काठमाडौं । सरकारबाट हटेलगत्तै केपी ओली सरकारका कतिपय निर्णयमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । ओली सरकारका केही मन्त्रीमाथि छानबिन सुरु भएको अख्तियार स्रोतले बताएको छ ।
ओली सरकारमा रहेर प्रशस्त पैसा कमाउनेमध्ये एक पद्मा अर्याल पनि हुन् । सुरुमा भूमी व्यवस्था र पछि कृषि मन्त्रालय सम्हालेकी उनले आफन्तलाई तोक आदेशका आधारमा जागिर खुवाउनेदेखि भूमाफियाको पछि ठूला निर्णय गरेको खुलेको छ ।
आजको दृष्टिसाप्ताहिक समाचार छ- खासगरी भूमि व्यवस्था मन्त्रालयमा रहँदा उनले नीतिगत निर्णयहरु गरेर करोडौं कमाएको स्रोत बताउँछ । झापाको गिरिबन्धु टि स्टेटले राखेको अरबौं रुपैयाँ पर्ने हदबन्दी भन्दा धेरै जग्गा बिक्रि गर्न दिन उनले नै पहल गरेकी थिइन् । गिरी बन्धु समूहबाट उनले ठूलो फाइदा लिएको स्रोत बताउँछ । जग्गाको कित्ताकाट फुकाउन पनि उनले जग्गा व्यवसायीबाट फाइदा लिएको तर, अदालतले रोक लगाएका कारण त्यो काम रोकिएको थियो । अरु धेरै हदबन्दी भन्दा धेरै जग्गा राख्नेलाई पनि उन्मुक्ति दिने गरी प्रावधानहरु हेरफेर गरिएको थियो ।
उनको पहलमा भूमी सम्बन्धि ऐन नै संशोधन गरेर कम्पनी सार्ने नाममा महंगो जग्गा बिक्रि गर्न दिने निर्णय भएको थियो । जसको कर्मचारीले विरोध गर्दै आएका छन् । स्रोतका अनुसारमा यसमा संलग्न भूमी व्यवस्था मन्त्रालयका सचिव टेकनारायण पाण्डे, भूमी व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेल लगायतमाथि छानबिन गर्न लागिएको छ । गिरिबन्धुले उनीहरु सबैलाई आर्थिक प्रभावमा पारेको मन्त्रालय स्रोत बताउँछ ।
ओली सरकारले २४ असारमा गिरिबन्धुलाई बिर्तामोडको जग्गा बिक्रि गर्न अनुमति दिएको थियो । कर्मचारी फस्न सक्ने भएकाले यसरी मन्त्रिपरिषद्बाटै निर्णय गराइएको थियो । सो जग्गाको मुल्य करिब ३० अर्ब रहेको छ । जसमध्ये १० अर्ब रुपैयाँ त नेता र कर्मचारीलाई घुसमै बाड्न लागिएको स्रोत बताउँछ । यो ओली सरकारको सबैभन्दा ठूलो नीतिगत भ्रष्टाचार भएको कर्मचारीहरु बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ८ गते, २०८२ - २०:२४
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...
माघ ८ गते, २०८२ - २०:२०
संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी
माघ ८ गते, २०८२ - २०:०३
सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार लालविक्रम थापाविरुद्ध निर्वाचन अधिकृतको कार...
माघ ८ गते, २०८२ - १९:२९
काठमाडौं । चुनावी मैदानमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले आफू प्रधानमन्त्री बन्ने भन्दै ‘balen4pm.com’ र ‘balenforpm...
माघ ८ गते, २०८२ - १९:२५
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १९ गते बिहीबारदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सूचना जारी गर्द...
माघ ८ गते, २०८२ - १९:२१
काठमाडौँ । प्रेस काउन्सिल नेपालले चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म सञ्चार माध्यम तथा तिनका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीका विषयमा १६३...
माघ ८ गते, २०८२ - १९:१०
रुकुमपूर्व । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवारी दिएसँगै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहिद परिव...
माघ ८ गते, २०८२ - १९:०४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये चार जिल्लाका पाँच जनाविरुद्ध उजुरी परेको छ । ...
माघ ८ गते, २०८२ - १८:५९
काठमाडाैं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि भारतीय दूतावासका नियोग उपप्रमुख तथा निमित्त राजदूत डा.राकेश पाण्डेबीच भेटवार्ता भएको छ । का...
माघ ८ गते, २०८२ - १८:५६
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाडाँमा श्रीमतीको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यही माघ ३ गते राति शौचा...




प्रतिकृया लेख्नुहोस्: