Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८२ शुक्रबार | 18th April, 2025 Fri
Investment bank

अर्थमन्त्रीसँग कोरियाली राजदूतको शिष्टाचार भेट, इपिएसको काम अघि बढाउन पहल गर्ने वचन

खबरडबली संवाददाता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले आज  शिष्टाचार भेट गरेका छन्। अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवालाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरे।
 
कोभिड महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारकोतर्फबाट हुनुपर्ने काम गरिने प्रतिबद्धता जनाउँदै मन्त्री शर्माले कोरियाकोतर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिनसमेत आग्रह गरे।

“इपिएसअन्तर्गत कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका हजारौँ युवा बेरोजगार बसेका छन् । यो समस्या चाँडै समाधान गरिनेछ भन्ने विश्वास लिएको छु”, मन्त्री शर्माले भने । जवाफमा राजदूत पार्कलेले रोकिएको इपिएसको काम अघि बढाउन आफूले पहल गर्ने वचन दिए। नेपालीको मेहेनती र इमान्दारिताबाट कोरियाली रोजगारदाता खुशी रहेको प्रसङ्ग उल्लेख गर्दै राजदूतले भाषा परीक्षा उत्तीर्ण गरी पालोमा बसेका श्रमिकलाई काममा पठाउने प्रक्रिया अघि बढाइने जानकारी दिए ।

भेटका क्रममा अर्थमन्त्री शर्माले कोभिड–१९ विरुद्धको खोप पहिलो प्राथमिकता भएको भन्दै त्यसका लागि कोरियाली जनताकोतर्फबाट आवश्यक सहयोग रहने विश्वास व्यक्त गरे। उनले नेपालको स्वास्थ्य, शिक्षा र प्रविधिका क्षेत्रमा कोरियाले गरिरहेको सहयोगप्रति आभार प्रकट गरे। कोरियाले नेपालमा स्वास्थ्य, शिक्षा, जलविद्युत्लगायतका क्षेत्रमा लगानीसमेत गर्दै आइरहेको छ । कोरियाको लगानीमा भक्तपुरको थिमि, नुवाकोट, धनगढी र मुगुमा सुविधासम्पन्न अस्पताल निर्माण गरेको छ भने महोत्तरीको बर्दिवासमा मोडेल पोलिक्निक कलेजको स्थापना गर्दैछ । उक्त कलेजले निर्माण क्षेत्रको दक्षजनशक्ति उत्पादन गर्नेछ ।

मन्त्री शर्माले कोरियासँग नेपालको ४८ वर्षदेखि सुमधुर सम्बन्ध कायम रहिआएको र यसलाई अझै प्रगाढ बनाउन कोसिस गरिने बताउनुभयो । भेटका क्रममा राजदूतले कोरियाली लगानी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको काममा भइरहेको ढिलाइबारे चासो राखेका थिए। आयोजनामा ढिलाइ हुँदालागत बढ्न जानेतर्फ चिन्ता रहेको उनले बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस, को कहाँ ?

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक ९डीआईजी० लाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरेको छ । बढु...

आजदेखि तीन दिनसम्म पानी पर्ने, मुसुरो, गहुँ लगायतका बाली नकाट्न आग्रह

काठमाडौं । आजबाट देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । मौसमविद् हरिप्रसाद दाहालका अनुसार, स्थानीय वायुको चाप न्यून भएकोले सुदुरपश्चिम प्रदेश बाहेक...

वैदेशिक रोजगार ऐन आउँदो अधिवेशनमा पास हुन्छ: मन्त्री भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार ऐन संशोधनका लागि गठित कार्यदलले काम सुरु गरेको बताएको छन । बिहीब...

वैशाख ७ गते निषेधित क्षेत्रमै प्रदर्शन गर्ने राप्रपाको निर्णय

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले वैशाख ७ गते पार्टीले निषेधित क्षेत्रमा गएर प्रदर्शन गर्ने भएको छ । बिहीबार बसेको राप्रपा केन्द्रीय कार्य स...

बाल यौन दुरूपयोग मुद्दामा रामबहादुर बम्जनले पाए सफाइ

काठमाडौं । उच्च अदालत जनकपुरले बाल यौन दुरूपयोग मुद्दामा रामबहादुर बम्जनलाई सफाइ दिएको छ। न्यायाधीशद्वय खेमराज भट्ट र नरिश्वर भण्डारीको संयुक्त इजल...

तीनकुने घटनामा मानव अधिकारको गम्भीर उल्लङ्घन भयो: संसदीय समिति

काठमाडौं । गत १५ चैतमा तीनकुनेमा मानव अधिकारको गम्भीर उल्लंघन भएकोे संसदीय समितिले निष्कर्ष निकालेको छ । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा म...

रास्वपा केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी छ। पार्टी मुख्यालय वनस्थली च:मतिमा बैठक जारी रहेको कार्यवाहक प्रवक्ता ...

शिक्षकको प्रदर्शनले सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित

रामपुर । शिक्षकको प्रदर्शनका कारण पाल्पाका सामुदायिक विद्यालयमा भर्ना अभियान पूर्ण रूपमा प्रभावित बनेको छ । यहाँका शिक्षकहरू काठमाडौं केन्द्रित प्रदर्...

म्याक्रोँंले रुबियो र विटकोफसँग पेरिसमा युक्रेन युद्धबारे छलफल गर्ने

पेरिस। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनमा युद्धविराम गर्ने विषयमा अमेरिकी उच्च कूटनीतिज्ञसँग बिहीबार पेरिसमा भेटवार्ता गर्ने भएको छन ।...

थारु भाषाको नगर बुलेटिन प्रकाशन गर्दै घोराही उपमहानगर

दाङ। घोराही उपमहानगरपालिकाले थारु भाषाको नगर बुलेटिन प्रकाशन गर्ने भएको छ । थारु भाषाको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले थारु भाषामा घोराही नगर बुल...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending