Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

जुम्ला विद्युत्‌‌को राष्ट्रिय प्रसारण लाइनमा जोडियो

खबरडबली संवाददाता

जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । नेपाल विद्युत्‌ प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेका अनुसार जिल्लामा ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको बताए । 

उनले भने, 'प्राधिकरणले कालीकोटबाट अहिले तत्कालका लागि ११ केभी लाइन जुम्ला जोडिएको छ, प्राधिकरणले कालीकोट लाइन पुग्ने बित्तिकै जुम्ला चाँडै जोड्ने लक्ष्यअनुसार तीव्र गतिमा काम गरिरहेको थियो, सोहीअनुसार जुम्लाबाट कर्णाली राजमार्ग क्षेत्रको कालीकोटको मान्मसम्म लाइन जोड्नु पूर्ण लाइनसमेत परीक्षण गरिएको थियो, प्राधिकरणले प्रसारण लाइन जोडेपछि विद्युत्‌को समस्या केही हल हुने छ ।'

सांसद गजेन्द्रबहादुर महतले लामो सङ्घर्षपछि जुम्लामा प्रसारण लाइन जोडिएकामा खुशी व्यक्त गर्दै यसको दिगो व्यवस्थापन आवश्यक रहेको बताए । उनले लामो समयदेखि संसद्मा विद्युत्‌ प्रसारण लाइन जुम्लामा जोड्न माग गर्दै आउनुभएको थियो । सदरमुकाममा बत्ती बलिसकेको र चन्दननाथ नगरपालिका वडा नम्बर ८ र ९ मा चाँडै जोड्न काम गरिने भएको छ । प्राधिकरणले दशैँसम्म यहाँका आठवटै स्थानीय तहका मुख्य स्थानमा विद्युत्‌ पु¥याउने लक्ष्य लिएको वितरण केन्द्रले जनाएको छ ।

प्राधिकरणका अनुसार दैलेखको चुप्रा दुल्लु १५० किमी, दुल्लु कालीकोट ६० किमी र कालीकोट–जुम्ला ८० किलोमिटरमा ३३ केभीको लाइन जोड सफल भएको विद्युत्‌ वितरण केन्द्रले जनाएको छ । सो लाइन सदरमुकाम खलङ्गामा नपुग्दा यहाँका झण्डै तीन हजार ३०० उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका थिए । प्रसारण लाइन समयमै पुयाउने योजना भए पनि पोल गाड्न र तार तान्न ढिलाइ भएको वितरण शाखाका प्रमुख पाण्डेले बताए । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसको टिकटमा व्यापक फेरबदल: ६६ प्रतिशत नयाँ अनुहार प्रतिनिधिसभा चुनावमा

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...

लिङदेनलाई प्रधानमन्त्रीको दाबेदार बनाउँदै राप्रपा १६५ क्षेत्रमा चुनावी मैदानमा

संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी

रास्वपा सुनसरी–२ का उम्मेदवार लालविक्रम थापाविरुद्ध उजुरी दर्ता

सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार लालविक्रम थापाविरुद्ध निर्वाचन अधिकृतको कार...

बालेनले चुनाव नजित्दै प्रधानमन्त्रीको डोमेन लाइभ

काठमाडौं । चुनावी मैदानमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले आफू प्रधानमन्त्री बन्ने भन्दै ‘balen4pm.com’ र ‘balenforpm...

यस वर्षको एसईई परीक्षा चैत १९ गतेबाट, यस्तो छ तालिका

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १९ गते बिहीबारदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सूचना जारी गर्द...

निर्वाचन आचारसंहिता उल्लङ्घनमा कडाइ: १६३ उजुरी दर्ता, एक सञ्चार माध्यम कालोसूचीमा

काठमाडौँ । प्रेस काउन्सिल नेपालले चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म सञ्चार माध्यम तथा तिनका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीका विषयमा १६३...

रुकुमपूर्वमा प्रचण्डको घरदैलो तीव्र, सहिद परिवारसँग भेटघाट गर्दै मतदातासँग मत माग्दै

रुकुमपूर्व । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवारी दिएसँगै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहिद परिव...

प्रतिनिधिसभा निर्वाचनः ४ जिल्लाका ५ उम्मेदवारविरुद्ध उजुरी दर्ता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये चार जिल्लाका पाँच जनाविरुद्ध उजुरी परेको छ । ...

उपराष्ट्रपति यादवसँग भारतीय निमित्त राजदूत पाण्डेको भेट

काठमाडाैं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि भारतीय दूतावासका नियोग उपप्रमुख तथा निमित्त राजदूत डा.राकेश पाण्डेबीच भेटवार्ता भएको छ । का...

म्याग्दीमा श्रीमतीको हत्या गरेर फरार भएका रमेश पक्राउ

म्याग्दी  । म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाडाँमा श्रीमतीको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यही माघ ३ गते राति शौचा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending