काठमाडौं । राष्ट्रियसभामा ‘तथ्याङ्क विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन’ पेश गरिएको छ । विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले सभासमक्ष उक्त प्रतिवेदन पेश गरेको हो ।
यसअघि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको नियुक्तिसम्बन्धी पत्रको ब्यहोरा राष्ट्रियसभा समक्ष पढेर सुनाएका थिए।
पूर्वसांसद तामाङको निधनमा शोक प्रस्ताव पारित
राष्ट्रियसभाले प्रतिनिधिसभाका पूर्वसदस्य विष्णुबहादुर तामाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले पूर्वसांसद तामाङको निधनप्रति राख्नुभएको शोक प्रस्ताव सदनले सर्वसम्मतिले पारित गरेको हो । संयुक्त जनमोर्चा नेपालबाट विसं २०४८ मा सिरहाको क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वसांसद तामाङको ७५ वर्षको उमेरमा गत जेठ २० गते झापास्थित आम्दा अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही साउन १३ गते बुधबार दिनको १ बजे बस्ने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८२ - १७:१८
टोकियो। जापानमा विश्वको सबैभन्दा ठुलो आणविक ऊर्जा संयन्त्र, काशीवाजाकी-कारिवा प्लान्टको पुन: सुरु प्रक्रिया बिहीबार स्थगित गरिएको छ । टोकियो इलेक्ट्रि...
माघ ९ गते, २०८२ - १७:०९
झापा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाता र मतदान स्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदान स्थलको तीन तहमा वर्गीकरण...
माघ ९ गते, २०८२ - १७:०६
हेटौँडा। फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा मनोनयन दर्ता गर्नेमा २५ वर्षका युवादेखि ६४ वर्षीय वृद्धासम्मले उम्मेदवार...
माघ ९ गते, २०८२ - १६:४८
काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रवक्ताको जिम...
माघ ९ गते, २०८२ - १६:३९
काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरेको जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन...
माघ ९ गते, २०८२ - १६:३७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’सम्बन्धी अभियोग संशोधन गर...
माघ ९ गते, २०८२ - १६:३१
काठमाडौँ । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार पदबाट राजीनामा दिएका छन्। निर्वाचन क्षेत्रमा सक्रिय हुनुपर्ने भएकाले राजीनामा दिएको...
माघ ९ गते, २०८२ - १६:२३
मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङमा उम्मेदवारी दिएका कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध उजुरी परेन । ...
माघ ९ गते, २०८२ - १६:१०
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भर्खरै मन्त्रिपरिषद् बैठक सुरु भएको छ । केही मन्त्री राजीनामा दिएर फागुन २१ गतेको प्रतिनिधि स...
माघ ९ गते, २०८२ - १६:०६
झापा। जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख ...




प्रतिकृया लेख्नुहोस्: