काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै उच्चा बिन्दुमा पुगेको छ । बुधबारको कारोवारपछि नेप्सेले नयाँ इतिहास कायम गरेको छ ।
नेपाल स्टक एक्स्चेञ्जका अनुसार नेप्से १५.३० अङ्कले बढेर तीन हजार ९४.९४ मा पुगेको छ । नेप्सेल अब तीन हजार १०० को बिन्दुको यात्रा तय गरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०२ बिन्दुले बढेर ५७४.३२ मा पुगेको छ । कूल २१९ कम्पनीको दुई करोड ८१ लाख ७० हजार १७२ कित्ता शेयर रु १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ मूल्यमा खरीद बिक्री भए ।
आजको कारोवारपछि बजार पूँजीकरण रु ४३ खर्ब पाँच अर्ब २२ करोड ५२ लाख ६० हजार बराबर पुगेको छ । यो पनि हालसम्मकै उच्च अङ्क हो । नेप्सेका अनुसार कारोवार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर ओरालो लाग्दा नौ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ १८.४५, जलविद्युुत् ४८.२७, उत्पादन ३७.३ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले ओरालो लागेको छ । व्यापार १६.३९, होटल तथा पर्यटन २५७.७१, विकास बैंक ४८.३६, वित्त ७०.१६, निर्जीवन बीमा ४४९.५६, अन्य २०११, लघुवित्त ३७.२४, जीवन बीमा ४३१.३८ र लगानी ३.२२ बिन्दुले उकालो लागेको छ ।
कारोवारका आधारमा युनाइटेड मोदी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३८ करोड ६१ लाख ४७ हजार ८१८ बराबरको कारोवार भयो । नेशनल हाइड्रोपावर रु ३६ करोड ५३ लाख ७५ हजार ३८९, अरुण भ्याली हाइड्रोपावर रु ३३ करोड ६१ लाख चार हजार ६२५, सानिमा माई हाइड्रोपावर रु ३१ करोड ८८ लाख ५६ हजार ३७५ र अपि पावर कम्पनी रु २९ करोड ५९ लाख ५५ हजार ९१ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
नारायणी डेभलपमेन्ट बैंक, मल्टीप्रपोज फाइनान्स कम्पनी र चन्द्रागिरि हिल्सको शेयर १० प्रतिशतले बढ्दा सकारात्मक सर्किट लाग्यो । यस्तै सोल्टी होटल ८.०६ र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८.०५ प्रतिशतले कमाए । यसैगरी पञ्चकन्या माई हाइड्रोपावर ५.०७, सिंगटी हाइड्रोपावर ४.९८, ग्रीनलाइफ हाइड्रोपावर ४.१८, पाँचथर पावर कम्पनी ४.१५ र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले ३.९५ प्रशितले गुमाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - १७:४५
सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ। ...
श्रावण ११ गते, २०८३ - १७:३८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा सुरु भएको बैठक...
श्रावण ११ गते, २०८३ - १७:३३
काठमाडौं । आन्तरिक राजस्व विभागले २०८३ असार महिनासम्म खपत भएको विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पार्दै यससम्बन्धी अन्योल हटाउ...
श्रावण ११ गते, २०८३ - १७:२६
काठमाडौँ। अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध भ्रष्...
श्रावण ११ गते, २०८३ - १७:२२
काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। न्य...
श्रावण ११ गते, २०८३ - १७:०८
धनगढी। अनशनरत प्राध्यापक डा. गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट आठ बुँदे सहमतिको मस्यौदा तयार पारिएको छ । आइतबार सहमति हुन नसकेपछि आज फे...
श्रावण ११ गते, २०८३ - १६:४९
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप तथा त्यसक्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु र नौ जना घाइते भएको घटनाबारे राष्ट्रिय मान...
श्रावण ११ गते, २०८३ - १६:४२
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्जमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर...
श्रावण ११ गते, २०८३ - १६:१२
विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालाहरूबीच सर्वपक्...
श्रावण ११ गते, २०८३ - १४:५१
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक माधव नेपालसँग भेटवार्ता गरेका छन्। नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले पछिल्लो राजनीति...



प्रतिकृया लेख्नुहोस्: