चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन मूल्य सार्वजनिक गरेको हो।
सङ्घका अनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५६० रुपैयाँ पुगेको छ। त्यस्तै ठूलो अण्डा प्रतिक्रेट ५४५ रुपैयाँ र मिडियम अण्डा प्रतिक्रेट ५०० रुपैयाँ कायम गरिएको छ।
सानो अण्डाको मूल्य भने प्रतिपेटी ३ हजार रुपैयाँ तोकिएको छ। एउटा पेटीमा सात क्रेट अर्थात् २१० वटा अण्डा हुन्छन्।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुको सङ्क्रमण घट्नुका साथै यसअघि रोगका कारण ठूलो संख्यामा कुखुरा मरेपछि अण्डाको उत्पादन घटेको छ। उत्पादन घटेपछि बजारमा मागअनुसार अण्डा उपलब्ध हुन नसक्दा मूल्य बढेको उनले बताए।
‘फार्मले दिएको दरका आधारमा समर्थन मूल्य जारी गरिएको हो,’ पोखरेलले भने।
तर बजारमा अण्डाको मूल्य बढे पनि किसानले अझै उत्पादन लागतअनुसारको मूल्य पाउन नसकेको व्यवसायीहरूको भनाइ छ।
पोखरेलका अनुसार एउटा अण्डा उत्पादन गर्न औसत १९ रुपैयाँ १२ पैसा लागत पर्छ। यस आधारमा एउटा प्रतिक्रेट अण्डाको उत्पादन लागत ५७३ रुपैयाँ ६० पैसा पुग्छ।
यस हिसाबले अहिले कायम गरिएको एक्सएल अण्डाको समर्थन मूल्य प्रतिक्रेट ५६० रुपैयाँ हुँदा पनि किसानले लागतभन्दा कम मूल्यमा अण्डा बिक्री गर्नुपर्ने अवस्था रहेको देखिन्छ।
रोगले घटायो उत्पादन, किसान थप संकटमा
बर्डफ्लुको सङ्क्रमणका कारण पछिल्लो समय कुखुरापालन व्यवसायले ठूलो क्षति व्यहोर्नुपरेको व्यवसायीहरू बताउँछन्।
रोगका कारण कतिपय किसानका कुखुरा मरे भने बाँचेका कुखुराबाट उत्पादन हुने अण्डाले पनि लागतअनुसारको मूल्य नपाउँदा किसान थप मारमा परेका थिए।
लामो समयसम्म उत्पादन लागतभन्दा कम मूल्यमा अण्डा बिक्री गर्नुपरेपछि केही किसान कुखुरापालन व्यवसायबाटै विस्थापित हुन थालेका छन्।
व्यवसायीहरूका अनुसार पछिल्ला वर्षमा कुखुरामा देखिने रोग, उत्पादनमा आएको कमी र बजार मूल्यमा हुने उतारचढावका कारण किसान बैंकको ऋणमा निर्भर हुनुपर्ने अवस्था बढेको छ।
अहिले उत्पादन घटेका कारण अण्डाको माग बढेको भए पनि यसबाट किसानले वास्तविक लाभ पाउने अवस्था अझै बनिसकेको छैन।
बजारमा मूल्य बढ्दा उपभोक्ताले महँगो अण्डा किन्नुपर्ने अवस्था आएको छ भने किसानले उत्पादन लागत धान्न नसकेको गुनासो गरिरहेका छन्। यसले अण्डाको मूल्य शृङ्खलामा किसानदेखि उपभोक्तासम्मको असन्तुलन फेरि सतहमा ल्याएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: