काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले कीर्तिमान कायम गरेको छ । लगातार उकालो लाग्दै आएको नेप्सेले आज इतिहास कायम गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २६.०२ बिन्दुले उकालो लागेर तीन हजार १११.०९ मा पुगेको छ । यो हालसम्मकै शीर्ष स्थान हो ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५,०६ बिन्दुले बढेर ५७७.५२ मा पुगेको छ । यो पनि हालसम्मकै उच्च बिन्दु हो । आजको कारोबारपछि बजार पूँजीकरण रु ४३ खर्ब ४२ अअर्ब २३ करोड २७ लाख ६१ हजार ८०० बराबर पुगेको छ ।
कूल २२३ कम्पनीको दुई करोड ११ लाख २९ हजार ८८ कित्ता शेयर रु ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७४ मूल्य बराबरको कारोबार भयो । नेप्सेका अनुसार पाँचथर पावर कम्पनी र रुरु जलविद्युत् कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भयो । यस्तै, जीवन विकास लघुवित्त ९।९९ र युनियन लाइफ इन्स्योरेन्सको शेयर ९।९८ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । घलेम्दी हाइड्रोपावर लगानीकर्ताले ९।९८ प्रतिशतले कमाए ।
यसैगरी, युनिलिभर नेपाल ३.७९, नबिल ब्यालेन्स फण्ड २.३३, एनआइबिएल प्रगति फण्ड २.०४, ग्रीन डेभलपमेन्ट बैंक १.९७ र समृद्धि फाइनान्सका लगानीकर्ताले १.८९ प्रतिशतले गुमाए । कारोबारका आधारमा आज अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ४६ करोड ८२ लाख १७ हजार बराबरको कारोबार भयो । यस्तै, ङादी ग्रुप अफ पावर रु ४३ करोड ३२ लाख ४२ हजार, फस्ट माइक्रो फाइनान्स रु ३३ करोड ८६ लाख ६७ हजार ९८३, स्वाभिमान लघुवित्त रु ३० करोड चार लाख ४८ हजार २३४ र निर्धन उत्थान लघुवित्तको रु २९ करोड ६६ लाख ४४ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहे। ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ८ गते, २०८२ - १७:४४
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। बुधबार गृह मन्त्रालयमा बसेको बैठकले फागुन २१ गते हुने निर्...
माघ ८ गते, २०८२ - १७:१७
ललितपुर । प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुरमा ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार विभिन्न राजनीतिक दल तथा स्...
माघ ८ गते, २०८२ - १६:५८
काठमाडौँ । रसुवा भन्सार नाकाबाट २ अर्ब ३ करोड ५७ लाख ८९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ६ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात...
माघ ८ गते, २०८२ - १६:४३
काठमाडौं । अमेरिकाले मंगलबार फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। चाटर्ड विमानमार्फत उनीहरूलाई काठमाडौं ल्याएर छाडिएको हो। अध्यागमन विभागक...
माघ ८ गते, २०८२ - १६:३४
काठमाडौँ । पछिल्लो ६ महिनामा देशको सार्वजनिक ऋण १ खर्ब ३२ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/...
माघ ८ गते, २०८२ - १५:२९
काठमाडौँ । निर्वाचनमा उम्मेदवारलाई ‘राइट टु रिजेक्ट’को व्यवस्था कार्यान्वयन नगरेको भन्दै सर्वोच्च अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ मागेको छ। न्य...
माघ ८ गते, २०८२ - १५:२३
काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा भारतीय वायुसेनाको प्रशिक्षणमा रहेको एक विमान दुर्घटनामा परेको छ। उक्त दुर्घटना मंगलबार दिउँसो भएको हो।...
माघ ८ गते, २०८२ - १५:११
काठमाडौँ। पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल ...
माघ ८ गते, २०८२ - १४:५९
काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित दायर भ...
माघ ८ गते, २०८२ - १४:४६
झापा । झापा क्षेत्र नम्बर ५ का कमल गाउँपालिकाका नेपाली कांग्रेसका सचिव महेन्द्र बुढाथोकी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० प्रवेश गरेका छन् । बुढाथ...




प्रतिकृया लेख्नुहोस्: