Ntc summer Offer
Khabar Dabali २५ चैत्र २०८१ सोमबार | 7th April, 2025 Mon
Investment bank

‘व्यवसाय सञ्चालनको विकल्प छैन’

खबरडबली संवाददाता
कास्की । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्दै व्यवसाय सञ्चालन गर्नुपर्ने बताएका छन् ।
 
फेवा पर्यटन विकास समिति पोखरा–१८ द्वारा आज यहाँ आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले विगत दुई वर्षदेखि कोरोनाको प्रभाव नेपालसहित विश्वव्यापी रहेको उल्लेख गर्दै व्यवसाय सञ्चालन गर्ने विषयमा अब ढिला गर्न नहुने बताए।
 
कोरोनाको प्रभाव अझै कति रहन्छ भन्ने अन्योल रहेको बताउँदै उहाँले प्रभाव लामो समय रहँदा हाम्रो अर्थतन्त्र नराम्रोसँग प्रभावित हुने भएकाले मापदण्ड पालना गर्दै व्यवसाय सञ्चालन गर्न दिनुपर्छ भन्ने पक्षमा आफू रहेको स्पष्ट पार्नुभयो ।
 
मानिस अब कोरोनाका अतिरिक्त भोक तथा ऋणले थप प्रभावित हुनसक्ने बताउँदै उनले कोरोनाबाट प्रभावित पर्यटन क्षेत्रलाई पुन:उत्थानका लागि कोरोनाविरुद्धको खोपको व्यवस्थापन सङ्घीय सरकारले छिटो गर्नुपर्ने आवश्यकता औँल्याए ।
 
पोखरा–१८ का वडाध्यक्ष रणबहादुर थापाले पोखरामा आउने अधिकांश पर्यटक यस क्षेत्रको भ्रमणमा आउने भए पनि राज्य पक्षबाट पर्याप्त मात्रामा लगानी हुन नसकेको गुनासो गरे।
 
फेवा नहर व्यवस्थापनलगायतका माग
 
यसैबीच अर्थमन्त्री बरालसँग पोखराको फेवा नहरलाई व्यवस्थापन गर्न माग गरिएको छ । पोखरा–१७ को जनजागरण टोल विकास संस्थाका तर्फबाट फेवा नहरका कारण हरेक वर्ष मानिससमेत बगाउने तथा अकालमा मृत्युवरण गर्नुपर्ने अवस्था भएको भन्दै नहरको व्यवस्थापन गर्न माग गरिएको हो ।
 
पोखरा महानगरपालिका–१७ का वडाध्यक्ष तीर्थराज अधिकारीले पोखरा पार्दीस्थित राम मन्दिरबाट पावरहाउस खेलमैदान जाने एक हजार २०० मिटर सडक स्तरोन्नति गर्न माग गरे । पावरहाउसमा करिब ५०० रोपनी जग्गामध्ये हाल साहसिक खेल गतिविधि सञ्चालन गर्न सकिने गरी १५२ रोपनी जग्गा प्रयोग गर्न मिल्ने अवस्थामा रहेको उनले जानकारी दिए ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अल्लु अर्जुनको फिल्ममा हुने छैनन प्रियंका चोपडा

मुम्बई। अभिनेत्री प्रियंका चोपडा माभेरिक निर्देशक एसएस राजामौली र सुपरस्टार महेश बाबुको एसएसएमबी २९ बाट ठूलो भारतीय सिनेमामा पुनरागमन गर्दैछिन्। यसको ...

फेरि ३५ अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौ । नेपाल राष्ट्र बैंकले फेरि ३५ अर्ब खिच्ने तयारी गरेको छ। बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले चैत २५ गते बैंकिङ प्रणालीबाट ...

पोखरामा कृषकलाई चैते धानको बिउ अनुदानमा

गण्डकी । पोखरा महानगरपालिकाले कृषकलाई चैते धानको बिउ अनुदानमा उपलब्ध गराएको छ । महानगरपालिकाले एक हजार ५०० किलोग्राम धानको बीउ ५० प्रतिशत अनुदानमा ...

भैरहवा जेलको ब्लक नम्बर ४, जहाँ हुनेछन् रबि एक्लै

भैरहवा। रबि लामिछाने अन्ततः कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालयले अदालति प्रकिया पुरा गरे पछि उनी पुर्पक्षका लागि जेल चलान भएका हुन । ...

अमेरिकामा दादुरा : स्कुले बच्चाको मृत्यु, ६५० जना बिरामी

काठमाडौ । अमेरिकाको दक्षिण–पश्चिमी क्षेत्रमा दादुराको प्रकोपले अर्को बच्चाको ज्यान लिएको छ। अधिकारीहरूका अनुसार आइतबारसम्म यो अत्यधिक सङ्क्रामक रोगबाट...

भैरहवा कारागारबाट रवी लामिछानेको प्रतिक्रियाः अदालत प्रति सम्मान छ

भैरहवा । अन्ततः तीन दिनको प्रहरी हिरासत पछि  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्द...

हेटौँडा सिमेन्टको आजदेखि पुनः उत्पादन सुरु

मकवानपुर । करिब पाँच महिनापछि हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः सिमेन्टको उत्पादन सुरु गरेको छ ।  उद्योगमा सिमेन्ट उत्पादनका लागि आवश्यक विद्युत...

पोखरा—जोमसोम हवाई उडानको सङ्ख्या घट्यो

मुस्ताङ । राष्ट्रिय गौरवको बेनी–जोमसोम—कोरला सडक सहजहुँदै जान थालेपछि पोखरा—जोमसोम हवाई उडानको सङ्ख्या दुई तिहाइले घटेको छ । पर्यटकीय यामका बेला नि...

रवि लामिछाने भैरहवा कारागार चलान

काठमाडौ । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज जिल्ला कारगार भैरहवा पुर्‍याइएको छ । बुटवलको सुप्रिम स...

प्रधानमन्त्रीद्दारा पत्रकार भैरव रिसालको निधनमा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रज पत्रकार भैरव रिसालको निधन भएकोमा दुःख व्यक्त गरेका छन । रिसालको निधन भएको खबरले मर्माहत बनाएको उल्ल...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy