Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

यस्तो छ आजको मन्त्रिपरिषद बैठक पाँच निर्णयहरु

बिदेशमा जेलमुक्त भएर फर्किएका नेपालीको क्वारेन्टिन खर्च सरकारले बेहोर्ने

खबरडबली संवाददाता

काठमाडौं । मन्त्रिपरिषद बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगको केन्द्रीय कार्यालयहरूका लागि ३५ जना र सोहि आयोगको प्रादेशिक मुकाम कार्यालयको लागि २१ जना राजपत्रांकित कर्मचारीको दरबन्दी सिर्जना गरेको छ । 

सोमबारकै बैठकले विदेशमा जेलमुक्त भएर स्वदेश फर्किएका नेपाली नागरिकहरूका लागि लाग्ने क्वारेन्टिन खर्च सरकारले बेहोर्ने निर्णय गरेको कानुन मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 
यस्ता छन् निर्णयहरु

१. डिपोर्टेसन सेन्टरमार्फत फिर्ता भएका जेलमुक्त भएका र बेखर्ची भइ नेपाल फर्किएका नेपाली नागरिकहरूका लागि लाग्ने क्वारेन्टाइन खर्च नेपाल सरकारले व्यहोर्ने  यसका लागि आवश्यक प्रबन्ध श्रम मन्त्रालयले गर्ने र अर्थ मन्त्रालयले आवश्यक रकम निकासा गर्ने ।

२.राष्ट्र ऋण पाँचौ संशोधन नियमावली २०७८ र ऋणको प्राथमिकता तथा दोस्रो बजार तेस्रो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने ।

३. विश्व बैंक समूहको अन्तर्राष्ट्रिय बिकास संस्था मार्फत आयोजना सञ्चालन गर्न ऋण स्वरुप अमेरिकी ६० मिलियन डलर बराबरको ऋण सहायता स्वीकार गर्ने ।

४.कोभिड –१९ को जोखिमको दोस्रो लहर नियन्त्रणका लागि विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीले जारी गरेको निषेध आदेश लागू हुनुभन्दा अघि आदेशको अवधि भित्र सम्झौता भएका तर काम सम्पन्न हुन नसकेका चालू अवस्था तथा खरिद सम्झौता म्याद सम्बन्धि आपूर्तिकर्ता निर्माण ब्यवसायी सेवा प्रदायक वा परामर्शदाताले ६ महिना थप गर्ने ।

५.सत्य निरुपण तथा मेलमिलाप आयोगको केन्द्रीय कार्यालयहरूको लागि ३५ जना सोही आयोगको प्रादेशिक मुकाम कार्यालयका लागि २१ जना र बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोगका लागि २३ जना राजपत्रांकित कर्मचारीको अस्थाई दरबन्दी आयोगको म्याद समाप्त भए स्वत: खारेज हुने गरि चालू आ.व. २०७८/०७९ को लागि स्वीकृत गर्ने निर्णय गरेको छ ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन सुरक्षा तयारीबारे केन्द्रीय सुरक्षा समितिको बैठक, सामाजिक सञ्जालको दुरुपयोग रोक्न कडा निगरानी

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। बुधबार गृह मन्त्रालयमा बसेको बैठकले फागुन २१ गते हुने निर्...

ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता

ललितपुर । प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुरमा ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार विभिन्न राजनीतिक दल तथा स्...

रसुवा भन्सारबाट दुई सातामा १ अर्ब ५६ करोडको कारोबार

काठमाडौँ । रसुवा भन्सार नाकाबाट २ अर्ब ३ करोड ५७ लाख ८९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ६ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात...

अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई गर्याे डिपोर्ट

काठमाडौं । अमेरिकाले मंगलबार फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। चाटर्ड विमानमार्फत उनीहरूलाई काठमाडौं ल्याएर छाडिएको हो। अध्यागमन विभागक...

६ महिनामा सार्वजनिक ऋण १ खर्ब ३२ अर्बले बढ्यो

काठमाडौँ । पछिल्लो ६ महिनामा देशको सार्वजनिक ऋण १ खर्ब ३२ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/...

‘राइट टु रिजेक्ट’ कार्यान्वयन नभएकोमा सर्वोच्चले निर्वाचन आयोगसँग जवाफ माग्यो

काठमाडौँ । निर्वाचनमा उम्मेदवारलाई ‘राइट टु रिजेक्ट’को व्यवस्था कार्यान्वयन नगरेको भन्दै सर्वोच्च अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ मागेको छ। न्य...

भारतीय वायुसेनाको प्रशिक्षण विमान दुर्घटना

काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा भारतीय वायुसेनाको प्रशिक्षणमा रहेको एक विमान दुर्घटनामा परेको छ। उक्त दुर्घटना मंगलबार दिउँसो भएको हो।...

साफ यु–१९ महिला च्याम्पियनसिप : नेपाली टोलीको घोषणा

काठमाडौँ। पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल ...

पतञ्जलि जग्गा प्रकरण: माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउन अदालतको आदेश

काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित दायर भ...

कमल गाउँपालिकाका कांग्रेस सचिव बुढाथोकी पाटी परित्याग गरि रास्वपा प्रवेश

झापा । झापा क्षेत्र नम्बर ५ का कमल गाउँपालिकाका नेपाली कांग्रेसका सचिव महेन्द्र बुढाथोकी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० प्रवेश गरेका छन् । बुढाथ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending