Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

सुन्तलाको बिरुवामा अनियमितता, वडाध्यक्षहरूबाटै विदुर नगरपालिकाको कार्यालयमा तोडफोड

खबरडबली संवाददाता
नुवाकोट । नुवाकोटको विदुर नगपालिकामार्फत सञ्चालित ‘सुन्तला जात फलफूल पकेट विकास कार्यक्रम’ मा अनियमितता भएको भन्दै वडाध्यक्षहरूबाटै नगरपालिकामा तोडफोड गरिएको छ । नेकपा ९एमाले०बाट निर्वाचन नगरप्रमुख सञ्जु पण्डितको सिफारिसमा वडा नं १३ मा सञ्चालित ‘पकेट विकास कार्यक्रम’मा तोकिएअनुसार सुन्तला र कागतीको बिरुवा वितरण नभएको पाइए पनि बजेट भुक्तानी गरेको विरोधमा नेपाली कांग्रेस समर्थित छजना वडाध्यक्षहरूको नेतृत्वमा नगरपालिकामा तोडफोड गरिएको हो ।
 
ढुङ्गा प्रहारबाट नगरपालिकाको झ्यालका सिसाहरू, विद्युतीय सूचना बोर्डलगायत बाहिरी संरचनासमेत गरेर रु एक लाख बराबरको क्षति पुगेको नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
 
नगरपालिका तोडफोडका क्रममा भएको झडपमा दुईजना प्रहरीसहित चारजना घाइते भएका छन् । पकेट विकास कार्यक्रमका लागि विना प्रतिस्पर्धा नेकपा एमालेबाट १३ नंं का वडाध्यक्षमा पारजित नानीकाजी खड्का अध्यक्ष रहेको ‘कल्याणपुर कृषि सुधार बहुउद्देश्य सहकारी’ मार्फत काम गरेको, फर्जी कागज बनाएर रु १३ लाख बजेटबाट पहिलो चरणमा साउन १४ मा रु छ लाख ९८ हजार भुक्तानी दिएकाले विरोध गर्नु परेको वडाध्यल दलबहादुर तामाङले बताए ।
 
पकेट कार्यक्रममा अनियमितता भएको उजुरी दिँदासमेत बजेट भुक्तानी भएपछि त्यसको जानकारी माग गर्न आउँदा प्रहरीबाट धरपकड भएकाले झडपको अवस्था आउनु दु:खद अवस्था सिर्जना भएको उनको भनाइ छ ।
 
सुन्तला जात फलफूल पकेट विकास कार्यक्रमको लागि रु १३ लाखको कार्यक्रममा तोकिएको सङ्ख्याभन्दा निकै कम बिरुवा वितरण भएकाले रकम भुक्तानी नहुने बताए पनि भएको कामका आधारमा एवम् स्थलगत मूल्याङ्कनमार्फत भुक्तानी दिइएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले जानकारी दिए। उक्त कार्यक्रमको सम्बन्धमा यसअघि कामको प्रभावकारी नभएको उजुरी परेकाले स्थलगत छानबिनमा कैफियत पाइएसँगै बजेट भुक्तानी रोकिँदै आएको थियो । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला टी–२० विश्वकप छनोट: नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले १४१ रनको लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्य...

रास्वपा उम्मेदवारको प्रचारका लागि इलाम पुगे बालेन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह इलाम पुगेका छन्। रास्वपाका उम्मेदवारको प्रचार–प्रसारका लागि उनी इलाम पुगेका ह...

धितो न जमानीको मान्छेलाई भोट खेर लफाल्न ओलीको आग्रह

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले धितो र जमानी नहुने व्यक्तिलाई भोट दिएर मत खेर नफाल्न मतदातालाई आग्रह गरेका छन...

इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु

इलाम । इलामको देउमाईमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जितपुरबाट मङ्गलबारेतर्फ गइरहेको अटो देउमाई नगरपालिका–३ पानीटार चियाबारी नजिक आज बिह...

राजनीतिक सभा, सम्मेलन गर्दा अनुमति लिनुपर्ने

सर्लाही। जिल्ला प्रशासन कार्यालय मलङ्गवा सर्लाहीले राजनीतिक दल तथा दल निकट भातृ सङ्गठनहरुलाई राजनीतिक सभा, सम्मेलनलगायतका कार्यक्रम आयोजना गर्दा कार्य...

निर्वाचन सुरक्षा तयारीबारे केन्द्रीय सुरक्षा समितिको बैठक, सामाजिक सञ्जालको दुरुपयोग रोक्न कडा निगरानी

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। बुधबार गृह मन्त्रालयमा बसेको बैठकले फागुन २१ गते हुने निर्...

ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता

ललितपुर । प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुरमा ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार विभिन्न राजनीतिक दल तथा स्...

रसुवा भन्सारबाट दुई सातामा १ अर्ब ५६ करोडको कारोबार

काठमाडौँ । रसुवा भन्सार नाकाबाट २ अर्ब ३ करोड ५७ लाख ८९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ६ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात...

अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई गर्याे डिपोर्ट

काठमाडौं । अमेरिकाले मंगलबार फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। चाटर्ड विमानमार्फत उनीहरूलाई काठमाडौं ल्याएर छाडिएको हो। अध्यागमन विभागक...

६ महिनामा सार्वजनिक ऋण १ खर्ब ३२ अर्बले बढ्यो

काठमाडौँ । पछिल्लो ६ महिनामा देशको सार्वजनिक ऋण १ खर्ब ३२ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending