकिएको परीक्षा सञ्चालन गर्दा भने एक कोठामा २५ जनाभन्दा बढी राख्न नपाइने र स्वास्थ्यका सबै मापदण्ड पूर्ण पालना गर्नुपर्नेछ ।
गोष्ठी, तालिम, सेमिनार बैठक, प्रशिक्षण जस्ता कार्यक्रम सञ्चालन गर्दा भर्चुअलको माध्यमलाई उपयोग गर्नुपर्ने र यदी उपस्थित नै हुनुपर्ने कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी गराउन नपाइने विगतको व्यवस्थालाई कायमै राखिएको छ । उक्त आदेश पालना नगरेमा भने कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारवाही हुने चेतावनी दिइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १८ गते, २०८२ - १२:४६
दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा विस्फोट गर्दा क्षति भएकामध्ये ...
बैशाख १८ गते, २०८२ - १२:३८
काठमाडौँ । शिक्षक र सरकार महासंघबीच बुधबार भएको सहमतिमा शिक्षकहरूले असन्तुष्टि जनाएका छन् । विद्यालय कर्मचारीहरूले सरकारसँग भएको ९ बुँदे सहमति अस्वीका...
बैशाख १८ गते, २०८२ - १२:२८
काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा। शेखर कोइरालाले श्रमिक आयोग बनाउनुपर्नेमा जोड दिएको छन् । बिहीबार ललितपुरमा नेपाल ट्रेड युनियन काँग्रेसले एक सय ...
बैशाख १८ गते, २०८२ - १२:२४
काठमाडौँ। नेकपा (एमाले)ले पार्टीको आगामी विधान महाधिवेशनसम्ममा सदस्यता सङ्ख्या सात लाख ५० हजार पुर्याउने जनाएको छ । एमालेले यस वर्षलाई पार्टीको आन...
बैशाख १८ गते, २०८२ - ११:२७
जनकपुरधाम । जसपा नेपालकी केन्द्रीय सदस्य डा। बबी सिंह यादवले डान्स गर्दै पड्काएको पेस्तोलबारे सप्तरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। यादवले पेस्...
बैशाख १८ गते, २०८२ - ११:१५
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताएको छन् । एक सय ३६ औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अ...
बैशाख १८ गते, २०८२ - ११:०५
काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभाका सांसद गोपालकुमार बस्नेतले राज्यले ज्येष्ठ नागरिकलाई संरक्षण गर्नेभन्दा पनि उनका सन्तानलाई आफ्ना बाबुआमाप्रतिको...
बैशाख १८ गते, २०८२ - १०:५१
सिन्धुपाल्चोक। अहिले चलिरहेको निरन्तरको सामान्य बर्सातले कोदारी लोक मार्गको भासिन थालेको छ । सडक भासिन थालेपछि पटक पटक सडक अवरुद्ध हुन थालेको छ । सडक ...
बैशाख १८ गते, २०८२ - १०:२३
म्याग्दी। रघुगङ्गा गाउँपालिकामा ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजना निर्माण भएको छ । तुदी पावर कम्पनी लिमिटेड ...
बैशाख १८ गते, २०८२ - १०:१९
पर्वत । जलजला गाउँपालिका–७ धाइरिङमा सञ्चालित लुङ्दीखोला–भेडावारी–दुलेपानी सिँचाइ आयोजना सम्पन्न भएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फ...
प्रतिकृया लेख्नुहोस्: