Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८२ बिहीबार | 24th April, 2025 Thu
Investment bank

बाघको संरक्षणसँगै राष्ट्रको जैविक विविधता र पर्यटन प्रवद्र्धनमा प्रधानमन्त्रीको जोड

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाघ संरक्षणका लागि उसको बासस्थान र पर्यावरण संरक्षण अपरिहार्य भएको बताएका छन् । विश्व बाघ दिवसका सन्दर्भमा राष्ट्रिय बाघ संरक्षण समितिले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले जैविक पर्यावरण र पारिस्थिकीय प्रणालीलाई सन्तुलित राख्न बाघको अहम् भूमिका रहेको वास्तविकता सुनाउँदै बाघको बासस्थानको संरक्षणमा मानव समुदायले विशेष ध्यान दिनुपर्ने बताए।

प्रधानमन्त्री देउवाले बाघको बासस्थान संरक्षण तथा वन्यजन्तुको चोरी शिकारी र निकासी नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै बाघ संरक्षणका लागि स्थानीयवासीलाई नै परिचालन गर्न सुझाव दिए । उनले वन्यजन्तु संरक्षणमा स्थानीयवासीलाई रोजगारीका अवसर पनि सिर्जना हुने भएकाले विकास पूर्वाधारका कारण प्रभावित बासस्थल संरक्षणमा ध्यान दिइने बताए । उनले भने, “वन्यजन्तु मैत्री पूर्वाधार निर्माणका लागि आवश्यक मापदण्ड तर्जुमा गरी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ” । 

प्रधानमन्त्रीले पाटे बाघका कारण प्रसिद्ध नेपालमा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनको माध्यम बन्नसक्ने बताउँदै बाघ र उसको बासस्थानका साथै पर्यापर्यटनको विकासमा लाग्नुपर्ने औँल्याए ।

नेकपा एमालेका नेता माधवकुमार नेपालले वातावरण संरक्षणका लागि हिमाली देशको छुट्टै सङ्गठन बनाउन आवश्यक धारणा व्यक्त गर्दै जलवायु परिवर्तन र वातावरण संरक्षणका क्षेत्रमा त्यस्तो सङ्गठन आवश्यक भएको अभिमत पोखे । 

पूर्वप्रधानमन्त्री नेपालले आफ्नो प्रधानमन्त्रीकालदेखि थालिएको बाघ संरक्षण अभियान सफल भएकोमा खुशी हुँदै सन् १९१२ मा रसियामा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलनले अघिसारेका रणनीति बाघ संरक्षणमा उपयोगी हुने बताए ।

 

 

 

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनजाति समुदायलाई संविधानले पर्याप्त अधिकार दिएको छ: मन्त्री गुप्ता

काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिको सन्दर्भमा संविधानले पर्याप्त अधिकार दिएको बताएको छन् । संयुक्त र...

लगातार चौथो दिन नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव ३९ अङ्कले घटेर दुई हजार छ सय ५५ दशमलव ९४ को बिन्दुमा कायम भएको छ । यो साताको कारोबारमा नेप्स...

‘स्रोत सुनिश्चित भए मात्र आवासीय चिकित्सकलाई ४८ हजार भत्ता दिन सकिन्छ: निजी मेडिकल कलेज

काठमाडौँ । निजी मेडिकल कलेजका सञ्चालकले स्नातक तह ९पिजी०का आवासीय चिकित्सको भत्ता सरकारी आठौँ तह सरह दिन नसक्ने बताएका छन् ।  एशोसियसन अफ प्राइभेट ...

शिक्षामन्त्रीको राजीनामा र गभर्नर नियुक्तिको विषयमा सत्ता साझेदारीमा कुनै समस्या छैन: गृहमन्त्री लेखक

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार सञ्चालनमा कुनै समस्या नरहेको स्पष्ट पारेको छन् । नयाँ वर्ष २०८२ को सन्दर्भ पारेर आज सुरक्षा बिटमा कार्य...

प्रधानमन्त्रीसँग भारतका विद्युतमन्त्रीको भेटवार्ता: अरुण–३ जलविद्युत आयोजनालाई गति दिने आश्वासन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल भट्टरले शिष्टाचार भेट गरेका छन् ।  बुधबार प्रधानमन्...

मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत...

दुर्गां प्रसाईंसहितका व्यक्तिमाथि पुन: म्याद थप हुँदै

काठमाडौं । तीनकुनेमा राजावादी प्रदर्शनका जनकमान्डर तोकिएका दुर्गा प्रसाईंसहितका पक्राउ परेकाहरूलाई आज पुन: म्याद थप गर्न जिल्ला अदालत काठमाडौं उपस्थित...

नेपालले हङकङसँग आगामी जुन ५ मा मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो आधिकारिक पेजमार्फत जानक...

भारतीय प्रधानमन्त्री मोदी र ओलीबीच टेलिफोन संवाद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सकमक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरेका छन् । जम्मु कश्मिरमा आतंकवादी समूहले गरेको हमलापछि प्रधानमन...

निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष पुर्याउने सहमति

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको उपसमितिले निजामती कर्मचारीहरूको अनिवार्य अवकाश हुने उमेर हद ५८ वर्षबाट ६० वर्ष पुर्याउने ...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending