Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

काेराेना सङ्क्रमण दर बढेपछि लकडाउनमा थप कडाइ गर्ने सरकारको निर्णय

रासस
ढाका । बङ्गलादेशमा पछिल्ला केही दिनयता हरेक दिनजसो कोरोना भाइरसका सङ्क्रमित भेटिने क्रम बढ्दै गएपछि यहाँको सरकारले लकडाउन थप कडाइ गरेको जनाएको छ ।
 
बङ्गलादेशका अधिकारीले दिएको जानकारीअनुसार यहाँ बिहीबार मात्र १५ हजारभन्दा बढी सङ्क्रमित भेटिएका थिए । सङ्क्रमण शुरु भएदेखि विश्वका अन्य देशका तुलनामा यहाँ खासै कङ्कट नपरेकोमा पछिल्लो समयमा यहाँ सङ्क्रमण हुने व्यक्ति बढ्दै गएको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
 
यो सङ्क्रमणबाट बङ्गलादेशमा २० हजारभन्दा बढीको ज्यान गएको पाइएको छ । बङ्गलादेशको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ अहिलेसम्ममा १२ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
 
बङ्गलादेश सरकारले गएको महिना दिनभन्दा लामो समयदेखि यहाँ देशव्यापीरुपमा लकडाउनको व्यवस्था गरेको छ । तर पछिल्ला केही दिनमा कोरोना भाइरस नघटेपछि यहाँ जारी लकडाउनमा कडाइ गरिएको बताइएको छ ।
 
यहाँ विद्यालय पहिलेदेखि नै बन्द छन् भने होटल केही समयदेखि थोरै संख्यामा सञ्चालन गर्न दिइएको थियो ।
 
आइतबारदेखि होटल पनि बन्द गरिने सरकारले जनाएको छ । पछिल्लो महिना यहाँ देशव्यापीरुपमा लकडाउन गरिएकोमा केही खकुलो थियो ।
 
आइतबारबाट मानिसलाई थप सतर्कता अपनाउन भनिएको छ भने सार्वजनिक स्थानमा हुने जमघट र होटल रेष्टुरेन्टमा हुने जमघटलाई पूर्णरुपमा निशेध गरिने बताइएको छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा निर्वाचन काठमाडौँ: सात लाख १० हजार ७०८ मतदाता, २५७ उम्मेदवार

काठमाडौँ। सङ्घीय राजधानी रहेको जिल्ला काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा सात लाख १० हजार ७०८ मतदाता  कायम भएका छन् । यसमा महिला तीन लाख ६४ हजार, ...

विशेष महाधिवेशनपछि कांग्रेस एकढिक्का बनेको छ: डा. कोइराला

मोरङ। नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. शेखर कोइरालाले विशेष महाधिवेशनपछि नेपाली कांग्रेस एकताबद्ध ...

हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा आज हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावका कारण कोशी, बागमती, ग...

राप्रपा उम्मेदवार स्वागत नेपाललाई साइबर ब्युरोले बोलायो

काठमाडौं । अधिवक्ता तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधिसभा उम्मेदवार स्वागत नेपाल (भद्रप्रसाद नेपाल)लाई प्रहरीले केन्द्रीय साइबर ब...

कांग्रेसको नयाँ कार्यसमिति केन्द्रीय कार्यालय जाँदै, गगन थापा प्रधानमन्त्री उम्मेदवार घोषणा हुने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा जाने...

बालेन पाँचथरमा चुनावी प्रचारमा व्यस्त, मतदातासँग भेटघाट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह चुनावी प्रचारप्रसारमा व्यस्त छन्। हिजोसम्म झापामा रहेका शाह आज बिहान इलाममा म...

बैतडीमा ट्याक्टर दुर्घटना : १ जनाको मृत्यु, ३ जना घाइते

बैतडी । दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ अनारखोलीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । धनगढीबाट बैतडीतर्फ आउँदै गरेको ...

वीरगञ्ज हुँदै ४८ अर्ब १० करोडको निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा रू ४८ अर्ब १० करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको ६ महिनाको तुलनाम...

अन्तिम ओभरमा चुक्दा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । नेदरल्यान्ड्ससँग नेपाल २ रनले हार बेहोरेको हो ।...

उच्च मूल्यपछि घट्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं । अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार तोलामा २ हजार ९ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending