Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

भारतीय राजदूतावासलाई घटनाको स्पष्टीकरण लिन वाइसीएलको माग

खबरडबली संवाददाता

काठमाडौँ । दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबि) ले देखाएको अमानविय व्यवहारप्रति नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल)ले गम्भीर ध्यानाकर्षण गराएको छ । महाकाली नदीमा अवस्थित तुइनबाट यात्रा गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबि) ले तुइनको फलामे तार काटिदिएका कारण दार्चुलाको ब्यास गाउँपालिका-२ निवासी ३० वर्षीय युवा जयसिंह धामीको महाकाली नदीमा डुबेर बेपत्ता भएपछि वाइसीएलले विज्ञप्ति जारी गरेको छ । 

'सर्वप्रथम २१ औं शताब्दीको आधुनिक युगमा गरिएको यस प्रकारको जंगली बर्बरता र अमानवीय हर्कतको निन्दा गर्दै मृतक धामीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं एवं शोकसन्तप्त परिवारजन र आफन्तहरूमा गहिरो समवेदना प्रकट गर्दछौं ।
नेपाल र भारत भौगोलिक दृष्टिले छिमेकी हुनुका नाताले सीमा एवं आर्थिक-सामाजिक क्षेत्रमा बहुआयमिक सम्बन्ध रहिआएको छ । तर, छिमेकी मुलूकसँग समानता र स्वतन्त्रताका आधारमा भातृत्वपूर्ण सम्बन्ध स्थापित गर्नुपर्नेमा भारतीय संस्थापन पक्षले पटकपटक नेपाल र नेपाली जनतामाथि आक्रमण र ज्यादती गरिरहेको छ । नेपाल विश्वको एक स्वाधीन, स्वतन्त्र र गौरवशाली इतिहास बोकेको मुलूक हो' वाइसीएलद्वारा जारी विज्ञप्तिमा भनिएको छ 'हाम्रो स्वाधीनता, भौगोलिक अखण्डता र स्वाभिमान हाम्रा लागि प्राणभन्दा प्यारो छ । नेपालको भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनता एवं स्वाभिमानमाथि भारतीय सत्तापक्ष र सुरक्षा फौजले पटकपटक गर्दै आएको यस प्रकारको ज्यादतीले छिमेकी मुलूकहरूसँग भारतको सम्बन्ध दिनप्रतिदिन खस्किँदो छ । तसर्थ, हामी आफ्नो बिस्तारवादी हस्तक्षेप र अमानवीय ज्यादतीलाई रोकी छिमेकी मुलूक एवं नागरिकहरूप्रति समानताको व्यवहार गर्न भारतीय सत्तापक्ष र सम्वद्ध सबैसँग जोडदार माग गर्दछौं ।'

शुक्रबार भारतीय सुरक्षा फौजबाट गरिएको ज्यादतीको यथार्थ छानविन गरी कुटनीतिक स्तरबाट देशको स्वाभिमान र नागरिक जीवनको सुरक्षा एवं मृतक र तुइन काण्डबाट पीडित नागरिकको अभिभावकत्व र यथोचित क्षतिपूर्ति एवं राहतका निम्ति नेपाल सरकारसँग वाइसीएलले जोडदार माग गरेको छ । नेपाल सरकारका तर्फबाट भारतीय राजदूतावासलाई घटनाको स्पष्टीकरण लिन समेत माग गरेको गरेको छ । साथै यस प्रकारको ज्यादतीपूर्ण घटनाका विरुद्ध खबरदारी र देशको स्वाधीनताको पक्षमा एकीकृत संघर्षका लागि सम्पूर्ण वामपन्थी, देशभक्त एवं प्रजातान्त्रिक युवाहरूमा हार्दिक आव्हान गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending