काठमाडौं । कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमणमुक्त हुने दर क्रमश: घट्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विगत एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणमुक्त हुने दर क्रमश: घट्दै गएको हो । यही साउन ८ गते सङ्क्रमणमुक्त हुने दर ९४.५ प्रतिशत रहेकोमा आज यो दर ९४.१ प्रतिशत पुगेको छ ।
यही साउन ८ गते एक हजार ६७८ जना सङ्क्रमणमुक्त भई घर फर्किएका थिए । यसैगरी यही साउन ९ गते ९४.५ प्रतिशत अर्थात दुई हजार १९७, साउन १० गते ९४.६ प्रतिशत अर्थात दुई हजार ५०, साउन ११ गते ९४.५ प्रतिशत अर्थात एक हजार ६८५, साउन १२ गते ९४।४ प्रतिशत अर्थात एक हजार ७७८, साउन १३ गते ९४.३ प्रतिशत अर्थात एक हजार ९९३ र साउन १४ गते एक हजार ३७३ जना सङ्क्रमणमुक्त भई घर फर्किएका छन् ।
जनस्वास्थ्यविद् डा।सागरराज भण्डारीले सङ्क्रमित बढिरहेकाले सङ्क्रमणमुक्त हुने दर घटेको बताए । उनले भने, “सङ्क्रमित हुनेको सङ्ख्याको अनुपातमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या कम देखिएकाले यो दर घटेको हो ।”
पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ३६५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । १४ हजार २४२ जनाको नमूना परीक्षण गर्दा तीन हजार ३६५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमण हुनेको सङ्ख्या सात लाख ५० हजार २२ पुगेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८२ - १७:१८
टोकियो। जापानमा विश्वको सबैभन्दा ठुलो आणविक ऊर्जा संयन्त्र, काशीवाजाकी-कारिवा प्लान्टको पुन: सुरु प्रक्रिया बिहीबार स्थगित गरिएको छ । टोकियो इलेक्ट्रि...
माघ ९ गते, २०८२ - १७:०९
झापा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाता र मतदान स्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदान स्थलको तीन तहमा वर्गीकरण...
माघ ९ गते, २०८२ - १७:०६
हेटौँडा। फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा मनोनयन दर्ता गर्नेमा २५ वर्षका युवादेखि ६४ वर्षीय वृद्धासम्मले उम्मेदवार...
माघ ९ गते, २०८२ - १६:४८
काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रवक्ताको जिम...
माघ ९ गते, २०८२ - १६:३९
काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरेको जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन...
माघ ९ गते, २०८२ - १६:३७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’सम्बन्धी अभियोग संशोधन गर...
माघ ९ गते, २०८२ - १६:३१
काठमाडौँ । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार पदबाट राजीनामा दिएका छन्। निर्वाचन क्षेत्रमा सक्रिय हुनुपर्ने भएकाले राजीनामा दिएको...
माघ ९ गते, २०८२ - १६:२३
मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङमा उम्मेदवारी दिएका कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध उजुरी परेन । ...
माघ ९ गते, २०८२ - १६:१०
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भर्खरै मन्त्रिपरिषद् बैठक सुरु भएको छ । केही मन्त्री राजीनामा दिएर फागुन २१ गतेको प्रतिनिधि स...
माघ ९ गते, २०८२ - १६:०६
झापा। जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख ...




प्रतिकृया लेख्नुहोस्: